‘टपगियर’मा नेपाल



नारायण गाउँले ।

संयोगवश भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा बिबिसीको ”टपगियर”मा नेपाल विशेष एपिसोड प्रसारण भयो । टपगियर विश्वभर अत्यन्त लोकप्रिय टिभी सिरिजमध्ये एक हो । नेपाल विशेष एपिसोडलाई करोडौंले हेरिसके र यो सङ्ख्या बढ्दो छ ! शायद बिना कुनै शुल्क इतिहासकै ठूलो विज्ञापन भयो ।

धन्न यसको प्रचार या सुइँको हामीलाई पहिल्यै भएन । नत्र कार्यक्रमको बहानामा बेलायती गुप्तचरहरू चीनको सिमानासम्म ठूला ठूला क्यामेरा र सैन्य सामान बोकेर जान लागेको भन्ने आरोपमा यो यात्रालाई बीचमैं रोक्ने प्रयास पनि हुन सक्थ्यो । तर्क हुन्थ्यो, मुस्ताङ् नै किन ? अप्ठेरो सड़क त धादिङ् र गोर्खामा पनि छ नि ! हामीले नै ती गाड़ीमा हावाको स्याटेलाइट जोडिदिने थियौं ।

यद्यपि यो मुख्य रूपमा पर्यटकीय सौन्दर्य प्रस्तुत गर्ने कार्यक्रम नभएर अल्टिमेट सिटी कारको रूपमा फ्रेन्च कार रेनो र पेजोका पुरानो मोडलको कठिनतम परीक्षण थियो । एउटा स्थानीय सिटी कारका रूपमा नेपालमा बनेको ‘मुस्ताङ्’ त्यसमा पर्दा बाहिर बस्ने हामी नेपालीको छाती चौड़ा भयो । मलाई बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा यही मोडललाई ‘अफिसियल गाड़ी’ बनाएको याद आयो । त्यो सानो तर निकै दूरगामी महत्त्वको निर्णय थियो । तर, पछि सरकारी असहयोगकै कारण यसको उत्पादन बन्द भयो भन्ने सुनियो ।

काठमाडौंमैं सड़कको दयनीय अवस्था र खतरनाक सुरक्षास्थिति देख्दा भने मन खिन्न हुने रहेछ । सड़कमा न लेन छन् न नियम छ । धेरै जसो ठाउँमा फुटपाथ पनि नभएकाले बालबच्चादेखि बृद्धसम्म र गाईगोरूदेखि साइकलसम्म त्यही बाटोमा निर्भर छन् । यसले जिउज्यानको भयङ्कर जोखिम निम्तिइरहेको छ ।

अन्तर्राष्ट्रिय हाइवे कोड र नियमको पूर्ण पालना भएको एउटा पनि सड़क नेपालमा छैन । सड़कयात्रा तिनले वर्णन गरेजस्तै बास्तवमैं घातक छ ।

केही सिक्न चाहने हो भने यो मनोरञ्जनात्मक एपिसोडमा धेरै कुराहरू छन् । आम नागरिकसँग जोडिएको सड़कसुरक्षाको क्षेत्रमा त तत्काल शून्यबाट सुरु गर्नुपर्ने देखिन्छ । मुस्ताङ्सम्म पिच बाटो भएको भए शायद यो टिम त्यहाँ पुग्दैनथ्यो । साहसिक पर्यटन पनि बचाउनु जरूरी रहेछ । तर हाम्रा मुख्य सड़क र शहरको यातायात समग्रमा मृत्युको धराप जस्ता छन् । तिनको छिटो सम्बोधन जरूरी छ !

हेर्नुभो ? तपाईंको फिलिङ्ग्स शेयर गर्न नबिर्सिनु है !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ कर्णाली सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

कर्णाली । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार सार्वजनिक भएको छ ।

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षा र कृषि प्राथमिकतामा(पूर्णपाठ)

गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा

जमर्नी र रुमानियासँग श्रम सम्झौताको तयारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले श्रम र रोजगारसम्बन्धी जोडिएर

नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम