दाम्पत्य र अधिकारवाद



डा. गोविन्दशरण उपाध्याय ।

पतिपत्नीको सम्बन्धको व्याख्या अधिकारवादमा खोज्दा धेरैजसोको दाम्पत्य जीवन जोखिममा पर्छ | पतिपत्नीको सम्बन्धको गहिराईमा कुनै पनि वादको पहुँच हुँदैन | पतिपत्नीको आपसी विश्वास र सम्मानले दाम्पत्य जीवन्त र सुखद बन्छ | केवल अधिकारवादका आँखाले पतिपत्नीको आपसी सम्बन्ध परिभाषित गर्न खोज्नेहरूले दाम्पत्य जीवन गुमाउने सम्भावना हुन्छ |

पतिले पत्नीको र पत्नीले पतिको सम्मान र विश्वास गरेर अधिकारहरूको सुरक्षा गर्न सकिन्छ | मैले केही एस्ता अधिकारवादी पुरुष/महिला पतिपत्नी भेटेको छु जसले आफ्नो सुखद दाम्पत्य जीवन अधिकारवादको युटोपियामा वलिदान गरेर नाम, धन र पद प्राप्त गरेका छन् तर परिवार गुमाएका छन् | अरूका बीचमा देखिने रवाफ र बौद्धिकता एकल जीवनमा परिवर्तित भएर आँशु बनेको छ |

मान्छे सामाजिक, पारिवारिक तथा भावनात्मक रूपमा प्रेम, सम्मान, कहिलेकाहीं उपहास र जिस्क्याईमा रमाउने प्राणी हो | सामाजिक र सांस्कृतिक मान्यताले बनेको दाम्पत्य जीवनका क्रियाकलापलाई केवल अधिकारवादको ऐनामा हेर्दा दुर्घटना हुन सक्छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
र यो देश यसरी नै चलेको छ !

केशवप्रसाद भट्टराई । १. संसदमा अविश्वासको प्रस्ताव दर्ता भएपछि माधव नेपालजीकै दवावमा मनमोहनजीले

पुराना किताव

डा. गोविन्दशरण उपाध्याय । समय ८ः५५ मिनट बेलुका “मोटर बाटोबाट हाम्रो घरमा पुग्न

म कसैको अन्ध समर्थक र अन्ध बिरोधी होइन

काठमाडौं । नेकपा एमालेका १० भाइ मध्येका एक योगेश भट्टराई र नेकपा(एकीकृत समाजवादी)का

‘रामकुमारी झाँक्री मन्त्री हुँदा हाम्रो घरै रमाएको थियो, तर आज हामी रोएका छौँ’

नरेन्द्रराज प्रसाईं । हिजो पुलिसको डण्डाले रक्ताम्मे रामकुमारी झाँक्रीको रगत देखाएर नेकपाले आफ्नो