अनुशासित र नैतिक जीवन नै रोगको सर्वोत्तम उपचार हो



भरत दाहाल ।

कोरोनाको आतंक फैलिएपछि अरु रोगबाट मर्नेहरुको सूची गायब भएको छ। कुनै मानिस जुनसुकै रोगले मरेको भए पनि त्यसलाई कोरोना भनेर प्रचार गर्न थालिएको छ। कुनै पनि कारणले अस्वस्थ मानिसको रगत ‘पोजिटिभ’ नै हुन्छ तर अब रगत ‘पोजिटिभ’ देखियो भने त्यसलाई सिधै कोरोनाको प्रमाणपत्र दिन थालिएको छ। कोरोना भाईरसको औषधि अहिलेसम्म पत्ता लागेको छैन भने अहिले चलिरहेको उपचारबाट मानिस निको कसरी भएको छ ? कोरोना भयानक भाईरस हो भने विश्वमा मर्नेहरुको अनुपात सयकडा ५ % भन्दा बढी किन नाघेको छैन ?
कोरोना जस्तै अन्य रुघाखोकिहरुको कारणले बर्षेनी लाखौं मानिसहरु मर्दै आएका थिए तर ति कसैको चर्चा हुँदैनथ्यो तर कोभिड-१९ नाम दिईएको यो भाईरसलाई किन आतंकको पर्याय बनाईयो ? यसको एक मात्र कारण हो- भाईरस नयाँ हुनु र यो नयाँ भाईरस नियन्त्रण गर्ने औषधि नहुनु। भाईरस नयाँ हुनु र त्यसको औषधि पत्ता लगाउन समय लाग्नुको कारणले औषधि पत्ता नलाग्दै दुनियाँलाई लुटेर भ्याउने योजना अन्तर्गत् माफिया जगतले यसलाई ‘महाकाल’को रुपमा प्रचार गरिरहेको छ र आफूले उत्पादन गरेका सामानहरु मानिसहरुका हातमा भिडाईरहेको छ।

नेपालमा कोरोना जाँच नगरेका मानिसहरुलाई आवागमन गर्न रोक लगाएको छ। एउटा जाँचको मूल्य ५,५०० देखि १५ हजार रुपैयाँसम्म लिईएको छ। जबकि यो उपचार होईन, जाँच मात्र हो। जाँचमा सबै विरामीको रगत पोजिटिभ देखाएर माफिया जगतले आफ्नो सामान किन्न विवश बनाईरहेको मात्र छैन कि स्यानिटाईजर जस्ता क्यान्सर उत्पादन गर्ने सामानहरुको प्रयोगमा बाढि ल्याएर अर्को खतरनाक रोग उत्पादन गर्ने र नयाँ रोगमा झन ठूलो खर्चको बोझ लादेर मानिसहरुको सम्पत्ति लुटेर स्वाहा पार्ने चक्रब्युह बनाएर संगठित रुपमा अघि बढेको छ।
कुनै पनि रोगसंग सावधान हुनु पर्छ भन्ने कुरामा विवाद छैन तर यस्तो सावधानी मानिसको अनुशासन, जीवन पद्धति र नैतिकताले विकास गर्ने हो। भाईरस संक्रमणबाट सावधानी अपनाए पुग्छ। जसरी अन्य रुघाखोकि लाग्दैमा मानिस मर्दैन, त्यसैगरी कोरोना संक्रमण हुँदैमा पनि मानिस मर्दैन। भाईसर वा जिवाणुहरुको आक्रमणको प्रतिरोध गर्ने क्षमता गुमेको मानिस मात्र रोगले मर्छ, जो सबै रोगमा हुँदै आएको छ। यतिबेला कोरोनाको आतंक खडा गरेर र उपचारका नाममा घातक चिजहरु प्रयोग गर्न लगाएर माफिया जगतले नयाँ रोगहरु उत्पन्न गराईरहेको छ।

कोरोनाको त्रासले निस्केको सबैभन्दा ठूलो समस्या डिप्रेसन हो। मानिसहरुलाई डिप्रेसनमा पुर्याएर अपराधि वर्गले त्यसको उपचारको नाममा अरबौं रकम लुटिरहेको छ। स्यानिटाईजर जस्ता चिजहरुलाई अचुक औषधिका रुपमा अपब्याख्या गरेर क्यान्स बढाईरहेको छ र त्यसबाट खरबौं लुटिरहेको छ। मानिसहरूका बिचमा घृणा र नफरतकाे भावना बढाइरहेकाे छ। जसरी नयाँ रोगहरुको पुनरुत्पादन गर्ने भ्याक्सीनहरु बनाएर बिल गेट्स जस्ता मानिसहरु विश्वका सर्वाधिक धनी बन्न सफल भए, कोरोनाको आतंकका पछाडी पनि यस्तै षडयन्त्र छ। यो वर्तमान समयको राजनीतिक लडाईं र लुटको चक्रब्युह हो। यसलाइ ठिक ढंगले बुझाैं र त्यही अनुसारकाे ब्यबहार गराैं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मिलिनियम ट्रेक’लाई नियाल्दा

सागर श्रेष्ठ।  पहाडको प्राकृतिक छटा, लेकबस्तीको आत्मनिर्भर अर्थतन्त्र, मौलिक उत्पादनमा आश्रितहरुको कथा चिनाउने

दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना !

रविन्द्र मिश्र । नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध)