संस्कार र स्वास्थ्य दुबैलाई सुरक्षित राख्न ऋषी पञ्चमी नयाँ तरिकाले मनाऔं



डा. अरुणा उप्रेती ।

हाम्रो ‘ऋृषि पंचमी’ नै महिनावारीको बारेमा ज्ञान दिने एउटा राम्रो दिवस बन्न सक्छ। हरेक वर्ष मे २८ लाई अन्तराष्ट्रिय ‘महिनावारी’ दिवस भनेर मनाउन थालेको केही वर्ष भयो । मलाई पनि कहिलेकाहीँ त्यस्तो कार्यक्रममा बोलाउँदा मैले भन्ने गर्छु “महिनावारी दिवस मनाउने विदेशी चलन गर्नै पर्दैन । । अहिले ऋषि पंचमीलाई महिनावारीको बेलामा गरेको पाप पखाल्ने वर्त भनेर भनिएको छ, तर यही दिनलाई प्रजनन स्वास्थ्य र महिनावारीको ज्ञान दिने पर्वको रुपमा मनाउन सकिन्छ ।” हो, हाम्रो धर्म ग्रन्थमा महिनावारीको बारेमा बार्नु पर्ने, महिनावारी भएकि महिलाले भिन्नै बस्नुपर्ने भनेर लेखिएको छ । यस्तो ग्रन्थ त्यो बेलामा लेखिएको थियो , जब विज्ञान थिएन , मानव शरीरको बारेमा ज्ञान थिएन । अनुसन्धान थिएन, अहिले त समय परिवर्तन भइसकेको छ । महिनावारी र शरीर विज्ञानको बारेमा आधुनिक ज्ञान अहिले स्कूलमा पनि पढाइन्छ ।

वेदमा लेखिएको महिनावारीसँग गाँसिएका ‘मिथकहरुलाई’ पढ्दा अचम्म लाग्छ । “रजस्वला भए पछि अरुले नदेख्ने गरी लजाएर घर भित्र बस्नु पर्छ । एक सरो लुगा लगाएर कमजोर हुँदै दुःखी भए जस्तै स्नान र गहनाको ऋंगार त्यागेर भुँइमा सुत्दै ती दिन बिताउनु पर्छ र तीन रात पछि घाम झुल्कदाँ लुगा सहित स्नान गर्नुपर्छ “(चार वेदको सार, ४९)” तर यी कुरालाई अहिले मानिदैंन, त्यति मात्र होइन अहिलेको विज्ञानले त महिनावारी हुँदा होइन सफाबसौंं, हाँसौं, स्वस्थ खाना खाउँ, सकिन्छ भने दिनदिनै नुहाएर लुगा फेरौं भन्छ ।

अहिले पनि “वेदमा त्यस्तो लेखेको छ, त्यसैले महिलाहरु दुःखी भएर तीन दिन भूइमा सुत्नु पर्छ” भनेर त कोही पनि पण्डित, पुजारी, हजुरआमा, हजुरबाबाले भन्दैनन् ।

किनभने नेपाली समाज नयाँ विचारलाई छिट्टै अंगिकार गरेर व्यवहारमा ल्याउने समाज हो । ५० वर्ष अघि म सानो छँदा नछुने, टालो भन्ने शब्द प्रयोग गर्न गाह्रो हुन्थ्यो । नछुने महिनावारी भएपछि पेट दुख्ने वाकवाक लाग्ने जस्ता समस्यालाई झेलेर नै किशोरीहरु र महिलाहरु बस्थे । अहिले त नेपाली समाजमा महिनावारी कुनै लुकाउनु पर्ने छलफल गर्न नहुने, विषय होइन भनेर पढाइन्छ । स्कूल स्कूलमा महिनावारी व्यवस्थापनको लागि प्याड बाँडन अघिल्लो आर्थिक वर्षमा सरकारले एक अरब रुपैंया छुट्टयाँयो ।

त्यो रकमको कति दुरुपयोग भयो त्यो एक छुट्टै विषय हो, तर कमसेकम ‘राष्ट्रिय पत्रपत्रिकामा प्याड, महिनावारी, सुकिलो टालो’ भन्ने शब्दहरु चर्चामा आए ।

महिनावारी भएको बेला ऋषि पञ्चमीलाई ‘महिनावारी दिवस’ मनाउन किन सकस मान्नु ? होइन, यसो गर्दा त “हाम्रो धर्म संस्कृति नै नष्ट हुन्छ” भन्नेहरुले भन्न सक्छन् । उनीहरुलाई भन्न सकिन्छ “महोदय, अहिले कति मन्दिरमा इन्टरनेटद्धारा पुजा गरिन्छ । प्रसाद पनि पार्सलमा नै पठाइन्छ । अहिले त अमेरिकामा बसेर नेपालका पण्डितहरुबाट पास्नी, न्वारन गराइन्छ । कोरोनाका बेलामा त कति हिन्दु संस्कार पनि ‘वेवनार’ बाट गरियो ।” यसको अर्थ हो, हाम्रो हिन्दु धर्मले ‘कठमुल्लावाद’लाई अंगालेको छैन । समय अनुसार परिवर्तन भएको छ । त्यसैले त विधवाहरु विवाह गर्न हुन्न्, विधवाहरुले मासु खानै हुन्न, विधवाहरुले रंगिन लुगा र रातो टीका लगाउनै हुन्न् भन्ने मान्यता परिवर्तन भइसकेको छ । मेरी ८४ आमा वर्षकि, ४४ वर्ष अघि विधवा भइन् । अहिले मेरी आमा रातो, निलो, पहेंलो रंगको लुगा लगाउँछिन् । उनी भन्छिन् “अब विधवाले दुखी भएर, सेतो लुगा लगाएर बस्नु पर्ने जमाना गएँ ।” नपढेकी मेरी आमा त त्यति विचार गर्न सक्छिन भने हामी पढेकाहरुले विश्लेषण गर्न सक्दैनौं र ?

ऋषि पंचमीको दिवस मनाऔं, प्लिज भनौं । अनि सहज हुन्छ धर्मका कुरा गर्नेलाई ऋषिपंचमीलाई पाप को पखाल्ने पर्व नमानेर “स्वच्छताको पर्व” भनेर मनायो भने शायद संस्कृतिको रुपान्तरण सकारात्मक ढगंबाट हुन्थ्यो होला । ऋषिपंचमीको दिन किशोरीलाई महिनावारी हुँदा कसरी स्वच्छ रहने,महिनावारी हुँदा पर्ने साधारण समस्या कसरी समाधान गर्ने भन्ने बारेमा छलफल चलाउन सकियो भने संस्कृतिले साँच्ची सकरात्मक संदेश फैलाउनेछ । । ऋषि पञ्चमीलाई स्वस्थ्य हुने ज्ञान बाडने दिन बनाउने कि ‘पाप’लाई पखाल्ने दिन बनाउने गर ।

‘ऋषि पंचमी’ मा खाइने कर्कलो पनि खाऔं, कर्कलोमा भएको पौष्टिक तत्वले हाम्रो शरीरमा रोगसँग लड्ने शक्ति बढाउँछ । अहिले कोरोनाको जगजगी बढेको बेला त कर्कलो र भात खानु त झन् महत्वपूर्ण छ ।

स्कूलहरूमा शिक्षकहरूले किशोरकिशोरीसँग महिनावारीको बारेमा कुरा गर्दा लाज मान्न धेरै नै छोडिसकेको छ । महिनावारी हुँदा गोठ वा घर बाहिर राख्ने ‘छौपाडी’ को चलन ‘गैर कानुनी’ भइसकेका ब्यबहारमा अझ पूर्ण रुपमा हट्न सकेको छैन । ‘मेरो घरमा ‘छौपाडी’ मानिदैन भनेर घरमा भए पनि पुदूर पश्चिमका मानिसहले भन्छन् । किनभने ‘छौपाडी’ छ भनेको अब लज्जाको विषय हुन्छ । आउने पुस्तामा . शायद ‘छौपाडी’ ‘म्युजियम’ जस्तोमा राखिने छ । यस्तो धेरै परिवर्तन भएको अबस्थामा ‘ऋषी’ पञ्चमीलाई किशोर किशोरीलाई उनीहरूको शरीर, स्वास्थ्य, महिनावारीको विषयमा ज्ञान दिने दिन बनाए त हाम्रो हिन्दु संस्कृतीको कत्रो मान इज्जत बढ्ने थियो ल । अन्य धर्म मान्नेहरूले पनि यो दिनमा ‘ज्ञान’ सिक्ने दिन भनेर मान्ने थिए ।

होइन, ऋषी पञ्चमीलाई त ‘महिनावारीको बेलामा छुन नहुने मानिसलाई छोएको’ पाप पखाल्ने दिन भनेर पुरानै लाग अलापि राख्ने हो भने त, ऋषी पञ्चमी बिस्तारै हराउँदै जानेछ ।

संस्कार र स्वास्थ्य दुबैलाई सुरक्षित राख्न ऋषी पञ्चमी नयाँ तरिकाले मनाऔं ।

डा. अरुणा उप्रेतीको फेसबुकबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिक व्यवसायी र कमिसनखोर व्यापारी घरानाको गठजोडबाट एउटा सन्तान जन्मियो, त्यो भ्रष्टाचार होइन र ?

डा. युवराज संग्रौला । १. २०२४ इ.स. ।  हरेक साल अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयका

संसदीय समिति हाम्रोविरूद्धमा हो भन्ने भ्रामक कुरा हो, त्यसैले बनाइदिऔं समिति

गणेश कार्की । सहकारीको बिषयमा सभापति रवि लामिछानेबाट हिजो फेरि पनि फेसबुकमा पोस्ट

रामराम सा

डा. गोविन्दशरण उपाध्याय । आजभोलि ‘जैश्रीराम’ शब्द निकै लोकप्रिय छ । यसको लोकप्रियता

नयाँ भनिएका दलहरु नै सत्ताको लुछाचुँडीमा लिप्त हुनु गम्भीर खतराको संकेत

डा. बाबुराम भट्टराई । केन्द्रदेखि प्रदेशहरूसम्म सदनमा रहेका सबै पुराना र नयाँ भनिएका