‘नेपाल सरकारलाई दिल्ली पुगेर सम्झौता गर्न बाध्य बनाउने प्रचण्ड नै हुन्’



नारायण गाउँले ।

पछिल्लो पचास वर्षमा:
-देशको आन्तरिक राजनीतिमा भारतलाई खुला निमन्त्रण गर्ने र मध्यस्थता गर्न लगाउने पहिलो दल प्रचण्ड नेतृत्वको माओवादी नै हो । माओवादी विद्रोहदेखि शान्ति सम्झौतासम्म भारतको साथ मागिएको र रहेको बारे प्रचण्ड र दिल्ली दुबैले स्वीकार गरेका छन् । नेपाल सरकारलाई दिल्ली पुगेर सम्झौता गर्न बाध्य बनाउने प्रचण्ड नै हुन् । शान्ति सम्झौताको एउटा पक्ष आफू पनि भएको र नयाँ संविधान शान्ति प्रक्रियाकै अङ्ग भएकाले भारतले त्यसमा आफ्नो भाग खोज्दा नाकाबन्दीसम्मको अवस्था हामीले भोग्नुपर्यो  । सुशील कोइराला नेतृत्वको कांग्रेस-एमाले सरकारले भारतीय दबाबका बाबजुद पनि संविधान जारी गर्यो ।

-नेपालको आन्तरिक मामिला र शान्ति प्रक्रियामा विदेशी मध्यस्थता निम्त्याउने पहिलो दल पनि माओवादी नै हो । राज्य संयन्त्रलाई अविश्वास गरेर हतियार सुरक्षाका लागि संयुक्त राष्ट्र सङ्घको विशेष मिशन ‘अनमिन’का नाममा विदेशीहरूलाई सरकारभन्दा शक्तिशाली बनाएर झिकाउने काम माओवादीले नै गरेको हो ।

अरू कुरा तपसिलका हुन् । हरेक दलले अर्को दलका नेतालाई लेन्डुप या विदेशी मोहरा भन्नु त सामान्य नै भयो । त्यसमा आफ्नै खाले व्याख्या र सत्य होलान् । यदि ती सबैले सबैलाई लगाएको लेन्डुप भन्ने आरोप सही हुन्थ्यो भने नेपाल भन्ने देश रहने नै थिएन । अब गाउँगाउँमा र हरेक दलमा सबै जसो लेन्डुप भएर पनि देश बचिराखेकै छ भने यसको भविष्यबारे खास चिन्ता गर्नुपर्ने देखिन्न । नेपालको राष्ट्रियता प्रचार गरेजस्तो सस्तो र कमजोर छैन ।

यदि अमेरिकी या विदेशी सेना नेपाल आउने कल्पना गर्न सकिन्छ भने त्यसमा मुख्य दुई कारण यी हुन सक्छन्:

-नेपालको संसद् या मुख्य विपक्षी दलले लिखित रूपमा विदेशी सेना बोलाउने निर्णय गर्ने र सम्झौता गर्ने हो भने विदेशी सेना आउन सक्छ । बोलाउँदैमा आइहाल्ने गरी कोही कुरेर बसेको भन्ने हुँदैन । समय लाग्न सक्छ र आउनेको स्वार्थ बलियो देखियो भने आउँछ । एकपल्ट विधिवत बोलाएपछि पठाउन गाह्रो हुने उदाहरण धेरै देखिन्छन् ।

-देश आन्तरिक द्वन्द्वमा फसेको, नागरिकहरूको हत्या भएको र चरम मानवअधिकार दुरुपयोग भएको अवस्थामा त्यसैलाई टेकेर विदेशी सेना नेपाल आउन सक्छ । माओवादी द्वन्द्वको बेला त्यस्तो आशङ्का र डर थियो । अब त्यो काम जमिनमा बाँकी छोड़िएको विप्लवमार्फ़त हुन सक्ने सम्भावना नकार्न सकिन्न । धेरै देशमा यही बाटो भएर विदेशी सेना पसेका छन् ।

लौ देश डुब्न लाग्यो, सकिनै लाग्यो भन्ने आतङ्क फैल्यारहने र पर्दाभित्र आफ्ना अकर्मण्यतादेखि भ्रष्टाचारसम्मको साम्राज्य चलाइरहने नेताहरूबाट बरू देशलाई खतरा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रक्तसञ्चार सेवा: विगत, वर्तमान र भविष्य

प्रा. सुदर्शनप्रसाद नेपाल नेपाल रेडक्रस सोसाइटी (नेरेसो) स्थापना भएको तीन वर्षपछि अर्थात् २०२३

चीनतर्फ एक अर्ब ९६ करोडको सामान निर्यात हुँदा चीनबाट एकवर्षमा ६५ अर्बको सामान आयात

  रसुवा । गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३

सरकारलाई असफल हुने छुट छैनः सञ्चारमन्त्री गुरुङ

  गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने

चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर