अविवेकी सरकारको अन्धो कानून !!!



डा.गोविन्दशरण उपाध्याय

विश्वका प्राणिहरू जगतकी आमा पार्वती अन्नपूर्णासंग “भिक्षां देहि” भनेर करुणापूर्वक प्रसादका रूपमा अन्न तथा आवश्यक उपभोग्य सामग्रीमात्र होइन मोक्ष समेत माग्ने संस्कृति भएको देश नेपालमा भिक्षाटन गर्नु कानुनी अपराध हो भन्दा अव पत्याउनै पर्छ किनभने २०७४ को कानूनले यही भन्छ | अशक्त भएर मागे पनि, सन्यासी भएर मागे पनि र पैसा कमाउन मागे पनि अव सरकारले थुन्नुपर्छ |

मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद-५ को दफा १२६ मा सडक, गल्ली, पार्क, सवारी बिसौनीस्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर र सार्वजनिक सवारी साधनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने र भिक्षा माग्नेलाई अधिकतम दुई महिना कैद र दुई हजारसम्म जरिवाना तथा माग्न लगाउनेलाई तीन वर्ष कैद र रु ३० हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था छ” यो कानुन विवेक र ब्यबहार सम्मत छैन |

यो देशमा हिन्दू, बौद्ध, जैन समुदायहरूको पुर्खेनी थलो हो | यी तिनै धर्ममा “भिक्षाटन” गर्नु धर्म र संस्कृति प्रमुख अंग हो | यदि यो कानुनको पालना गर्ने हो भने हिन्दू, जैन तथा बौद्ध भिक्षुहरूलाई झ्यालखाना जानुपर्ने हुन्छ | यहाँसम्म कि ब्रतबन्ध गर्दा बटुकले भिक्षा माग्छ, त्यो पनि अपराधि नै ठहरिन्छ | यसको अर्थ हो – वर्तमानको संविधानले हामी नेपालीहरूले आफ्नो धर्म, संस्कृति र परम्परा मान्नु अपराध हो |

अरू कामको विकल्प हुँदाहुँदै पनि कसैले माग्छ भने थुन्नुपर्छ तर भिक्षु वा सन्यासी वा अशक्तले माग्नु र दिनेले दिनु पनि हाम्रो सनातन संस्कृति हो |

जुन देशमा “भिक्षादान महादान” भन्ने चलन छ जुन देशका नागरिकले साधु-सन्त, भिक्षु-भिक्षुणी तथा याचकलाई “दरिद्र नारायण” भनेर सम्मान गर्छन् उप्रान्त साधु-सन्त, भिक्षु-भिक्षुणी तथा याचक माग्न आएको खण्डमा ढोका थुनेर प्रहरीलाई खवर गर्नुपर्ने भयो !!! सबै थोक ठीक हुँदाहुँदै पनि केवल पैसा कमाउन वा अरू कामको विकल्प हुँदाहुँदै पनि कसैले माग्छ भने थुन्नुपर्छ तर भिक्षु वा सन्यासी वा अशक्तले माग्नु र दिनेले दिनु पनि हाम्रो सनातन संस्कृति हो |

डा.उपाध्याय त्रिभुवन विश्वविद्यालय दर्शनशास्त्र विभागका प्राध्यापक हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निरंकुशताको पतन र राष्ट्रको पुनर्जन्म

-डा. रामकृष्ण तिमल्सेना । शक्ति कहिल्यै स्थायी हुँदैन, तर शासनका मूल्यहरू स्थायी रहन्छन्।

एमाले पार्टीका मित्रहरुलाई पत्र

प्रिय एमालेजन मित्रहरु, हुन त तपाईहरुलाई कसैको सुभेच्छाको आवश्यकता नहोला, किन कि तपाईंहरुभन्दा

‘आफूपछि कार्यवाहक सभापति को ?’ देउवाले यो सवालको जवाफ केन्द्रीय समितिको बैठकलाई नै छोड्दा उत्तम हुन्छ

-विजयकुमार पाण्डे । नेपाली समाज र राजनीतिमा दूरगामी महत्वको फैसला गर्न कांग्रेस केन्द्रीय

‘व्यक्ति केन्द्रित बहस छाडेर नीतिगत सुधारका संवाद र गुटरहित छलफल अघि बढाउनुहोस्’

कास्की कांग्रेसका सभापति, आदरणीय किशोरदत्त बराल दाइ जय नेपाल । म हजुरको आलोचक