दाम्पत्य : फेसबुक अर्थात् सोसल मिडिया



डा. गोविन्दशरण उपाध्याय ।

फेसबुकका (इमो) हजार गुण होलान् तर एसको विस्तार पतिपत्नीको आन्तरिक जीवनमा समेत भएको छ | एकान्तकक्षामा समेत एसले आफ्नो पहुँच बनाएको छ | महिला र पुरुषको गोपनीयता भंग गर्न सहयोगी बनेको छ र लत बसेपछि पतिपत्नी बीच झगडा मात्र होइन आपसी अविश्वास तथा पारचुकेसम्मको कारण बनेको छ |

फेसबुकजस्ता मिडियाले एकातिर विदेशमा रहेका आफन्तसंग निरन्तर सम्पर्कमा रहेर विश्वास बढाउँन सहयोग गरिरहेको छ भने अर्कातिर पतिपत्नीका बीचमा अविश्वासको बीऊ रोपेर पारिवारिक विचलनको स्थिति निम्त्याएको छ | सोसल-मिडियाले धेरैको भलो गरेको छ तर एकजनाको पनि कूभलो भयो भने उसको लागि यो अभिशाप नै हुन्छ |

विश्वास र अविश्वास मान्छेसंगै हुन्छन् | सोसल मिडियाको प्रयोग वारे एकआपसमा अविश्वास सृजना भएर पारिवारिक बिघटनको संघारमा पुगेका मैले धेरै परिवारका पतिपत्नीको सम्बन्ध जोगाएको छु | पतिले पत्नीको र पत्नीले पतिको “विवाह-वाहिर सम्बन्ध रहेको” शंका लुकाएर फेसबुक हेर्ने, हेर्न खोज्दा लुकाउने, गालीगलौज गर्ने, अविश्वास गरेको आरोप लगाउने जस्ता आरोपबाट पुष्टि गर्न खोजेको पाएँ |

एकआपसी विश्वासलाई कमजोर पार्न हाम्रो सानो व्यबहार पर्याप्त हुन्छ | पतिपत्नीको र व्यबहार पारदर्शी हुनुपर्छ | एकअर्कामा शंकामा तान्नु भन्दा विश्वासमा जोड गर्नुपर्छ तर एक पटक शंकाका बीऊ रोपिएपछि ती झाँगिन वेर लाग्दैन | अनि, हामीले आफ्नो बुद्धि आफ्नो शंकालाई वास्तविकतामा परिणित गर्न लागि पर्छौं | अनि, अन्तत: परिवार सकिन्छ |

यदि तपाईं वैदिशिक रोजगारीमा हुनुहुन्छ भने पतिपत्नीको एकै एकाउन्ट राख्नु सबैभन्दा उत्तम हुन्छ वा एकाउन्ट फरकफरक भए पनि दूवैले दूवैका पासवर्डहरू प्रयोग गर्दा फेसबुकका कारणले उत्पन्न हुने शंकालुपन नियन्त्रित हुन्छ | मैले सधैं बुझेको छु “शंकाले लंका हान्छ |”
दोस्रो तत्थ्य, फेसबुकजस्ता मिडियाहरू महासागर हुन् र तपाईं र म यो महासागरका सामान्य माछा मात्र हौँ | यो महासागरमा सबै खाले माछा छन् – रंगी, विरंगी, जादुई | रङ्गीन माछाहरू तपाईंलाई फकाएर, झुक्याएर, फकाएर र धम्काएर आफ्नो कुरा मान्ने बनाउँछन् | यदि तपाईंले राम्ररी चिन्न र बुझ्न सक्नुभएन भने तपाईंमात्रै होइन तपाईंलाई माया गर्ने र तपाईंले माया गर्ने दूवैतिर विनाश हुन्छ |

प्रेमिल दम्पत्तिले (कानुनले गोप्य राख्न भनेको वाहेक) कुनै कुरा गोप्य राख्नु पर्दैन | सोसल-मिडियाजस्ता विषयहरू त एकआपसमा गोप्य नराखेकै राम्रो हुन्छ | शरीरका अंगअंग देख्ने र भोग्ने जीवनसाथीसंग लुकाउन नै के हुन्छ र ? एतिकुरामा सहमति वन्दा जीवनका धेरै शंकाहरू मेटिन्छन् | विश्वासका ढोकाहरू खुल्छन्, विश्वासले प्रेम बढाउँछ |

तेस्रो र अन्तिम कुरा, दुईचार जना लोग्ने वा स्वास्नीले आफ्ना जीवन साथीलाई धोका दिएर “अर्की ल्याए” वा पैला गए भन्ने समाचार पढेर आफ्नी पत्नी वा पतिलाई ती संग तुलना गर्नुहुँदैन | मिडियाले पैला गएको समाचार छापेर तपाईंको मनलाई आतंकित पार्छन् तर करोडौं दम्पतिहरूको विश्वासीलो दाम्पत्य जीवन वारे समाचार दिन्नन् | विश्वास गर्नुपर्छ “मेरी पत्नी वा पतिले विश्वासीको प्रतिनिधित्व गर्छन्, विश्वासघातीको होइन |
पतिपत्नीको सम्बन्ध आपसी प्रेम र विश्वासमा टिकेको हुन्छ | आफ्ना पति वा पत्नीसंग खुलस्त कुरा गर्नुस् तर शंकालु नजरले होइन | विश्वासघातमा भन्दा विश्वासलाई प्राथमिकतामा राख्नुहोस् | तपाईंको जोडी शिवपार्वतीझैं मायालु र विश्वासीलो हुनेछ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शायद त्यसैका लागि नियतिले यस्तो संसदीय बाटोको रेखा कोर्दै लगेको छ

जेपी गुप्ता । ऊ बेला हामीलाई सिकाउनेले ललाउँदै फकाउँदै भन्थे–’संसदीय व्यवस्था भनेको सडकको

ओलीले किन बनाउँदैछन् रविलाई ‘मानवढाल’ ?

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले झापाको गिरिबन्धु टी–स्टेटको जग्गासम्बन्धी विवादमा गरेको फैसलाको

पुरुषभन्दा महिलाको आयु बढी भएको देख्दा अर्को अचम्म लाग्ने विषय खुलेको छ

डा. दीपेन्द्र रोकाया । राष्ट्रिय तथ्याङ्क कार्यालयले २०८१ वैशाख २३ गते सार्वजनिक गरेको

लोग्नेस्वास्नीका चारवटा शत्रु !

डा. गोविन्दशरण उपाध्याय । १. यो वर्ष नेपालमा सम्बन्ध विच्छेद गर्ने लोग्नेस्वास्नीको सङ्ख्या