विचरा ती विश्लेषक



स्वागत नेपाल ।

म सात पुस्तादेखिको निरामिस, श्रीकृष्ण प्रणामी बाबुआमाको छोरा, बेलाबेला कताकता बिटुलिएँ होला खानपानमा तर अरु सबै धर्मप्रति पनि श्रद्धा राख्छु, जन्मदिनमा म मात्र होइन परिवारका सबै सदस्य चर्च, मन्दिर, मस्जिद, गुम्बा, गुरुद्वारा सबैतिर जान्छु तर हिजो एकजना मेरो लागि एकजना अतिविशिष्ठ व्यक्तित्वले मलाई सर्वोच्च अदालतको प्राङ्गणमा देख्ने बित्तिकै अचम्भित भएर सोध्नुभयो, अरे तपाईँले पनि चन्दन लगाउनु भएको ? म हिजो एउटा पारिवारिक पूजाको कार्यक्रममा लगाएको ठूलो चन्दनको टीका लगाएरै हिँडेको थिएँ, म झन् अचम्भित भएर सोधेँ किन र ? मैले चन्दन लगाउँदा के भयो ?

उहाँले मेरो पाखुरा समाएर अलि पर लगेर भन्नुभयो, “मलाई त तपाईँ पूर्ण रुपमा क्रिश्चियन हो भन्ने पो रिपोर्टिङ्ग थियो त । होइन र ?” म मज्जाले हाँसेर कसले गर्यो हजुरलाई त्यस्तो रिपोर्टिङ्ग भन्दै काँधको जनै र गलाको तुलसीको माला देखाइदिएँ र भनेँ- म संसारका सबै देवीदेवता र धर्महरु मान्छु म निरपेक्ष नास्तिक होइन, धार्मिकताभन्दा माथिको अध्यात्मिकता मान्ने मान्छे हुँ ।

मेरो सँस्कार भने कहिल्यै छोड्दिनँ, धार्मिक र जातीय, रंगभेदी, छुवाछुत विभेदको सधैँ विरोध गर्छु, ।” उहाँ फेरि मेरो चन्दन, जनै, तुलसीको माला देखेर अचम्भित नै भएर कसरी त्यतिको मान्छेले पनि तपाईँजस्तो मान्छेलाई त्यस्तो भन्न सके भन्दै अवाक बन्नुभयो । मैले राम्रैसँग को रहेछ त्यसो भन्ने भनेर बुझेको त कानैको छेउमा आएर भन्नुभयो – नाम चाहिँ भन्दिनँ, तपाईँ चिन्नुहुन्छ उहाँ नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार पनि, एउटा साप्ताहिक पत्रिकाको सम्पादक पनि, राससको महाप्रबन्धक पनि रेडियो नेपालको घटना र विचारको सम्पादक पनि भइसकेको र अहिले एउटा कुनै अभियानको सञ्चालक पनि हो ।

को होला उहाँ ?” मैले जवाफमा यति मात्र भनेँ- कसैले कसैलाई केही दावी गर्दा जसको बारेमा दावी गरिन्छ त्यो कुरा सुन्दा कम्तिमा जसको बारेमा भनिएको हो उसले ओहो मेरो बारेमा वास्तविकता त बुझेको रहेछ, जानकारी चाहिँ राम्रै रहेछ भन्ने त लागोस् मेरो बारेमा उहाँको अनुमान सुन्दा विचाराको जानकारीको गरीवी देखेर दया लाग्छ भने त्यस्ताको कुराको बारेमा के ध्यान दिने ?

यो देश सबैको हो, सबै भाषाभाषी सँस्कृतिको हो हिन्दू बहुलवादी हुन्छ, बहुईश्वरवादी हुन्छ, एकेश्वरवादी हुँदैन, ३३ कोटी देवीदेवतामा एक मोहम्मद पैगम्बर, जिजस थपिएर केही फरक पर्दैन हामी सबैलाई ससम्मान प्रणाम गछाँै, हामी अतिवादी हुन्नौँ । हाम्रो विशेषता यो हो । त्यसैले हिन्दूले कसैलाई घृणा गर्दैन । तर, अन्यायका विरुद्ध हतियारको पूजा गरेर त्यसको प्रयोग गरेर कृष्णको उपदेश अनुसार महाभारत सरहको युद्ध लड्ने पनि हुन्छ । त्यसैले पहिला सबैलाई सम्मान गरौँ, सत्य र न्यायको लागि हतियार पनि चलाउन समेत पछि नपरौँ । कुविचारको अन्त्य गराँै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना !

रविन्द्र मिश्र । नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध)

यसरी रोक्न सकिन्छ शिक्षकहरूको दलीय आवद्धता

केशवप्रसाद भट्टराई । १. राज्य कानुनद्वारा संगठित सेवामा रहेका शिक्षक वा कर्मचारी कसैले

कानुन बनाएर समस्यालाई सम्बोधन गर्नुको साटो तारे होटलमा लगानी सम्मेलन गरेर भाषण गर्नु दुर्भाग्य हो

नारायण गाउँले । के तपाईंले पनि पछिल्ला दिनहरूमा एनसेलको गुणस्तर खस्किएको महसुस गर्नुभएको