टुंडालको सन्देश र निर्लज्जता



डा.गोविन्दशरण उपाध्याय

 

के राम्रो के नराम्रो ! जव म मन्दिरका तुन्डालमा कुँदिएका “नराम्रा-क्रियाकलाप” देख्छु मलाई ती “नराम्रा” लाग्दैनन् | मेरा मातापिताले “नराम्रो काम” नगरेको भए म संसारमा आउने कुनै चान्स नै थिएन |
मेरो शरीर नै नराम्रो कामको “रिजल्ट” हो | यदि तुन्डालमा कुँदिएका क्रियाकलाप “नराम्रो” हो भने संसारको प्रत्येक मान्छेआफैमा “नराम्रोपन” बोकेर हिड्न बाध्य भएको छ | “नराम्रो” गरेर जन्माउने प्रक्रिया मिलाउने प्रकृति वा ईश्वर गलत रहेछन् |
“लाजमर्दो” शरीर बोकेर हिंडेका हामी मान्छेलाई देखेर उनीहरू निकै खुसी हुँदाहुन् !! नेपालमा यौनका विषयमा खुला कुरा हुँदैन भन्नु हास्यास्पद हुन्छ | हाम्रा गीतहरू “कान्छीलाई घुमाउने काठमाडौं शहर” “भागौ सुटुक्क”जस्ता दोहोरिमा गाइन्छन् |
बोलीचालीमा पनि दोहोरो अर्थ लाग्ने धेरै शब्द छन् | लिंग भन्दा कसैलाई लाज लाग्दैन | योनिका कुरा पनि खुलेर हुन्छन् | पेनिस तथा भेजाईना, सेक्स जस्ता शब्दहरूमा कुनै लाज छैन | कुरीकुरी र तुरी पनि लाजका विषय रहेनन् |
जतिधेरै मान्छे तेतिधेरै तुरी – अनि एस्तो विषय कसरी राम्रो वा नराम्रो हुनसक्छ ? अरूले पनि सोच्नुपर्छ | मैले धेरै वर्ष अगाडी डा. दुर्गा पोखरेलले लेखेको एउटा लेख पढेको थिएँ | विश्वरूपको मूर्तिको फोटो पनि तेसमा छापिएको थियो |
उत्तेजित लिंगसहितको विश्वरूपको एकमात्र मूर्ति होइन | श्रीपशुपतिनाथ भित्रको भैरव मूर्तिलाई पनि “कुरीकुरी” भन्नुपर्छ | बाटोमा मुतिरहेका बालबालिकाको पिसाव बगेर निस्कने ठाउं र हामीले श्रद्धापूर्वक टाउकोले छुने भैरवको लिंग दूवै लिंग नै हुन् | मन्दिरमा पूजिने लिंगले मानव सृष्टिको मुहानको सूचना दिएको हुन्छ भने बालबालिकाको “सू”मा तेसको वास्तविक सम्भावना हुन्छ |
यो स्थिति न राम्रो हो न नराम्रो नै हो| ऋषि वात्स्यायनले २३५० वर्ष पहिले कामसूत्र लेखे किनभने संभोग जीवनको लागि अनिवार्य क्रिया हो | जुन अनिवार्य क्रिया हुन्छन् तिनको ब्यबस्थापन हुनैपर्छ |
धेरैका लागि कामसूत्र रोमान्टिक पुस्तक लाग्छ | तर विश्वको पहिलो “यौनशिक्षा” काम सूत्र हो भन्ने तत्थ्य ओझेलमा पारियो | अनि, कामसूत्रलाई सेक्स-मार्केटिंगको टुल बनाइयो | अंग्रेजीमा चमत्कार देख्ने भारतीय र नेपालीहरूले पत्याए |
अनि, सृष्टिको सत्य बखान गर्ने तुन्डालहरू, भैरवका मूर्तिहरू, शिवलिंगहरू र गुह्येश्वरी मन्दिरहरू नकारात्मक बने | लिंग र योनि मात्र देख्नेहरूले अर्धनारिश्वर देख्न सक्दैनन् | शिवको लिंग देख्छन् तर सृष्टिका लागि लिंग र योनिको अनिवार्यता देख्दैनन् |
बुझौं, आजको सिङ्गापुर, जापान, रुसजस्ता धेरै मुलुकहरू जनसंख्या घट्दोबाट चिन्तित छन् | यौनशिक्षाले मात्र जनसंख्या बढ्दैन | प्रकृतिको नियमले स्त्री-पुरुषको यौनको एकमात्र प्रयोजन “सृष्टि” हो | आजको सेक्स-मार्केटिंगले सृष्टिलाई छोडेर “रमाइलो”लाई बोकेको छ |
मैले केही aमहिना अघि एउटी महिलाको प्रसंग पढेको थिएँ | उनी एकलाख मान्छेसंग “सुत्न” चाहन्थिन् | मोडर्न सेक्स एजुकेशनले निम्त्याएको “कुरीकुरी” चर्चा पनि रमाइलोका रूपमा हुन्छ | तुन्डालका चित्रहरूले सृष्टि सिकाउँछ, सेक्स होइन |
पुरुषलाई लिंगका रूपमा बुझ्ने र महिलाई योनिका रूपमा देख्ने बुद्धि र मनको विकास फ्राइडले गरेका हुन् | फ्राइडलाई बुझ्नेहरूले जानेका छन् – सेक्स र स्त्री-पुरुष वाहेक अर्को कुनै सम्वन्ध हुँदैन |
विश्वका हरेक मानवीय क्रियाकलापको केन्द्रविन्दू संभोग हो | सोचको एस्तो दरिद्रताले आजको समाज रोगी भएको छ | एस्तो रोगबाट ग्रसित मान्छेले हरेक ठाउँ र मान्छेमा लिंग र योनि देख्छ तर सृष्टिचाहिं पटक्कै देख्दैन |
अन्ततोगत्वा, नारी-रोबोट वा पुरुष-रोबोटमा “लिंग र योनि खोज्द छ | धन्यवाद फ्राइड, तिमीले देखेको सपना अव रोबटले पूरा गरिरहेका छन् | बात्स्यायनले सेक्सलाई योग बनाएका थिए तर फ्राइडले सेक्सलाई “भोग” बनाए |
बात्स्यायनले सेक्सलाई सृष्टिको नियम बनाएर मन्दिरमा स्थापित गराए, लज्जाको घुम्टो दिएर पुरुषार्थ बनाए | तर फ्राइडले रमाइलोका लागि कण्डम र गर्भपातका लागि अस्पताल खुलाएर प्राकृतिक सृष्टिको नियम नै परिवर्तित गरिदिए |
बात्स्यायनले योगी बनेर भोग गर्न वसालेका नियम फ्राइडले बजारमा विक्ने बनाइदिए | आज फ्राइडको बोलवाला छ तर बात्स्यायन विचारा दोषी बनाइएका छन् | फुलको आँखामा फुलै संसार | काँडाको आँखामा काँडा संसार |
विडम्वना प्राकृतिक विषयहरूलाई मार्केटिंगले निम्त्याउँछ | विश्वमा धेरै आदिवासीहरू जो नाङ्गो जीवन बाँचिरहेका छन् | आजभोली केटाकेटीलाई पनि प्राकृतिकरूपले नाङ्गोपनसंग अधिकार छैन | उनीहरू आफ्नो प्राकृतिक अवस्थामा रमाउन पाउन्नन् |
जन्मिएको क्षणबाट नै लज्जावोध गराउने लुगाले ढाकेर राखिन्छ | अनि, बढेपछि तेही हुन्छ जुन हामी भएको सुन्न र देख्न चाहन्नौं | अर्थात् केटाकेटीको शरीर होइन, उनीहरूको शरीरमा लिंग र योनि वाहेक अरू देखिन्न |
तेसमा पनि मार्केटिंगले निम्त्याउने मानसिक आतंकको आफ्नै आतंक रहन्छ नै | असलमा, मान्छेको मात्र होइन विश्वका हरेक प्राणीको जीवन एकप्रकारको काकताली र इच्छाको आकस्मिकता हो | कुरो यौन, सम्भोग, प्रजननको होइन |
यी सबै विषयहरू मन्दिरको तुन्डालमा होस् वा तपाईं-मेरो शरीरमा केही फरक पर्दैन | तर सोचले निकै फरक पार्छ | यही सोच हो जसले आमा र पत्नीका बीचमा फरक गर्छ | विवेकहीनहरू शरीर देख्छन्, विवेकीहरू चिन्तन बुझ्दछन् |
राज्य, समाज र धर्मले तय गरेका सीमाहरू तोडिन सक्छन् तर विवेकका सीमाहरू अजेय हुन्छन् | फ्राइडले विवेकलाई लत्याए तर वात्स्यायनले तेसको रक्षा गरे | हामीले विचार गर्नुपर्छ – हामी कुन् बाटो हिड्ने छौं |
यौनिकता प्राकृतिक विषय हो भन्ने तत्थ्य विज्ञानले पनि स्वीकार गरेको छ | प्राकृतिक विषयलाई विज्ञापनको आवश्यकता पर्दैन | यौन न लुकाउने विषय हो न देखाउने नै | तेतिमात्र होइन, लुकाउन सकिने विषय पनि होइन | तुन्डालहरूले दिएको “सृष्टि”को संदेशलाई कसैले “यौनिकता” बुझ्दछ भने बिकृति त्यहीं छ |
बुझ्ने एत्ति कुरा हो कि प्रकृतिलाई हामीले जित्न सक्दैनौं तर प्रकृतिलाई जित्ने अभियान जारी नै रहने छ | बात्स्यायनलाई बुझ्नेहरूको यौन दाम्पत्यमा नियमित हुन्छ र तेस्रो पुरुषार्थ हुन्छ | फ्राइडको यौनमा स्वच्छन्दता र अराजकता नृत्य गर्छ |
हामी मान्छे हौँ | हाम्रो उत्पत्ति यौन वाहेक विकल्प थिएन | तर जव हामीले पुरुष र स्त्रीलाई “लिंग वा योनि”का रुपमा बुझ्ने गर्छौं, मानसिक समस्याहरूको आरम्भ तेहीबाट हुन्छ | यहाँ मान्छेले बुझ्नुपर्छ – संभोग विनाको संसार झन् ठूलो र विशाल छ | हामी मान्छे संभोगबाट जन्मिएका हौँ, तेसैले हामी तेसैतिर उत्सुक हुन्छौं |
तर संभोगरहित सृष्टिमा एस्तो उत्सुकताका कुरा हुँदैन | हामी हाम्रो नजरियाबाट सोच्छौं, बुझ्दछौँ र बोल्छौं | किनभने रुख, पशु, आकाश र समुद्रहरूलाई पनि “मानविकीकरण” गर्ने मान्छे हो | रूखले मान्छेलाई “रूखकरण” गरेको सुनिएको र देखिएको छैन |
हामीले सृष्टिको विशालतालाई परमात्माको विशालतासंग जोड्नुपर्छ | अनि, संभोगजन्य उत्सुकता प्रेम बनेर परमात्मामा तिरोहित हुन्छ | तेस बखत अभिमान रहन्न | अभिमानको विनाशनसंग “लिंग-योनिजन्य” परिचय (identity)स्वत: तिरोहित हुन्छ |
अनि, हामी लिंग वा योनिका विषयमा होइन, लिंग रूप सृष्टि र सृष्टि रूप योनिमा आलोडित हुन्छौं | तेसैले कास्मिरी दार्शनिक अभिनव गुप्तले लेखे “माते ! यो लिंग जनित मेरो लिंग शरीर अन्तत: अनन्त लिंगमा तिरोहित हुन्छ |
तुन्डालका तस्वीरहरूले जीवनको वास्तविकताको दर्शन दिन्छ भने धर्म, अर्थ र तेस्रो चरणको काम-योगको उपभोग वा त्यागले मात्र शिवतत्व अर्थात् मोक्ष प्राप्त हुन्छ भन्ने विवेकमय संदेश दिन्छ |
तुन्डाल निर्लज्ज होइनन् निर्लज्ज त हामी मान्छेका सोच हुन् जहाँ तुन्डालसंग आफ्नो तुलना गर्छ र अनि, तुन्डाललाई “निर्लज्ज” भन्दै आफ्नो निर्लज्जता पोख्छ | कामदेवले कसैको कूभलो नगरुंन् |

डा.उपाध्याय त्रिभुवन विश्वविद्यालय दर्शनशास्त्र विभागका प्राध्यापक हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय