….अनि कुँडियो पारशलाई माया गर्नेहरुको मन



हातमा खबर टिप्पणी ।

आफ्ना वाणीले भन्दा बानीहरुले, आफ्ना सोच र चिन्तनले भन्दा जीवनशैलीको फरकपनाहरुले, आफ्नो कर्मले भन्दा दुर्भाग्यहरुको संयोगले अक्सर बिबाद र झन्झटमा परिरहने पात्र हुन् पूर्व युवराज पारश शाह ।

पारश शाहको जिन्दगी हिन्दूस्तानी नायक सञ्जय दत्तको वायोपिक अर्थात् भारतीय रजतपटको चर्चित चलचित्र सञ्जुसंग ठयाक्कै मेल खान्छ । उनले जे चाहन्छन् वा गर्न खोज्छन, त्यो भैदिदैन । उनी जे हुन्, त्यो भन्दा ठीक बिपरित नियति बनिदिन्छ । अनि व्याडलकहरुको घेराबन्दीमा, परिवन्दको जञ्जिरमा उधिनिन्छन, पूर्व युवराज शाह ।

पछिल्लो समय पारशले पोखरा शहरबाट चर्चा र बिबादको पिरामीडमा आफूलाई माथि राखे । त्यहाँ उनले एकजना बिबादित छबी भएकी केटीलाई मोटरसाईकलमा हुईक्याएको छोटो भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । कुनै आपत्तिजनक दृश्य थिएन, त्यो ।

कुनै ऐन, नियम, कानुन तोड्ने दृश्य पनि थिएन त्यो । तर पूर्व युवराज पारशको व्यक्तित्व र शाही खान्दानका एकजना उच्च हस्तीको लागि शोभनिय वा स्वाभाविक दृश्य पनि थिएन त्यो ।

मानिसहरुका आँखाले , खासगरी समर्थक र शुभेच्छुकहरुको आँखाक पारशलाई कुनै बाहिरका लड्कीसंग बाईकमा हुईकिएको हेर्न चाहँदैनथे शायद । त्यसैले त्यो दृश्यले उनका शुभेच्छुक, समर्थकलाई चिन्तित बनाएको देखियो, भलै त्यो दृश्य अस्वभाविक बाहेक अश्लिल थिएन ।

त्यसैले त्यो दृश्यले उनका शुभेच्छुक, समर्थकलाई चिन्तित बनाएको देखियो, भलै त्यो दृश्य अस्वभाविक बाहेक अश्लिल थिएन ।

के निहुँ पाउ र पारशलाई उडाउँ भन्ने उनका बिरोधी र आलोचकहरुका लागि त त्यो दृश्य भोकालाई खीर भैगयो । अनि पारश बिरुद्ध सबै खाले आलोचक र विरोधीहरु अरिंगाल झै खनिईहाले सामाजिक सञ्जालका भित्ताहरुमा ।

एउटा मान्छे, गुमनाम हुनु भन्दा बरु बदनाम हुनु राम्रो मान्ने मान्यता रहेको नेपाली समाजमा पारशको चर्तिकला र चरित्र सधै अस्थिर रहयो । पूर्व राजपरिवारसंग खासगरी आफ्ना पिता, माता, श्रीमती र छोरा छोरीहरुसंग संगै नबसिरहेका र अक्सर संगै नदेखिने पूर्व युवराज पोखरामा कुनै अनुकरणीय महिला पात्रसंगको दोस्ती वा सहकार्यमा पनि झुल्किएका थिएनन् । त्यसैले त उनलाई माया गर्नेहरुको मन अलि बढी खिन्न भयो, कुडियो शायद ।

तर नेपाली समाज र खासगरी सामाजिक सञ्जालमा रमाउने पछिल्लो पुस्ता यति धेरै सतही र हल्का छ की ऊ, कुरोको भित्री चुरो नबुझीकनै पनि कुनै मुद्धा, घट्ना वा विषय प्रसंग र पात्रमाथि एक्कासी पक्ष वा बिपक्षमा आक्रामक शैलीमा हाबी भैदिन्छ ।

सामाजिक सञ्जालमा रमाउने पछिल्लो पुस्ता यति धेरै सतही र हल्का छ की ऊ, कुरोको भित्री चुरो नबुझीकनै पनि कुनै मुद्धा, घट्ना वा विषय प्रसंग र पात्रमाथि एक्कासी पक्ष वा बिपक्षमा आक्रामक शैलीमा हाबी भैदिन्छ ।

पूर्व युवराज पारश शाहका हकमा पनि उनको पछिल्लो भाईरल भिडियोमा उनी महिलासंग बाईकमा कुदेको दृश्यमा मात्रै सामाजिक सञ्जालको बहस केन्द्रित देखियो, जब की त्यस अघि उनले निकै सारगर्भित प्रतिक्रिया पनि सार्वजनिक गरेका छन् ।

प्रश्न सोध्ने दृश्यमा देखिदैन्न, भिडियो हेर्दा । तर पारशले शान्त र भद्र पारामा देशभक्तिका कुरा गरेका छन, राजावादी होईन नेपालवादी हुन समर्थकहरुलाई सुझाएका छन् ।

उनले भिडियोमा राष्ट्रिय एकताका कुरा गरेका छन् । देशभक्तिको सन्देश दिएका छन् । एकता र भाइचारा अभिवृद्धिका लागि आव्हान गरेका छन । उनले असल नागरिक र समाजका लागि बोलेका कुरा न त मिडियाले नोटिस गरे, न त सामाजिक सञ्जालमा उनको पक्ष वा विपक्षमा बहस गर्नेहरुले नै ध्यान दिए । जे आँखाले देखे त्यसैका पछि हत्तन पत्त धारणा बनाउन हौसिए सबै ।

तर पारशको कुरामा व्यक्त भाव र त्यसको अर्थ केलाउन वा मनन गर्न न कसैले जाँगर गरे, न त त्यसको प्रतिरक्षा नै उनका समर्थकहरुले नै गरे । तर उनले बोलेका गहन कुरा एक कानले सुनेर अर्को कानले उडाईदिने शैली समर्थक र विरोधी दुबै खालले चरितार्थ गरेको पाईयो ।

उसै पनि सामाजिक सञ्जाल हावासरी फैलिन्छ । त्यसमा पनि पारश भनेपछि त्यो सन्दर्भ भाइरल हुनु पनि अस्वभाविक भएन । किनभने पक्ष वा विपक्षी सबैका लागि पारश हटकेक न्यूज मेकर हुन । उनी आफ्नो जिकज्याक बिगतका कारण पनि हटकेक न्यूजमेकर बन्दै आए ।

तर यहाँनेर पारशको सुध्रिएको वर्तमान, विचार र चिन्तनलाई पुरै अस्वीकार वा माईनस गरेर उनको फरक जीवनशैली र केही बानीलाई मात्रै उडाउनु वा खिल्ली, टिउरीको मसला बनाउनु उनीमाथि, उनको नागरिक हकमाथि गरिएको भद्धा मजाक हो ।

तर यहाँनेर पारशको सुध्रिएको वर्तमान, विचार र चिन्तनलाई पुरै अस्वीकार वा माईनस गरेर उनको फरक जीवनशैली र केही बानीलाई मात्रै उडाउनु वा खिल्ली, टिउरीको मसला बनाउनु उनीमाथि, उनको नागरिक हकमाथि गरिएको भद्धा मजाक हो ।

एक प्रकारले पारशमाथि सामाजिक सञ्जाल र मिडियाबाट भएको अन्याय नै हो । किनभने कुनै पनि घट्नाको एक पुच्छर समातेर पारशको खैरो खन्ने तर पुरा सन्दर्भ र विषयलाई बेवास्ता वा माईनस गर्ने प्रवृत्ति आफैमा पारशको बिबादित बानी भन्दा बढी समाजलाई हानी गर्ने शैली र प्रवृत्ति हुन् ।

उसो त पारशले उपरोक्त भिडियो प्रकरणपछि एक अनलाईनसंगको वार्तामा आफू राजा बन्न नजन्मेको र राजा हुने रुचि वा सौख आफूमा कत्ति पनि नभएको स्पष्ट पारेका छन् ।

उनले आफू धार्मिक तथा अध्यात्मिक चिन्तन मननमा रुचि राख्दै अघि बढेको पनि उनले प्रष्ट पारेका छन । उनले आफू जागरुक र देशभक्त नागरिकको जीवन दैनिकीमा रमाउन चाहेको उनको अनलाईन अन्र्तवार्ताले स्पष्ट पारेको छ ।

समग्रमा समाज वा समर्थक पारश बिबादबाट मुक्त रहेको हेर्न चाहन्छन् । उनका जिन्दगीका धेरै आयामहरु छन् । उनलाई एकै घटना वा प्रसंगबाट देवत्वकरण गर्नु वा राक्षसीकरण गर्नु दुबै गल्ती हुनेछन ।

उनको जीवन चोला सोझो रेखाबाट अघि बढेन । यो सत्य हो । तर आनीबानी, आचरण, शैली र संस्कारबाट पनि सुध्र्रिसकेका, समाजमा युवा पुस्तालाई रचनात्मक बन्न प्रेरित गरिरहेका र देशभक्तिको मार्गमा केन्द्रीत रहेका पूर्व युवराजलाई सधै नकारात्मक आखाँबाट मात्र हेरिनु पनि सर्वथा न्यायिक हुन सक्दैन ।

खासमा पारश पनि एकजना मान्छे हुन् । मान्छेकै जस्तो उनको पनि मन, मुटु, मष्तिष्क छ । रुचि, रहर र सौखहरु हुन्छन । उनले पनि आम मान्छे भएर जीउने रहर पालेको उनैले स्वीकारेका छन् ।

त्यसैले देशलाई माया गर्ने र नेपाली भएर बाच्ने रहरका पारश वा जो कोहीलाई ताली वा गाली दिनेकै पनि चित्त शुद्ध होस्, बोली बुद्ध होस्

यस अर्थमा भिडियोमा उनले कसैलाई बाईकमा लिफ्ट दिएको प्रसंगलाई भन्दा उनले अभिव्यक्त गरेको विचार र बाणीलाई नै केन्द्रमा राखेर पक्ष वा विपक्षमा विचार मन्थन गरिँदा मात्रै पारशमाथि मनासिब इन्साफ हुनेछ । एकांकी नकारात्मक टिप्पणीहरुले त बिकार मन मतिष्कहरुको भडास पोख्ने बाहेक न त पारशकै जिन्दगीमा असर पार्छ, न त समाजमा नै कुनै खास सन्देश प्रवाह गर्छ ।

त्यसैले देशलाई माया गर्ने र नेपाली भएर बाच्ने रहरका पारश वा जो कोहीलाई ताली वा गाली दिनेकै पनि चित्त शुद्ध होस्, बोली बुद्ध होस् । सबैको भलो होस । यस्ता बेतुके दृश्यहरुमा पूर्वयुवराज पारशलाई फेरि फेरि बिबादित देख्न नपरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार