सी को भ्रमणमा हामी अली बढी ‘इमोशनल’ भयौं कि ?



अनिल गिरी

२३ बर्षपछि चिनियाँ राष्ट्रपति आज नेपाल भ्रमणमा आउदै।राष्ट्रपति सि सगै नेपाल बुझेका दुई जना स्टेट कन्सिलरहरू यांङ जेई ची र वाङ यि सहित ९० जना भ्रमण टोलीमा। सिलाई भेट्न प्रचन्ड र देउवालाई एक्ला एक्लै भेट्न आउन अनुरोध। तर सि सँग याङ र वाङसगै बस्ने।ईन्डो प्यासिफिक स्ट्राटेजी र बिआरआईको पक्ष विपक्षमा चीनियाँ र अमेरीकी राजदूत काठमाडौमा दन्तबजानमा उत्रेका बेला अमेरीकी प्रभावलाई प्रभावित तुल्याउन भ्रमण केन्द्रीत।

राजनीतिक रूपमा बामपन्थीको सरकार भएकोले सिलाई नेपाल आउन सहज।साँध जोडिएको छिमेकी तिब्बतसँग सिमा जोडीएको यति नजिकको मुलुकमा चीनका राष्ट्रपति २३ बर्षपछि नेपाल भ्रमणमा आउनु आफैमा सुखद हो तर यसलाई महत्व दिएको मान्न सकिन्न।

राजकीय भ्रमणमा पहिला नेपाल आएर अनौपचारीक भ्रमणका लागी भारत गएको भए राम्रो हुने थियो।यसले के देखाउछ भने नेपाल प्रति चीनको संशय अझै देखियो। चीनलाई हामीले बिश्वासमा लिनु पर्छ तर हाम्रो बिगत र ट्रयाक रेकर्ड त्यती राम्रो छैन।

फेरी चीनसँग डेढ दर्जन संझौता हुदैछन् तर महत्वपूर्ण कुरा सँझौताको कार्यान्यबन हो।हामीले भारत र चीनसँग गरी ०४६ सालपछि सयौ समझदारीपत्रमा हस्ताक्षर गरेका छौ तर कार्यान्बयन सुस्त छ।

सि आउदिपनि फेरी केही आयोजना हस्ताक्षर हुदैछ छ तर कार्यान्वयन सुस्त हुने हो भने त्यसले आशातित नतिजा दिदैन ख्याल राखौ।चीन र भारत हाम्रो यथार्थता हुन र अमेरीकासँग हाम्रो बिशिष्ट सम्बन्ध छ तर सम्बन्धमा भूगोल निकटता सँस्कृति देखी समान रितिरिबाजको धेरै ठूलो अर्थ हुन्छ।

सन्तुलित कूटनीतिका लागी बंगलादेशबाट सिकौ तर सत्य बोल्न र आफ्नो हितमा कुरा राख्न नछोडौ।आज सि आउदैछन्।हामीले जमेर स्वागत गर्नु पर्छ।ओली सरकारको यो कूटनीतिक सफलतापनि हो।भोली मोदी आउलान पर्सी ट्रम्प आउछन्। तर हाम्रो बोली एउटै हुनुपर्छ।

कुनै अमूक पार्टीले चुनाब जित्ने एजेन्डा बन्नु हुन्न पाहुनाहरूको भ्रमण।कुनैपनि सहयोग नेपालको हितमा हुनुपर्छ न कि चुनाब जित्ने एजेन्डा।हाम्रो अबस्थितीको कारण हामी संबेदनशील स्थानमा छौ।

त्यसैले चीनको रेल गेम चेन्चर र भारतबाट आउने रेल खाली सिसि पुराना कागज बोक्ने हिसाबले ब्याख्या नगरौ। भारत सहमत भए चीनियाँ रेल आउने हो। कथं कदाचित चिनियाँ रेल आएन भने आज लेखेका र बोलेका कुरा फिर्ता लिन नपरोस।दुई कम्युनिष्ट पार्टीबीचको सम्बन्ध बलियो बन्ने छ यो भ्रमणपछि।

जुन चीनको चाहनापनि। मधेशी दललाई भ्रमणको बारेमा जानकारी नरहेको पाईयो।यो सन्तुलित भएन। अब बिआरआईमा नेपाल कसरी प्रस्तुत हुन्छ र ईन्डो प्यासिफिकको कुरामा नेपाल कसरी अगाडी बढ्छ त्यो हेर्नु निकै रमाइलो हुनेछ।सि आज आउछन् र भोली फर्कन्छन्।

तर महत्वपूर्ण उनको भ्रमणले ल्याउने तरंग बाछिटा र प्रतिक्रिया रोचकहुने छन्।हामी देखिने र सुनिने मुलुक बन्ने हो अरूले चिथोर्ने कोपर्ने र चिमट्ने मुलुक नबनौ।

हाम्रो सबेदनशीलता बुझ्ने हामीले नै हो अरूले होईन।प्राप्त जानकारी अनुसार सिले प्रचन्ड र देउवालाई जम्मा २० र ८ मिनेट भेट्ने रे।यति छोटो भेटमा के कुरा होला नि बरै ? अनि यसलाई हाम्रा नेताको सम्मान भन्ने की के ? कम्तिमा ३० मिनेट त भेटे हुन्थ्यो नि ! चीनले निकै महत्व दियो भन्दै थिए त। अलि ईमोसनल भयौ कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको नजिकको छिमेकी नेपालले पनि जिडिआइको सफलताबाट उल्लेखनीय लाभ उठाउन सक्छः उपाध्यक्ष पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास

दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्रबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे

हाम्रो नेपाली पार्टीले मन्त्री बज्राचार्यलाई कारवाही गर्ने

हेटौंडा । हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई कारबाही

प्रधानमन्त्रीज्यूको सुशासनको हुटहुटी यसले पनि पुष्टि हुने नै छ

शारदाप्रसाद त्रिताल । महालेखा परीक्षकलगायत केही संवैधानिक पदाधिकारीको नियुक्तिको लागि सिफारिस गर्न १९