दाम्पत्य : भिन्नताको सम्मान गरौँ



डा. गोविन्दशरण उपाध्याय ।

प्रकृतिले मनुष्यलाई स्त्री र पुरुषका रूपमा निर्माण गरेको छ र सोही अनुसारको क्षमता प्रदान गरेको छु | फरक शरीर भए पनि प्राकृतिक स्त्री र पुरुषको निर्माण एकै कारखानामा हुन्छ | आजसम्म यो बाध्यात्मक परिस्थितिबाट मनुष्य जगत मुक्त भएको छैन |

दाम्पत्य जीवनको पूर्णतामा “कारखाना”को कार्यसम्पादनले पूर्णता प्रदान गर्छ | सृष्टि र सृष्टिकर्म यी दूवै मान्छेका लागि प्रकृतिले प्राकृतिक रूपमा प्रदान गरेको लक्ष हो | प्राकृतिक कर्मबाट भाग्न सकिन्छ तर प्रकृतिले प्राकृतिक रुपमा प्रदान गरेका शारीरिक र मानसिक क्रियाकलापको प्रभावबाट जोगिन सकिन्न | तेसैले हरेक दम्पतिले दाम्पत्य जीवनको सहजताका लागि पति र पत्नी दूवैले आफ्नो जीवनसाथीको प्राकृतिक अभिरुचिको सम्मान गर्न सिक्नु र जान्नुपर्छ |

यदि पत्नी धेरै बोल्न रोचाउँदिनन् भने उनी अध्यात्मिक स्वभावकी हुन सक्छिन, उनीलाई एकान्तमा, एक्लै रमाउन, अरूलाई सहयोग गर्न, यदाकदा दिने सरसल्लाहको सम्मान गर्न, उनले अभिनिर्मित गरेका विचार सुन्न बुझ्न, सजिलै अर्काको विचार स्वीकार गर्न नसक्ने स्वभावको सम्मान गर्न र उनले मानसिक र बौद्धिक रूपमा देखेका काल्पनिक सपनाहरूलाई महत्व दिने बानी बसाल्नुपर्छ |
पत्नीले पनि आफ्ना पतिको उपरोक्त व्यक्तित्वको सम्मान गर्नुपर्छ | जव हामीले म र उहाँ फरकफरक व्यक्ति हौँ भन्ने वास्तिविकता स्वीकार गर्छौं र एकआपसमा सहयोग गर्छौं, हाम्रा धेरैजसो गुनासाहरू पन्छिएर जान्छन् |

यदि महिला करुणा हुन् भने पुरुष साहस हो | करुणा र साहसको मिलनविन्दू एकअर्काको व्यक्तित्व र पार्थक्यको स्वीकारोक्ति नै हो | अर्काको पार्थक्यलाई स्वीकार गर्न सक्ने दम्पतीहरू सुखी हुन्छन् पार्थक्यलाई स्वीकार गर्न नसक्नेहरूको दाम्पत्य जीवन रुखो र अनेकौं सिकायतहरूले भरिएको हुन्छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शायद त्यसैका लागि नियतिले यस्तो संसदीय बाटोको रेखा कोर्दै लगेको छ

जेपी गुप्ता । ऊ बेला हामीलाई सिकाउनेले ललाउँदै फकाउँदै भन्थे–’संसदीय व्यवस्था भनेको सडकको

ओलीले किन बनाउँदैछन् रविलाई ‘मानवढाल’ ?

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले झापाको गिरिबन्धु टी–स्टेटको जग्गासम्बन्धी विवादमा गरेको फैसलाको

पुरुषभन्दा महिलाको आयु बढी भएको देख्दा अर्को अचम्म लाग्ने विषय खुलेको छ

डा. दीपेन्द्र रोकाया । राष्ट्रिय तथ्याङ्क कार्यालयले २०८१ वैशाख २३ गते सार्वजनिक गरेको

लोग्नेस्वास्नीका चारवटा शत्रु !

डा. गोविन्दशरण उपाध्याय । १. यो वर्ष नेपालमा सम्बन्ध विच्छेद गर्ने लोग्नेस्वास्नीको सङ्ख्या