जसले नेपालीलाई स्वाभिमान प्रतिष्ठाका साथ बाँच्न सिकायो



-दीर्घराज प्रसाई ।

जसले नेपालीलाई स्वाभिमान प्रतिष्ठाका साथ बाँच्न सिकायो नेपालका गद्दारहरुले नेपालको राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती खारेज गरे ! हामी नेपालीहरु जो जहाँ छौं, राष्ट्रिय गौरव कायम राख्न पौष २७ गते सगौरव राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती भव्यरुपमा मनाऔं !

विक्रम संवत् १८०० मा गोर्खाका राजा पृथ्वीनारायण शाहले बनारसको भ्रमण गरेको अवस्थामा विश्वनाथको मंदिर मुसलमान सम्राट औरंगजेवले भत्काएपछि भग्नावशेषको अवस्थामा नैं थियो । त्यसले पृथ्वीनारायण शाह साह्रै चित्तित थिए । उता इष्ट इण्डिया कम्पनीले भारतका विभिन्न राज्यमा हिन्दु धर्म र संस्कृतिको नास गराएर हिन्दुहरुलाई आक्रमण गर्ने, मार्ने, मंदिर भत्काउने, धम्क्याउने अनेकौ अत्याचार फिरङ्गीहरुको देखेर हिवतखण्डको यो क्षेत्र जोगाउन पृथ्वीनारायण शाहलाई अंग्रेजको अत्याचार देखेर प्रेरणा हिमवत्खण्डका हिन्दुराज्यहरुलाई एकीकरण गर्ने जातृत गराएको थियो । नेपालको एकीकरण गर्ने उदेश्यबाट नैं प्रेरित भएर पृथ्वीनारायण शाहले बनारसबाट हातहतियार बनाउने कारखानाको निरीक्षण गरी हातहतियार बनाउने र मर्मत गर्ने मुसलमान कालीगढ, केही हातहतियार र मुसनमान योद्धाहरु समेत गोर्खामा ल्याएका थिए ।

पृथ्वीनारायण शाहले बनारसबाट हातहतियार बनाउने कारखानाको निरीक्षण गरी हातहतियार बनाउने र मर्मत गर्ने मुसलमान कालीगढ, केही हातहतियार र मुसनमान योद्धाहरु समेत गोर्खामा ल्याएका थिए ।

त्यस्ता पुगपूरुषको तेजोवध गर्ने माओवादी कथित जनयुद्धमा पृथ्वीनारायण शाहका सालिक भत्काउने काम गरियो। गोर्खामा नैं जन्मिएका बाबुराम भट्टराईले उनको अवमूल्यन गर्दै पृथ्वीनारायणलाई सामन्तीका नाइके भनेर कान्तिपुरमा लेखे– ‘पृथ्वीनारायण शाहले सामान्ती राज्य सुरु गरे। उनले धार्मिक आधारमा खस आर्यहरुलाई माथिल्लो जातको मान्ने र अरु जातलाई तल्लो जातका मान्ने गर्थे। पृथ्वीनारायण शाहले निर्माण गरेको राज्य वर्गीय र जातीय उत्पीडनमा आधारित थियो।’ यिनै भट्टराईले माओवादी युद्धका बेला पृथ्वीनारायण शाहको सालिक भत्काउने अभियानै पनि चलाए। गोर्खास्थित बाटले चौरमा निर्मित पृथ्वीनारायणको सालिक पनि ढालियो। सो ठाउँमा लखन थापाको सालिक ठड्याइयो। के लखन थापाको सालिक राख्ने जग्गा अन्य ठाउँमा पाइँदैनथ्यो? पोखरामा पृथ्वीनारायणको सालिक ढालेर थापाको राखिएपछि त्यसको अनावरण गर्न पनि प्रधानमन्त्रीका रूपमा तिनै भट्टराई पुगेका थिए।

के लखन थापाको सालिक राख्ने जग्गा अन्य ठाउँमा पाइँदैनथ्यो? पोखरामा पृथ्वीनारायणको सालिक ढालेर थापाको राखिएपछि त्यसको अनावरण गर्न पनि प्रधानमन्त्रीका रूपमा तिनै भट्टराई पुगेका थिए।

‘अङ्ग्रेजले व्यापारी र धर्मप्रचारकको रूपमा पसेर, साना-साना राज्यको रूपमा विभक्त भारतीयहरूलाई आपसमै जुधाएर, तिनैका मानिसबाट विस्तारै-विस्तारै आफ्नो सेना बनाएर, भारतीयको विरूद्ध भारतीयलाई नै लडाएर आफ्नो उपनिवेश खडा गरेका थिए। पृथ्वीनारायणले यो सबै कुरा राम्ररी बुझेका थिए। त्यसैले, काठमाडौं जितेपछि उनले, केपुचिन पादरीहरूलाई देशबाटै लखेटेका थिए। त्यसबेलादेखि, अहिलेसम्मै, चर्चले नेपालमा, आफ्नो सबैभन्दा ठूलो दुष्मन पृथ्वीनारायणलाई नै देखिरहेको छ ।

२०६३ को आन्दोलनपछि गृह मन्त्री नियुक्त भएका कृष्ण सिटौलालाई दबाब दिएर बाबुराम भट्टराईले नै पुस २७ गते सरकारीरूपमा मनाइँदै आएको पृथ्वीनारायण शाहको जन्मजयन्ती र राष्ट्रिय एकता दिवस नमान्ने निर्णय गराए। त्यो बेलादेखि अनेकौं सरकारी बिदा थपिए तर नेपालको राष्ट्रिय एकता दिवस भने खारेज गरियो। यहीँबाट प्रारम्भ हुन्छ नेपालको विखण्डन प्रक्रिया र अधोगति।

मानिसले जतिसुकै शैक्षिक योग्यता हासिल गरे तापनि ऊसँग आफ्नो जन्भूमिप्रति प्रेम छैन र राष्ट्र निर्माताप्रति नकारात्मक हुन्छ भने त्यस्ता कपुत नै देशका रोग हुन्। आखिर किन बाबुरामले आफ्नै देशको पहिचानमाथि धावा बोले? यति तल झरेर नेपालीहरुको अपमान गरे? उनले इसाईहरुको इशारामा यो कुकर्म गरे किनकि उनी पनि गोर्खा लुइटेल स्कुल पढ्दै गरेका बेलादेखि इसाई बनेका हुन् भन्ने कुरा सञ्चारमाध्यममा सार्वजनिक भइसकेका छन्। त्यसैले राष्ट्र निर्माताका सालिक भत्काउने, हिन्दु मन्दिर भत्काउने, गाई काटेर खान उक्साउने काम गरेका हुन्। जसले यो देश बनायो, जसले विश्व साम्राज्यवादी शक्तिसँग भिडेर विशाल नेपाल सिर्जना गर्योस, जसले स्वाभिमान र सार्वभौम प्रतिष्ठाका साथ नेपालीलाई बाँच्न सिकायो उनकै तेजोवध गर्नु महान् भूल हो।

जसले यो देश बनायो, जसले विश्व साम्राज्यवादी शक्तिसँग भिडेर विशाल नेपाल सिर्जना गर्योस, जसले स्वाभिमान र सार्वभौम प्रतिष्ठाका साथ नेपालीलाई बाँच्न सिकायो उनकै तेजोवध गर्नु महान् भूल हो।

अनेकौं जातीय भाषाहरुको बीचमा नेपाली भाषा प्रचलित भइसकेकाले नेपालीहरुको साझा भाषाको रुपमा स्वतः रुपान्तति भएको हो । विशाल नेपालको निर्माणमा खुला आकाश जस्तै स्वतन्त्र भएर सबै जातजातीहरु मिलेर नेपालको राष्ट्रिय एकीकरणको संरक्षण गर्न सबै एक हुन पुग्नु नैं हामी विभिन्न जात जातिको गौरव हो । युगपुरुष पृथ्वीनारायण शाह सम्पूर्ण नेपाल र नेपाली जनताका भाग्य–निर्माता र गौरव हुन् । उनको सन्देश थियो– ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन सबै जातको फूलबारी हो, सबैलाई चेतना भया ।’ यस्तो वीरता र सार्वभौम स्वतन्त्रताको इतिहास बोकेको यो नेपाल अधिराज्य हो । यस्तो गौरवमय इतिहास बोकेको राष्ट्रका निर्माताको जन्म दिन र राष्ट्रिय एकता दिवसलाई विदेशीको चासोमा केही नेपालका गद्दारहरुको नेपालको राष्ट्रिय एकता दिवस खारेज गरे ।

अंग्रेजले आफ्रनो नियन्त्रणमा लिन लागेको हिमवतखण्डको यो क्षत्रेका स–साना राज्यहरुलाई सानोतिनो त्यागबाट संभव नैं थिएन । नेपाल सम्राज्यवादी शक्तिसँग भिडेर स्थापित भएको राष्ट्र हो । पृथ्वीनारायण शाहको नेतृत्वमा चन्द्र–सूर्य अंकित झण्डा फहराएर हिमवत्खण्डको अस्मिता र मौलिकतालाई जीवन्त रहेको हो । राष्ट्रिय एकीकरणको समयमा हिमवत्खण्डको यो क्षेत्र भित्रका बिभिन्न टुक्रामा विभाजित राज्यका राजाहरु अत्यन्त कमजोर भइसकेका र यो क्षेत्र र यहाँका बासिन्दाहरुको अस्मिता, यहाँका कमजोर राजाहरुबाट संरक्षण हुन नसक्ने देखेर पृथ्वीनारायण शाहको राष्ट्रिय एकीकरणको अभियानलाई समर्थन गर्न पुगेका थिए ।

हामी नेपालीहरु जो जहाँ छौं उमङ्गकासाथ नेपालको राष्ट्रिय गौरव कायम राख्न पौष २७ गते सगौरव राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती भव्यरुपमा मनाऔं । हामी नेपालीहरु जो जहाँ छौं, राष्ट्रिय गौरव कायम राख्न पौष २७ गते सगौरव राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती भव्यरुपमा मनाऔं !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको नजिकको छिमेकी नेपालले पनि जिडिआइको सफलताबाट उल्लेखनीय लाभ उठाउन सक्छः उपाध्यक्ष पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास

दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्रबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे

हाम्रो नेपाली पार्टीले मन्त्री बज्राचार्यलाई कारवाही गर्ने

हेटौंडा । हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई कारबाही

प्रधानमन्त्रीज्यूको सुशासनको हुटहुटी यसले पनि पुष्टि हुने नै छ

शारदाप्रसाद त्रिताल । महालेखा परीक्षकलगायत केही संवैधानिक पदाधिकारीको नियुक्तिको लागि सिफारिस गर्न १९