देख्नु भयो नि कसरी जनताका भनिएका नेताहरूले काम गर्छन्?



भीम उपाध्याय ।

देख्नु भयो नि कसरी जनताका भनिएका नेताहरूले काम गर्छन्?, कसरी आफैले बनाएको संविधानको आफै बलात्कार गर्छन्? मिच्छन्? कसरी पदका लागि देश र जनताको बलि चढाउछन्?

२०१५ सालको संविधान र ०४७ सालको संविधानलाई राजाहरूले मिचेको भनिएको थियो तर त्यो अधिकार संविधानले नै राजालाई दिएको थियो। तर अहिले गणतन्त्रमा संवधान मै नभएको कुरा कसरी प्रधानमन्त्री र राष्ट्रपति मिलेर मिचिदिए! अब त सबैको चेत खुल्यो होला नि!
मैले विगत २ वर्षदेखि मुलुकको शासनको गाडी भयंकर उफार्दै मनपरि चलाईदै छ भन्दै आएको थिएँ-

मातृका, गोर्बाचेभ र चाउचेस्कुको नेपाली संस्करण निस्कने पक्का छ भन्दै आएको थिएँ। तर समझदारलाई पो ईशारा काम लाग्थ्यो, मुर्ख र सत्ताको पैसा गुमा खसेको भए पनि मुखैले टिप्ने कुसंस्कारले नेताहरूलाई गॉजेपछि हुने हुनामी यही हो। यसमा म दु:खित भए पनि अचम्भित भने छैन। हुने यही थियो र त्यही भयो। आज म गलत थिइनँ भनेर सन्तोष लिन पाएको छु।

विगतमा पनि दुईदुई चोटी संसद विघठन भएर अदालतबाट ब्युतेको थियो। ज्ञानेन्द्र राजाले सत्ता हातमा लिएपछि पनि आन्दोलनबाट मरेको संसद पुन: ब्युताउदै जे मन लाग्दी गर्दै मुलुकको सत्ता राजनीति अघि बढेर आजको दिन आएको हो।
तर, नकारात्मक योगदानले मुलुक सकारात्मक बाटोमा हिड्न सक्छ। इतिहॉसले यही कुरा देखाउदै आएको छ! २४० वर्षको राजतन्त्र पनि वनबास गराईएको हो।
बस्! चाउचेस्कुको हविगत नेपालमा नआईलागोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली राजनीतिले सिक्नुपर्ने एउटा चुनाव

नारायण गाउँले । विश्वकै मुख्य र ठूला सहरमध्येको एक लण्डनमा मेयर पदका लागि

नेपालमा लगानीका लागि कागजी रुपमा रहेका व्यवस्थाहरुलाई सरलीकृत गरेर लगानीमैत्री बनाउनुपर्छ

एकराज पाठक । नेपालले लगानी सम्मेलनको आयोजना गरेको होटल सोल्टीको मञ्चमा आइतबार प्रमुख

ट्रेड युनियन अभियानल गर्न नसकेको काम

अचुतकुमार ओझा आज मे डे अर्थात् श्रमिकले दृढ साहस र सङ्कल्पका साथ लडेर

तर दुर्भाग्य, हामीले रेल पनि डिजेलवाला किन्दै छौं

नारायण गाउँले । हाम्रा शहरहरू खाड़ीको मरुभूमिभन्दा तातो र प्रदूषित हुँदै जानुको कारण