हेर्नुस् ५ वर्षपछिको नेपाल !



डा. रवीन्द्र समीर .

नागढुंगा, नौबिसे सुरुंग मार्ग संचालन हुनेछ | – टोखाबाट नुवाकोटको छहरे, बेत्राबतीदेखि स्याफुर्बेसीसम्मको सुरुंगमार्ग लगभग सकिने छ | – काठमाडौंबाट तराइ जोड्ने फास्ट ट्रयाक तथा अन्य धेरै बाटा खुल्नेछन | – चीनसँग जोडिएका धेरै नाकामा राम्रो सडक बन्नेछ | – पूर्व पश्चिम हुलाकी मार्ग संचालनमा हुनेछ | 

पूर्व पश्चिम राजमार्ग थप फराकिलो हुनेछ | – सबै सदरमुकाम तथा अधिकांश स्थानीय निकाय मोटरबाटोले जोडिनेछन् | – भैरहवा तथा पोखरामा अन्तराष्ट्रिय बिमानस्थल संचालन भइसकेका हुनेछन | निजगढमा पनि अन्तराष्ट्रिय विमानस्थल तयार हुनेछ | – त्रिभुवन विमानस्थल अपग्रेड भएर आकर्षक हुनेछ | – सबैजसो जिल्ला सदरमुकाममा एयरपोर्ट संचालन हुनेछन | – मेलम्चीको खानेपानी काठमाडौंमा वितरण भइसकेको हुनेछ | 
सबैजसो जिल्ला सदरमुकाममा एयरपोर्ट संचालन हुनेछन | – मेलम्चीको खानेपानी काठमाडौंमा वितरण भइसकेको हुनेछ | 
सडकका खाल्डाखुल्डी हट्नेछन | – चक्रपथ ८ लेनको भइसक्नेछ | – मुख्य चोकमा अन्डर पास तथा फ्लाई ओभर बन्नेछन् | – भुकम्पबाट भत्केका सम्पदा निर्माण भइसक्नेछन् | – कर्णालीका स्याउ, सिमी, चामल, आलु, फापर प्रमुख सहरमा पुग्नेछन | – अरब, मलेसिया, कोरिया, इजरायल, कुवेत आदि देशमा गएको जनशक्ति स्वदेश फर्कनेछ | उनीहरुले अर्गानिक खेती तथा उन्नत कृषिमार्फत मनग्गे कमाउने छन् | 
चिया, कफी, अदुवा, अलैचीजस्ता आकर्षक खेतीले किसानलाई थप स्वावलम्बी बनाउनेछ | – अन्तराष्ट्रिय क्षेत्रमा जडिबुटीको माग अत्यधिक भएकोले तथा चीनको सहयोगमा ठूलो जडिबुटी प्रशोधन केन्द्र स्थापना हुने भएकोले यसका कृषक तथा देशलाई मनग्गे फाइदा हुनेछ | – प्रविधिको क्षेत्रमा नेपाल धेरै अगाडि छ। बिद्धुतिय प्रविधि बेचेर युवाहरू अघिं बढ्नेछन। – हाम्रा अमुल्य बनस्पतिको Intellectual property right को रोयल्टी अर्को आम्दानीको स्रोत हुनेछ। – Per capita income अहिले भन्दा Double हुनेछ। 
हाम्रा अमुल्य बनस्पतिको Intellectual property right को रोयल्टी अर्को आम्दानीको स्रोत हुनेछ। – Per capita income अहिले भन्दा Double हुनेछ। 
दुध तथा मासुमा नेपाल आत्मनिर्भर हुनेछ | – लोडसेडिङ पूर्णतया इतिहास बन्नेछ | सयौं हाइड्रोपावरबाट बिद्युत उत्पादन भइसक्नेछ | भान्साको ग्यास सिलिन्डर हट्नेछ | अधिकांश जनताले विद्युतीय उपकरण प्रयोग गर्नेछन | विद्युतीय सवारी साधनको अधिक प्रयोगले बातावरण स्वच्छ हुनेछ | बढी भएको बिद्युत बाहिर निर्यात हुनेछ | – देशका बिभिन्न ठाउँमा सुबिधा सम्पन्न अस्पताल बन्नेछन | अस्पतालहरुमा उच्चस्तरीय सेवा संचालन हुनेछ |
उपचारको लागि बाहिर जानुपर्ने स्थितिको अन्त्य हुनेछ | – स्वास्थ्य बिमा सबै जिल्लामा लागु हुनेछ | यसको अर्थ उपचारमा सबै जनताको पहुँच हुनेछ | – कुल आवश्यकताको झन्डै ४० % औषधि उत्पादन स्वदेशी रहेकोमा यो बढेर ७० % पुग्नेछ | – अन्तराष्ट्रिय स्तर र विषयका विश्वविद्यालय तथा शैक्षिक संस्था खुल्नेछन | शिक्षाको लागि बाहिर जानुपर्ने बाध्यता हट्दै जानेछ | – सिमेन्ट, रड आदिमा जस्तै धेरै क्षेत्रमा देश आत्मनिर्भर हुनेछ | यसको अर्थ उद्योगहरु स्थापना हुनेछन |
रोजगारी सजिलो हुनेछ | – भौतिक सुबिधा थपिएपछि पर्यटन क्षेत्रले फड्को मार्नेछ | बार्षिक ३० लाख पर्यटक आउनेछन् | – तिब्बत र बिहार / उत्तर प्रदेशको बिकासले हाम्रा सिमाना क्षेत्रमा सकारात्मक प्रभाब पर्नेछ | – मध्य पहाडी लोकमार्गले हिमाल र तराईलाई पहाडसंग जोड्नेछ | यो लोकमार्गमा ससाना सुन्दर सहर बन्नेछन | – बिभिन्न ठाउँमा सेटलाइट सिटि बन्नेछन | – बिभिन्न वित्तीय संस्थाका शाखा गाउँगाउँमा बलियो गरि स्थापित हुनेछन |
शिक्षाको लागि बाहिर जानुपर्ने बाध्यता हट्दै जानेछ | – सिमेन्ट, रड आदिमा जस्तै धेरै क्षेत्रमा देश आत्मनिर्भर हुनेछ | यसको अर्थ उद्योगहरु स्थापना हुनेछन |
जसले गर्दा लघु उद्योग, पशुपंक्षी पालन तथा फलफूल खेती बढ्दै जानेछ | – भेरी डाइभर्सन लगायत अन्य ठूला सिंचाईको सुबिधासंगै तराइमा खाद्यान्नको उत्पादन बढ्नेछ | – छिमेकी राष्ट्रहरु चीन तथा भारतको ब्यापारिक ट्रान्जिट नेपाल हुनेछ | 
धेरै कामहरु प्रदेशबाट हुने भएकोले काठमाडौं आउने बाध्यता हट्नेछ | प्रदेशहरु सबल हुनेछन | – भ्रष्टाचारी तथा अपराधी धमाधम कारवाहीमा पर्दै जाने भएकोले यस्तो प्रवृति निरुत्साहित हुनेछ | – भिजन नभएका तथा काम नगर्ने बुढा नेताहरु रिटायर्ड हुनेछन | आगामी स्थानीय तथा आम निर्वाचनमा जनता काम नगर्ने अन्य नेताले पनि चुनाब हार्नेछन | – राजनीतिमा योग्य व्यक्तिको प्रवेश हुनेछ | जसले गर्दा विकासले फड्को मार्नेछ | आदि ||
फेसबुकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव बुझे आफन्तले

  काठमाडौँ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान

यस्ता  छन् चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नयाँ प्रावधान

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत केही

कोशी प्रदेश सरकारमा सहभागी माओवादी मन्त्रीले दिए राजीनामा

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । शुक्रबार सरकारमा

सौर्य एयरका विमान चालक शाक्यको स्वास्थ्यमा सुधार

काठमाडौँ । काठमाडौँ मेडिकल कलेजमा उपचाररत सौर्य एयरलाइन्सका विमान चालक मनिषरत्न शाक्यको स्वास्थ्यमा