रुपलालहरुले कहिलेसम्म यसरी सवारी जाम परेर मर्ने ?



नारायण गाउँले

समाचार पढ़ेदेखि मन खिन्न छ,
छोराको उपचार गर्न नाइट बस चढेर काठमाडौं आउँदै गरेकी एक वृद्धा, असहाय र गरिब आमाले रौतहटदेखि काठमाडौंसम्मको लामो बाटो छिचोल्न सकिनन् । काखमैं छोरा अस्तायो ! वरपर न आफन्त छन्, न गोजीमा पैसा छ, न भविष्यको आशा छ !

३५ वर्षकै उमेरमा दुबै मिर्गौला फेल भएर सिकिस्त बिरामी भएका रूपलाल शाह रौतहटबाट काठमाडौं उपचारका निम्ति आउँदै रहेछन् ।
प्लेन चढ्ने आर्थिक अवस्था धेरै नेपालीको छैन । एम्बुलेन्स पनि बसभन्दा धेरै महँगो हुँदो रहेछ । उनको परिवारले नाइट बस समात्यो ।

 एम्बुलेन्स नै भएको भए पनि त्यो बाटो छिचोलिने रहेनछ । एक दुई किलोमिटर टाढ़ा पुगिन्थ्यो होला ! दर्जनौं एम्बुलेन्स साइरन बजाउँदै त्यही बाटोमा फसेका छन् ।

उनको मृत्यु काठमाडौं पस्ने ट्राफिकको कहाली लाग्दो जामका कारण भयो भएन, यकीन छैन तर रौतहटमैं उपचारको व्यवस्था हुँदो हो या केही सय किलोमिटरको त्यो यात्रा ३-४ घण्टामा पूरा हुँदो हो त उनको ज्यान जोगिने थियो ।

भन्न त देशमा तीन वटा सरकार छन् । गन्नै नसकिने सांसद र मन्त्री छन् । त्यतैबाट मधेशकै नाममा राजनीति गरेका उपेन्द्र यादव स्वास्थ्यमन्त्री छन् । तर आम नागरिकलाई भने डाइलाइसिसकै निम्ति काठमाडौं आउनुपर्ने अवस्था छ ।

हुनेखानेलाई सिंगापुरदेखि जापान र अमेरिका घरदैलो जस्तो छ । ती समाचार बन्छन् । तिनको उपचार गर्ने विदेशीहरूले समेत देशको ढुकुटीबाट तक्मा र पुरस्कार पाउँछन् । तर करोडौ नागरिक छन्, जसले हस्पिटलसम्म पुग्न नभ्याएर ज्यान गुमाइरहेछन् ।

मेडिकल कलेज काठमाडौंमा मात्रै किन भनेर बिचरा बुढो र अशक्त ज्यान लिएर गोविन्द केसी एक्लै लड़े ! हामी शासकको धोती समाएर उल्टै केसीलाई कहिल्यै उठ्न नसक्ने गरी लड़ाउन सफल भयौं ।

स्वास्थ्यसेवामा हक त कर्णालीमा बस्ने गरिबले पनि पाउनुपर्छ भनेर बिचरा ती हरेक सरकारसँग लड़े । मृत्युसँग लड़े । रूपलालहरूका निम्ति लड़े । तर हामीले उनलाई पागल बनायौं ।

हाम्रा महान् शासकविरुद्ध लड्नेलाई देखाइदियौं ।  अरूलाई खाने बाघले आखिर हामीलाई किन छोड्थ्यो र ? जसले आफ्नो तलब पनि गरिबको उपचारमा खर्चेको छ, त्यसैलाई दलाल भन्यौं । पाप त लाग्नेछ हामीलाई पनि ।

यो घटना एउटामात्र होइन । आजको मात्र होइन । देशमा उपचार हुन सक्ने रोगकै कारण सयौं रूपलालहरूले चुपचाप ज्यान गुमाइरहेछन् ।

जसलाई आज थुकेर आफूलाई महान् भन्दै छौं, त्यही शासक या राजाको पालामा बनेको काठमाडौं जोड्ने नाका आज पनि त्यत्रै र त्यस्तै छ । बरु पिचहरू भत्किएका होलान् । त्यसलाई एक हात चौड़ा बनाउँदै एकपल्ट थुक्दै गरेको भए पो ! २५ वर्षमा २५ इन्च पनि थप्न सकेनौं ।

हाम्रा प्राथमिकता भने बेग्लै छन् । पशुपतिमा राष्ट्रगान बज्नुपर्छ कि पर्दैन ? ज्ञानेन्द्रलाई नागार्जुनमा राख्नु पर्छ कि पर्दैन ? गुठी जति नाशेर संस्कृतिलाई मास्नु पर्छ कि पर्दैन ? भिआईपीको सुविधा थप्नुपर्छ कि पर्दैन ? ज्ञानेन्द्र शाहीलाई जिल्लामा रोक्नु पर्छ कि पर्दैन ? पानीजहाजको टिकट काट्ने मिति तोक्नु पर्छ कि पर्दैन ?

मिडियालाई बाँध्नु पर्छ कि पर्दैन ? बेलायत ठीक कि भेनेजुएला ठीक ? पक्ष होस् या विपक्ष, हाम्रा बहसका मुद्दा यिनै हुन् । अलि पहिला अलि बेग्लै हुँदो हो ।

कति प्रदेश बनाउने, कहाँको काटेर कसलाई थप्ने ? प्रदेश प्रमुख को बन्ने ? कांग्रेस र माओवादीले कति राजदूत बाँडेर लिने आदि आदि । तर हाम्रो बहसमा रूपलालहरू कहिल्यै अटाएनन्, शायद अटाउने पनि छैनन् ।
पशुपतिनाथले रूपलालको आत्मालाई शान्ति देउन् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आफू मात्रै होइन,काङ्ग्रेसलाई सखाप पर्ने भयो एमालेले !

केशवप्रसाद भट्टराई । १. एमाले भित्रको कायरतापूर्ण आपसी किचकिचले गएको सरकारको आधा कार्यकाल

राजनीतिका नाममा ढाँट्ने, खेल्ने र लुट्नेको नकाव उतारेर शिक्षित युवालाई नेतृत्वमा पुर्याउनुपर्छ

डा. युवराज संग्रौला । सन् १९०९ मा सांघाइमा युथ भन्ने पत्रीका प्रकाशित गर्ने

ओलीजी, देउवाजी र प्रचण्डजीहरूको यो सन्दर्भ

केशवप्रसाद भट्टराई । १. ओलीजी जस्ता कहाँ सीधा जानु पर्दछ र कहाँ बाँकटे

इतिहासलाई गाली गर्नुको कुनै औचित्य छैन

डा. गोविन्दशरण उपाध्याय । न हामी कसैलाई गालीगलौज गर्छौं, न हामीले कसैलाई आफ्नो