अब चीन र अन्य देशको लगानी नीतिका बारेमा बहस गर्नुपर्छ



भरत दाहाल

अहिलेसम्मको वैदेशिक लगानीको नीति अरुका श्रोत-साधन दोहन गर्ने र नाफा कमाउने सिद्धान्तमा आधारित छ। कर मात्र तिरेर विदेशीहरुले नेपालका श्रोत-साधनहरुमा ब्रम्हलुट मचाएको हामीले देख्दै आएका छौं। कोशी, गण्डकि र महाकालीको पानीमा ईण्डियाको लुट हामीले भोगिरहेको यस्तै एउटा उदाहरण हो।

चिनियाँ लगानी नीति बेग्लै छ। यो नीतिमा त्यसले गर्ने लगानीको क्षेत्रमा नेपालभित्रका जुन जुन श्रोत-साधनहरु प्रयोग हुन्छन्, त्यसको मूल्य र त्यस्तो परियोजनाबाट हुने वातावरणिय क्षतिको मूल्य जोडेर सो मूल्यलाई समेत् एक ठाउँमा जोडेर निस्कने कूल मूल्यलाई नेपालको लगानीका रुपमा जोडिन्छ।

उदाहरणका लागि चीनले एउटा जडिबुटी उद्योग स्थापनाका लागि ५ अरब रुपैयाँ लगानी गर्यो भने सो उद्योगमा प्रयोग हुने जडिबुटीहरुको मूल्य र त्यसबाट वातावरणमा हुने क्षतिको मूल्य निकाल्दा ३ अरब आयो भने त्यस्तो परियोजनामा चीनको ५ अरब र नेपालको ३ अरब लगानी मानिने भयो।

यस हिसाबले हेर्दा नेपालमा चिनियाँ लगानीमा जति पनि विकासका परि।योजनाहरु अघि बढ्छन्, ती चीनका मात्र हुँदैनन्। ती सबै चीन र नेपालको संयुक्त लगानीका हुन्छन्।

नाफाको बाँडफाँड लगानी मूल्यको अनुपातमा हुने मात्र हो। यो पक्षबाट हेर्दा चिनियाँ ऋण ‘ब्याजमा आधारित ऋण’ मात्र हो भन्ने ईण्डो-पश्चिमा एजेन्टहरुको कुतर्क निम्नस्तरको षडयन्त्रकारी देखिन्छ।

चीनले लागु गरेको लगानी नीति अनुसार त ईण्डियाले नेपालबाट लुटिरहेको पानी र वातावरणिय क्षतिको मूल्य नेपालको लगानीमा जोडिनु पर्थ्यो। पश्चिमी देशहरुले कर मात्र तिरेर पूरै नाफा लैजाने गरेका छन्। यसका बारेमा एजेन्टहरुले बहस किन गर्दैनन् ? ईण्डियन र पश्चिमाहरु तर्सेको कारण यही हो।

अब नेपालमा विदेशी लगानीको मापदण्डका बारेमा बहस हुन जरुरी छ र नेपालका श्रोत-साधन र पर्यावरण दोहन गरेर लुट मचाउने विदेशीहरुको लगानीलाई बन्द गर्नु पर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेताहरुमा धम्कीको भाष्य

शारदाप्रसाद त्रिताल । एकजना मेडिकल व्यवसायी, जो दुई ठूला हौं भन्ने कम्युनिष्ट नेताले

सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेडिकल सुपेरिटेन्डेन्टमाथि आक्रमण

बुटवल । बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट राजेन्द्र बस्यालमाथी सांघातिक

तनहुँको घाँसीकुवामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनामा घाइते

युक्रेन-रुस युद्धमा तीन नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा कार्यरत तीन जना नेपालीको मृत्यु भएको छ । युक्रेनसँगको