चर्पीमा दिसा गर्ने भयौं भन्न पनि राष्ट्रिय उत्सव ?



नारायण गाउँले

सरकारले भव्य कार्यक्रम आयोजना गरेर देशलाई खुला दिसामुक्त घोषणा गर्ने रे । यसको लागि पर्याप्त सार्वजनिक ट्वाइलेट निर्माण गर्न नसकिएकोले सर्वसाधारणलाई आफ्नो ट्वाइलेट खुला राख्न र त्यसमा ताला नलगाउन सरकारले आग्रह गरेको छ ।

साथै उक्त दिनलाई राष्ट्रिय गौरव र उत्सवका रूपमा मनाउन सबै निकायलाई परिपत्र भएको रहेछ । निजी ट्वाइलेटलाई सार्वजनिक रूपमा प्रयोग गर्न दिन आग्रह गरेर पनि खुला दिसामुक्त देश भन्ने घोषणा गर्नै पर्ने त्यस्तो के जरूरी होला ? सुन्दै अनौठो लाग्ने !

चर्पीमा दिसा गर्ने भयौं भन्न पनि राष्ट्रिय उत्सव ? डर त के भने कुनै नेताले त्यहाँ चर्पीमा दिसा गर्ने पहिलो देश नेपाल हो भनेर भाषण गर्छ कि भन्ने छ । यो देश सीता र भृकुटीको हो । यो देश गौतम बुद्धको हो । तिनले पनि दिसा गर्थे । हामी तिनका शौचालयको उत्खनन गर्दै छौं भनेर कसैले भाषण ठोक्ने पो हो कि ?

कम्तिमा दिसा पनि ट्वाइलेटमा गर्नुपर्छ भन्ने बल्ल थाहा पाउँदै गरेको देश भनेर किन प्रचार गर्नु र ! त्यो पनि विदेशी सहयोगको कार्यक्रमका कारण हामीले दिसा कहाँ गर्ने भनेर सिकेको देखाउन । त्यो पनि सिक्न बाँकी हुँदै ।

के खुशीमा त्यस्तो कार्यक्रममा शानपूर्वक बोल्ने होला ? त्यस्तो पनि राष्ट्रिय उत्सव हुन्छ ? खुरुखुरु शौचालय बनाउने र त्यसका निम्ति चुपचाप पर्याप्त पानीको व्यवस्था गरिदिए हुन्न र ? ताला त खुला राखौंला रे, पानी नि ? यस्तो घोषणा कार्यक्रम र पर्चापम्पलेटको खर्चले बरु तीन वटा अर्को सार्वजनिक ट्वाइलेट बनाए हुने नि !

ताप्लेजुङ्देखि कर्णालीसम्म ट्वाइलेट नहुने कति ठाउँ होलान् ? काठमाडौंबाट झापा छुटेको बसले जङ्गलमा रोकेर कतिको मङ्गल गरिरहेकै हुन्छ । नौबिसेका कति ट्वाइलेट छिर्नसम्म नसकिने छन् ।

मेरो जिल्ला सदरमुकाम कावासोती नगरपालिकामा दुईवटा सार्वजनिक ट्वाइलेट पनि छैन । सयौं गाउँपालिका र नगरपालिकामा सार्वजनिक ट्वाइलेट छैन ।

मुगु र खोटाङ्को कुरो छोड़म्, काठमाडौंलाई सम्म पनि पर्याप्त पिउने पानी दिन नसक्ने पानी मन्त्री बिना मगरले सर्वसाधारणलाई आफ्नो ट्वाइलेट खुला राख्न आग्रह गर्न आफैमा अप्ठेरो लाग्नुपर्ने ।

घोषणातिर कस्तो चाख हो सरकारलाई ? बरु नेपालीलाई दिसा गर्न सिकाउने नाममा कति रकम कुनकुन देशले दिए र त्यो कहाँ कसरी खर्च भयो भन्ने विवरण सार्वजनिक गर्नु नि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रतिनिधिसभा संचालनका लागि सत्ता–प्रतिपक्षबीच २ बुँदे सहमति

काठमाडौं । सत्तापक्ष र विपक्षीबीच प्रतिनिधिसभाको अवरोध अन्त्य गरी बैठक सुचारु गर्ने सहमति

अवैध रूपमा विदेश पुगेका नेपालीकाबारेमा गृह र श्रम मन्त्रालयको समन्वयमा अध्ययन गर्दैछौंः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’

अब नेपाल रोजगार खोज्ने हैन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छः प्रधानमन्त्री ओली

काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कसैको मातहतमा नरहेको र कहिल्यै नरहने

‘भिजिट भिसा प्रकरणमा जोसुकै दोषी भएपनि कानुनी कठघरामा आउँछन् भन्ने अन्तर्राष्ट्रिस्तरमा विश्वास दिलाउनुपर्छ’

काठमाडौं । राष्ट्रियसभाका सदस्य गंगाकुमारी बेलबासेले भिजिट भिसा प्रकरणको अध्ययन गर्न उच्चस्तरीय छानबिन