यौनका सवालमा फ्राइडको सिद्धान्तलाई वास्तविक ठानेर यौनव्यबहार गरे भने समाजबाट पतिपत्नीको नाता नै समाप्त हुन्छ



डा. गोविन्दशरण उपाध्याय ।

मान्छेको चरित्र होस् वा व्यक्तित्व दूवैको निर्धारण उ जन्मेको, हुर्केको र सिकेको समाजबाट निर्मित हुन्छ | यदि हामी नेपालमा जन्मेका छौँ भने नेपाली भूभाग, परिवेश, संस्कृति तथा सामाजिक परिवेशले हाम्रो “म” निर्माण भएको हुन्छ | हामी नेपाली हौँ किनभने हामीसंग नेपाली हुनका लागि पर्याप्त पृष्ठभूमि छन् |

सिगमन्ड फ्राइडको बुझाईको आँखाले युरोपेली वा अमेरिकी समाजको प्रतिनिधित्व गर्नु स्वभाविक हो तर कसैले सिगमन्ड फ्राइडको सिद्धान्तले नेपाली समाजलाई निर्देशित गर्छ भने त्यो व्यक्तिको अर्धसत्य बुझाईले समाज दिग्भ्रमित हुन्छ |

यदि नेपाली पतिपत्नी वा युवापुस्ताले यौनका सवालमा फ्राइडको सिद्धान्तलाई वास्तविक ठानेर यौनव्यबहार गरे भने समाजबाट पतिपत्नीको नाता नै समाप्त हुन्छ | यो सत्य हो कि हाम्रो शरीर कसैको सेक्स वा शुक्रकीट र दिम्वको प्रतिफल हो तर जुन स्त्री र पुरुषले फ्राइडको सिद्धान्तलाई मार्गदर्शकका रूपमा लिन्छ, उसले आफ्नो त घर विगार्छ नै अरूको घर पनि बन्न दिंदैन |

तेसैले पतिपत्नीको महत्वपूर्ण सम्बन्धलाई सधैं प्रेमपूर्ण, विश्वासीलो र घर बनाउन हरेक नेपाली महिला वा पुरुषले यहाँका धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्यहरूको सम्मान गर्नुपर्छ | यदि प्रेम छ भने त्यो बजारमा होइन व्यबहारमा प्रकट हुनुपर्छ | त्यो प्रेम मौन रूपमा पनि निरन्तर रहन्छ | चिच्याएर बोल्दैमा धेरै प्रेम हुने र मौनतापूर्वक दोस्रोको हेरचाह गर्नुमा दोस्रो सधैं विजयी हुन्छ |

तेसैले अतिप्रगतिशील वा खुला बन्छु भन्दा दाम्पत्य जीवन असहज हुनसक्छ | एत्ति विचार गरौँ कि तपाईंको कर्म वा व्यबहार तपाईं वा तपाईं की श्रीमती/श्रीमान्लाई सहजरूपमा स्वीकार्य हुनैपर्छ | जति हामी सरल र सहज हुन्छौं, विना शर्त एकअर्काको हेरविचार गछौं, तेतिधेरै हाम्रो दाम्पत्य जीवन सरल र सुखी हुन्छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुलुक बनाउने मन्त्र

–बेनीबहादुर कार्की काठमाडौँ ।नेपालमा मुलुक बनाउने मन्त्र लामो समयदेखि अहम् प्रश्नको रुपमा रहेको

‘दार्चुलामा भेट्ने हो कि काठमाडौंमा भेट्न हो कि दिल्लीमा भेट्ने हो, तय गरौं’

रवि लामिछाने । त्यही महाकाली नदीमा तुइन तर्दातर्दै तुइन काटिन्छ, खस्छन् ३३ बर्षका

सरकारमा जान एमालेलाई हतारो किन ?

सुबोधराज प्याकुरेल । एमालेले स्पष्ट वहुमत ल्याउने दावा गर्यो । अध्यक्षले चुनावको परिणामपछि

आगामी संसदले गर्नुपर्ने काम

एकराज पाठक, काठमाडौँ  । भनिन्छ, संसदीय व्यवस्थामा राजनीतिक दलहरु सकभर संसद् बाहिरैको अँगेनामा