यौनक्रियाको प्रयोजन



डा.गोविन्दशरण उपाध्याय

तदेतत्कुशलो विद्वान्धर्मार्थाववलोकयन् | नतिरागात्मक: कामी प्रयुन्जान: प्रसिध्यति ||

यदि कुनै व्यक्तिले केवल कामभाव (Lusty)बाट प्रेरित भएर कामशास्त्रको अध्ययन गर्छ र यसको प्रयोग गर्छ भने उसले जीवनमा कदापि मोक्ष प्राप्त गर्न सक्दैन | यदि कसैले धर्म, अर्थ र कामको प्रयोग विवेकशील भएर प्रयोग गर्छ भने उसले सिद्धि प्राप्त गर्छ | कासू ७/२/५९

मान्छे सहित अन्य प्राणीहरूको जन्म नै कामको प्रयोगबाट हुन्छ | त्यसैले मान्छे र काम (यौन)को अनन्य सम्वन्ध छ | यौन-ब्यबहार भएन भने सृष्टि चल्दैन | जुन सुकै प्राणी किन नहोस्, यौनको उद्देश्य नै सृष्टिको कार्यलाई निरन्तरता दिनु हो | त्यसैले यो क्रियालाई अन्य मनोरंजनका क्रियाहरू भन्दा बढी चुम्बकीय बनाइएको छ | हरेक स्वास्थ्य मान्छे जीवनको धेरै खण्डमा यो चुम्बकीय शक्तिबाट आकर्षित हुन्छ नै |

मान्छे सहित अन्य प्राणीहरूको जन्म नै कामको प्रयोगबाट हुन्छ | त्यसैले यो क्रियालाई अन्य मनोरंजनका क्रियाहरू भन्दा बढी चुम्बकीय बनाइएको छ |

अन्य पशुमा विवेक हुँदैन तेसैले उनीहरूको यौनब्यबहारलाई प्रकृतिले नियन्त्रित गर्छ | पशुहरू यौनक्रियामा तव मात्र संलग्न हुन्छन् जव प्रकृतिले तेस विषयको सूचना दिन्छ | मान्छेलाई ईश्वरले विवेकशील बनाएर यौनमात्र होइन धेरै विषयहरूमा नियन्त्रण गर्न, नियमित गर्न र उपयुक्त तवरले प्रयोग गर्ने/नगर्ने स्वतन्त्रता प्रदान गरे | त्यसैले मान्छेले आफुले चाहेझैं यौनक्रियाको प्रयोग, उपयोग गर्न सक्छ |

कामसूत्रले कामको विवेकशील प्रयोग गर्ने शिक्षा दिन्छ | यदि कसैले केवल कामुकता शान्त पार्नका लागि काम(यौन) प्रयोग गर्छ भने त्यस्तो कार्यलाई वैदिकसाहित्यले वर्जित गरेको छ | यौनकार्य बर्जित गरेको होइन अविवेकशील र धर्म-विरुद्ध यौनक्रियाको निषेध गरेको हो | यदि कसैले वैदिकशास्त्रहरूले यौनक्रियाको स्वीकृति दिंदैन भन्छ भने गलत छ |

यदि कसैले वैदिकशास्त्रहरूले यौनक्रियाको स्वीकृति दिंदैन भन्छ भने गलत छ |

वैदिकशास्त्रले “यौनविज्ञापन” निन्दा गर्छ | पुरुष होस् वा स्त्री प्राकृतिक रूपमा उनीहरू यौनगुण सम्पन्न हुन्छन् | उमेर अनुसार कामेच्छा र क्रियाप्रति स्वत अभिरुचि जागृत हुन्छ | विवाह संस्कारबाट यो धार्मिक क्रियाको अंग बन्छ किनभने कामक्रियाले पुम नामको नर्कबाट पितृहरूलाई जोगाउन मदत गर्छ भने अर्कोतिर पितृ, देव तथा ऋषि ऋण तिर्न अनिवार्य हुन्छ, मदत गर्छ |

पश्चिमेली मनले यौनब्यबहारलाई बुझ्नेहरू गलत छन् किनभने पश्चिमेलीहरूका लागि यौन एउटा शारीरिक मनोरंजनको क्रियामात्र हो | यस्तो क्रिया जुन कुनै प्रकारका बन्धन मान्दैन | “वायोलोजिकल निड” ले नाता, गोता बुझ्दैन भने विज्ञापनले पुरुष र स्त्री दूवैलाई केवल “लिंग र योनिका रूपमा बुझ्ने गर्छ | विज्ञापनले गर्दा आजको समाज बौलाएको छ | धर्मरहित, विवेकरहित यौनको अम्वली बनेको छ | यो कुरा कामशास्त्रलाई जसरी पश्चिमाहरूले ब्याख्या गरेका छन्, त्यसबाट बुझ्न सकिन्छ |

“वायोलोजिकल निड” ले नाता, गोता बुझ्दैन भने विज्ञापनले पुरुष र स्त्री दूवैलाई केवल “लिंग र योनिका रूपमा बुझ्ने गर्छ | यो कुरा कामशास्त्रलाई जसरी पश्चिमाहरूले ब्याख्या गरेका छन्, त्यसबाट बुझ्न सकिन्छ |

असलमा कामसूत्रले यौनक्रियाको प्रयोग केवल पतिपत्नीका बीचमात्र स्वीकृति प्रदान गर्छ | अन्य यौनक्रियाका प्रकल्पहरू वैकल्पिक निन्दनीय मानिएका छन् | धर्मविरुद्ध यौनक्रिया गर्नेहरूले मोक्षको आश मार्नुपर्छ भन्दै यो श्लोकले हरेक व्यक्तिले धर्म अर्थको उपलब्धि गरेपछि मात्र विवाहित यौनक्रियामा प्रवृत्त हुन निर्देशन दिन्छ | व्रह्मचर्यआदि आश्रम, विवाह संस्था तथा दाम्पत्य जीवन यी सबै ब्यबस्थाहरू विवेकशील यौनजीवनका सोपान हुन् | बुझ्नेलाई इसारा पर्याप्त छ |

डा.उपाध्याय त्रिभुवन विश्वविद्यालय दर्शनशास्त्र विभागका प्राध्यापक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गगन थापाको प्रश्नः मेरो पार्टीका नेताले खराब काम गर्छ भने थुन्ने हो भन्ने हिम्मत रास्वपाले गर्छ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गलत काम गर्ने जोसुकैलाई कानुनी दायरामा

यस्तो छ प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत ओलीको राजनीतिक प्रतिवेदन(पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो

सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण

हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन गर्छ भने उसले ठूलो मूल्य चुकाउनुपर्छः माधव नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति