यसरी बढाउनुस् रोग–प्रतिरोधात्मक शक्ति



डा. अरुणा उप्रेती ।

मेरो बिहान शुरु हुन्छ कागती–पानी, टुसा उमारेको मेथी, आलस, मुङ्रेलो र फर्सीको दानाबाट । त्यसपछि मरिच, कागती र थोरै चिनी राखी पकाएको चिया । यस्तो चियामा स्वादको लागि बिरेनून पनि राख्न सकिन्छ । अदुवा र दालचिनीको धूलो मिसाएमा अझ स्वादिष्ट हुन्छ । यस्तो चियाले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ भन्ने त अनुभव थियो, कोरोनाको महामारीका बेलामा यसको अझ बढी महत्व रहेछ भन्ने पनि बुझियो । कोरोना संक्रमणको यस अवधिमा रोगसँग लड्ने शक्ति बढाउने बीउ, बियाँहरु र यस्तै अन्य वनस्पतिहरूको धेरै खोजी हुन थालेको छ ।
भारतस्थित लखनौको लोकबन्धु अस्पतालमा आयुर्वेदका विशेषज्ञ डा. अदिल रइस र उनको समूहले कोरोना संक्रमण भएका २५ जनालाई यस्तै खालको उपचार गरेको थियो । उनीहरुलाई जडीबुटीको रस बिहान–बेलुका ५० मिलिलिटर दिइएको थियो । उनीहरुलाई नियमित योग गर्न लगाएर अदुवा, गुर्जोको काँढा दिइएको थियो । साथै रोगसँग लड्ने शक्ति बढोस् भनेर संक्रमितलाई सहजै पच्ने खानेकुरा दिइएको थियो ।
कोरोना पोजेटिभ भएका ती व्यक्तिहरुलाई ७ दिनसम्म यस्तो उपचार गरेपछि जाँच गर्दा उनीहरूको शरीरमा कोरोना नरहेको पाइयो । उपचार सफल भयो तर यसका बारेमा अन्य थुप्रै अनुसन्धान हुन त बाँकी नै छ । जे होस्, कोरोनाको संक्रमणबाट जटिलता नहोस् भनेर यो प्रयोग गर्न सकिन्छ भन्ने जानकारी भयो (नवभारत टाइम, २०२०, ४ जुन) ।

आधुनिक औषधिहरूले कोरोना संक्रमणबाट हुने जटिलता र असमयमा हुने मृत्युबाट बचाउन सहयोग गर्ने पक्का हो । तर हाम्रा वरिपरि रहेका र बिर्सिएका बीउ एवं वनस्पतिले चाहिँ मानवशरीरको रोग–प्रतिरोधात्मक शक्ति बढाएर कोरोना मात्र होइन अन्य विभिन्न संक्रमणबाट बच्न केही सहयोग गर्न सक्छन् भन्ने ज्ञान आयुर्वेदले दिन्छ । उदाहरणको लागि क्षयरोगका कीटाणुले पनि रोग–प्रतिरोधात्मक क्षमता कम भएका बालबालिका, महिला, पुरुषलाई आक्रमण गर्छ र क्षयरोगी बनाउँछ । क्षयरोगको उपचार गर्दा औषधिको साथसाथै पोषणयुक्त खाना, सफा हावा, घाम आदिको पनि ठूलो महत्व हुन्छ । त्यसै गरी कोरोनाको संक्रमण भइहाले पनि उपरोक्त तथ्यलाई ध्यानमा राख्नै पर्छ ।
भिटामिन ‘सी’को प्रयोगले संक्रमणबाट बचाउँछ । भिटामिन ‘सी’मा रोग–प्रतिरोधात्मक शक्ति हुन्छ । भिटामिन ‘सी’को खोजी गर्दै औषधि पसलहरुमा पुग्नुभन्दा पहिले आफ्नै घरमा भिटामिन ‘सी’ भएका वस्तुहरू के छन् भनेर हेर्दा बेस हुन्छ । प्रायः सबै फलफूलमा धेरथोर भिटामिन ‘सी’ पाइन्छ । कागती, अमला, लप्सी भिटामिन ‘सी’का राम्रा स्रोत हुन् ।

त्यसै गरी टुसा उमारेको केराउ, मटर, चना आदिमा पनि पर्याप्त भिटामिन ‘सी’ पाइन्छ । यिनलाई काँचै सलाद बनाएर खाँदा प्रोटिन, लौहतत्व र भिटामिन ‘सी’ पाइन्छ । यसले रोगसँग लड्ने शक्ति प्रदान गर्छ । त्यस्तै गाउँघरमा सजिलै पाइने आलस, फर्सीको बियाँ, सूर्यमुखी फूलको बियाँ पनि सूक्ष्म पौष्टिक तत्वका भण्डार हुन् । दिनदिनै अलि–अलि प्रयोग गर्दा यी पदार्थले शरीरमा रोग–प्रतिरोधात्मक शक्ति बढाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गणतन्त्रको घाम अस्ताउनु हुन्न

ईश्वर पोखरेल । निरंकुशताको विरोध र लोकतन्त्र स्थापनाका लागि सङ्घर्षको इतिहास लामै भए

संसदीय अंकगणित मिलाएर कुर्सीको दिनगन्तीमा रमाउनेहरूबाट त्यस्तो के आशा गर्नु र !

डा. बाबुराम भट्टराई । वार्षिक बजेट प्रस्तुतीको पूर्वसन्ध्यामा हाम्रा सरकारी र सार्वजनिक विमर्शहरू

भ्रष्टाचार नियन्त्रणका लागि उच्चस्तरीय अधिकारसम्पन्न आयोग गठन गरी प्रकृया प्रारम्भ भए जनतामा आशा पलाउन सक्छ

–अर्जुननरसिंह केसी नेपालमा गणतन्त्र आउनुमा लामो समय सत्ताको बागडोर सम्हालेको राजतन्त्र नै जिम्मेवार

पूर्वाग्रह, विद्रोह र गौशाला

डा. गोविन्दशरण उपाध्याय । पूर्वाग्रह र विद्रोह दूवै अतिवाद हुन् । पूर्वाग्रहीले पहिलेनै