आइएनजिओ संस्कृतिको उपेक्षा गरौँ



डा. गोविन्दशरण उपाध्याय ।

विदेशमा स्रोत भएका गैरसरकारी संस्थाहरूको ध्याउन्न आफ्नो देश, धर्म, संस्कृति तथा विचारको स्थापना गर्नुनै हुन्छ | आजको जस्तो व्यापारिक युगमा कुनै देशले (संस्थाले) सित्तैमा सहयोग गर्छन् र त्यो सहयोगले गरिवी, अशिक्षा तथा भोकमरी निवारण हुन्छ भनेर पत्याउने नेपाली नेतृत्व कति महामूर्ख होला ?

वेलायत, युरोप, अमेरिकामा स्वास्थ्य विमा नगरेका नागरिकहरू रोग र भोकले मर्छन्, तेहाको सरकारले “विमा नगर्नेको दोष” देख्छ | तेसका लागि फुटेको कौडी खर्च गर्दैन | तेसैले ती देश र तेहाका सामाजिक संस्थाहरूले नेपालका लागि परोपकारी काम गर्छन् भनेर भ्रमित हुनु जरुरी छैन | विदेशबाट संचालित गैर-सरकारी संस्थाहरूको अवज्ञा गरौँ |

वि.स. २०३६ पछि नेपाली आकाशमा गैरसरकारी संस्थाहरूको आरम्भ भयो | विदेशी गैरसरकारी संस्थाहरूको बर्चश्व स्थापित हुँदै गर्दा “मेला पर्म”जस्ता रैथाने परस्पर सहयोगी क्रियाकलापहरू निमिट्यान्न हुँदैछन् | नेपाली संस्कृतिमा प्राकृतिक रूपले पुस्तौंदेखि चलिआएको “सामाजिक उत्तरदायित्व”को भावना पूर्णतया समाप्त हुँदैछ |

दशैं-तिहारमा आफ्नो गाउँको बाटो आफै मिलेर बनाउने, मन्दिरपाटीहरू निर्माण गर्ने, संरक्षण गर्ने, मूठी दान दिएर विद्यालयहरू संचालित गर्ने, गाउँका सबै मिलेर खानेपानीको जोहो गर्ने, धारा बनाउने, धाराको सरसफाई गर्ने, कुलो खन्ने, कुलो सफा गर्ने, पोखरी खनेर पानीको सुरक्षण गर्ने, चौपारी चिनेर रुखहरूको संरक्षण गर्ने, मर्दापर्दा एकअर्कोको घरमा स्वयंसेवा गर्नेजस्ता सामाजिक र सांस्कृतिक क्रियाकलापहरू अवरुद्ध भएका छन् |

आज एनजीओ/आइएनजिओले अधिकारका नाममा “दशैंमा आफ्नै घरमा काम गरेको पनि मूल्य हुन्छ, मूल्य पाउनु तिम्रो अधिकार हो अत: मूल्य आए काम गर नत्र सरकारलाई गालि गर” भनेर प्रशिक्षित गर्छन् | कुनै पनि सामाजिक कार्यमा छलफल गर्ने कामका लागि समेत “भत्ता”को मांग हुन्छ | विदेशी आइएनजिओहरूले नेपाली जनताको आत्माबाट “कर्तव्य”को चेतनालाई पूर्णतया विस्थापित गर्दैछन् |

अधिकारको लागि सङ्घर्ष गर | कर्तव्यप्रति उदासीन बन – आइएनजिओहरूको सहयोग यहीबाट आरम्भ हुन्छ | जतिधेरै अधिकारको चर्चा हुन्छ, तेतिनै धेरै मान्छेहरू अर्काको सल्लाहमा विश्वास गर्छन् | अन्तत: सल्लाह र सल्लाहकार फर्केर जान्छन् | हातमा केवल “अधिकारहरू”को लामो सूचि हुन्छ तर ती अधिकार प्राप्तिका लागि चाहिने साधन हुँदैनन् | कर्तव्य विर्सिसकेका जनताहरू एकअर्कालाई अधिकार खोसेको आरोप लगाउँदै लडाईमा होमिन्छन् | कर्तव्यको सूचि नभएको हुँदा पुन: विदेशी नै गुहार्छन् |

अव नेपाली जनताले “अधिकारका नाम लडाई गराउने विदेशी स्रोत भएका आइएनजिओ/एनजीओहरूको अवज्ञा गर्नुपर्छ | विदेशी प्रतिमान स्थापित गर्न मरिमेट्ने राजनैतिक सिद्धान्तहरूको वहिष्कार गर्नुपर्छ | आफ्ना आर्जित अधिकारहरुको उपयोग गर्दै कर्तव्यपालनतिर विनाशर्त अभिमुख हुनुपर्छ | हामी स्वावलम्बी बन्नुको विकल्प छैन | एक छाक खाउँ तर विदेशी प्रभूत्वलाई असहयोग गरौँ | उनीहरूको प्रभुत्वमा विश्वास गरेर आफ्नो आत्मविश्वास र ऐतिहासिक गौरव नविर्सौं |

ऋण र विदेशीको चलखेलले मान्छे त कङ्गाल र पराश्रित हुन्छ भने विदेशीको ऋण बोकेर, विदेशी प्रभुहरूबाट बुद्धिलिएर चल्दा हाम्रो देशले प्रगति गर्छ भन्ने भ्रमबाट मुक्त होऔं | विश्वका सबै राष्ट्रसंग समानतहको सम्बन्ध विकास गर्नका लागि “ऋण र सहयोग”को माखेसांग्लोबाट मुक्त हुनैपर्छ | देश लाई ऋण बोकाउने र कर्तव्यहीन अधिकारको नारामा जनतालाई उक्साएर पुन: आफ्ना सरकारको ऋण बोक्न सरकारलाई बाध्य पार्ने संस्था र व्यक्तिहरूको वहिष्कार गरौँ |

डा.उपाध्याय त्रिभुवन विश्वविद्यालय दर्शनशास्त्र विभागका प्राध्यापक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुँजीवादले मानिसलाई मानिस होइन, उपभोक्तामा परिणत गर्दोरहेछ

डा. युवराज संग्रौला । फ्रान्सेली चिन्तक भोल्टियरले धेरै निवन्धहरु त लेखेकै छन्, तर

विदेशीको नजरमा नेपालमा एफडीको सम्भावना

पार्क थेयङ । नेपालमा आगामी वैशाख १६ र १७ (अप्रिल २८ र २९

राजनीतिक व्यवसायी र कमिसनखोर व्यापारी घरानाको गठजोडबाट एउटा सन्तान जन्मियो, त्यो भ्रष्टाचार होइन र ?

डा. युवराज संग्रौला । १. २०२४ इ.स. ।  हरेक साल अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयका

संसदीय समिति हाम्रोविरूद्धमा हो भन्ने भ्रामक कुरा हो, त्यसैले बनाइदिऔं समिति

गणेश कार्की । सहकारीको बिषयमा सभापति रवि लामिछानेबाट हिजो फेरि पनि फेसबुकमा पोस्ट