विना केपी ओलीलाई असफल पार्न प्रचण्डकोतर्फबाट सुराकी गर्न राखेकी पात्र हुन्



राजा राजेन्द्र पोखरेल ।

नेकपा भित्रको विवाद विधि र पद्धतिको लागि भन्दा पनि राज्यको बिभिन्न निकायमा मिलेर खाने मनशाय नै हो । विभिन्न “नियुक्तिहरुमा प्रधानमन्त्रीले एकलौटी गरे” भन्ने आरोप नै सबैभन्दा ठूलो रडाको को विषय हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रचण्डको प्रतिनिधि राखेर सुरक्षित हुने , कतिपय नाफामुलक स्थानहरुमा भागबन्डा कायम गर्ने मनसाय र अर्को तिर उसैगरी लाभका क्षेत्रहरूमा भाग खोज्ने र बालुवाटार जग्गा प्रकरण छानबिन लाई असफल पार्ने माधव नेपालको दुराशय अहिलेको सबैभन्दा ठूलो समस्या हो।
भारतीय सहयोगमा फेरिपनि नेपाली संस्थापनलाई कमजोर बनाउने र भारतको इसारा बिना नेपालमा सरकार चल्नै सक्तैन भन्ने स्थापित गर्न निकै ठूलो मूल्य प्राप्त गरेको पनि हुनसक्छ ।

सरकारको काम कारबाही सन्तोषजनक भएन भनेर प्रचण्डले गर्ने गरेको आलोचना उनकी आफ्नै बुहारीको कार्यसम्पादन सँग दाजेर हेर्दा प्रस्ट थाहा हुन्छ । बिना मगर नेपाल सरकार , प्रधानमन्त्री केपी ओली र नेपाली जनतालाई सफल र सहज बनाउन मन्त्री बनाइएकी नै होइनन् । उनी त केपी ओलीलाई असफल पार्न र प्रचण्डको तर्फबाट सुराकी गर्न राखेकी पात्र हुन् ।

आफ्नै बुहारीको कार्यसम्पादन सबैभन्दा कमजोर हुँदा पनि मन्त्रीबाट हटाउन नदिने अनि सरकारको कार्यसम्पादन प्रति प्रश्न उठाउने प्रचण्डसँग नैतिक आधार रहन्छ कि रहँदैन एउटा गम्भीर प्रश्न छ । चारैतिरबाट घेराबन्दी गर्ने काम गर्न नदिने र कार्यसम्पादन राम्रो भएन त्यसैले पालो फेर्नुपर्छ भन्ने आवाज स्थापित गर्ने प्रचण्डको रणनीति भर्त्सना योग्य छ ।

सबैभन्दा मुख्य कुरा के हो भने नेपाली जनताले देशमा स्थायी सरकार , प्रष्ट बहुमतको सरकार , विदेशीको प्रभाव विना चल्नसक्ने सरकार छ र अब देश स्थिरता तर्फ जान्छ भन्ने जुन राष्ट्रिय आत्मविश्वास निर्माण गरेका थिए त्यो ध्वस्त हुने वाला छ । हामी सार्वभौम होइन अर्धऔपनिवेशिक परिस्थितिमै रहेछौं भन्ने कुरा फेरि प्रमाणित हुँदैछ ।

भारतीय मिडियामा भएको प्रचारबाजी र केपी ओली हट्दै छन् भन्ने हल्लामा गरिएको हर्कबढाई ले अब आउने प्रधानमन्त्री भारतीय दलाल नै हो भन्ने कुरा भारतीय मिडियाले स्थापित गरिसकेका छन् । भलै त्यस्तो नहुन पनि सक्छ । तर नेपाली मन बुझाउन सजिलो रहनेवाला छैन ।
यसतो अवस्थामा नेकपाका युवा नेताहरुले यो बुझ्न जरुरी छ कि अब यो सरकारको बहिर्गमनसँगै नेकपाको राजनीतिक भविष्य समाप्त को दिशामा पुग्नेछ । पुस्तान्तरण हुँदा नेकपा कै नेताका हातमा राजनीतिको बागडोर आउनेछैन । वैकल्पिक शक्ति स्थापित हुनेछ र पुस्तान्तरण र व्यवस्थाअन्तरण दुवै हुन सक्ने सम्भावना प्रचुर छ । त्यसैले शक्तिका प्यासा बुढा पुस्ताहरु त जुधे नै युवा पुस्ता सचेत बनेर साँच्चै देश परिवर्तन गर्न राजनीति गरेको हो लुट्न लाई होइन भन्ने कुरा स्थापित गर्न सफल रहनुहोस् । नत्र ७० वर्षको मेहेनतले प्राप्त गरेको कम्युनिस्टहरूको यो बहुमत कम्युनिस्ट हरु को लागी अन्तिम मत र कम्युनिस्टहरूको राजनीति अप्ठ्यारा सिद्धान्तहरूको आडमा जनताले पत्तै नपाउने गरी भागबण्डा गर्ने नीति मात्रै रहेछ भन्ने पुष्टि हुनेछ ।

देश बदल्न र नयाँ नेपाल बनाउन राजनीति गरेका हौं भन्नेहरुले कम्तीमा अबको साढे 2 वर्ष कुरेर हेर्नसक्ने हिम्मत गर्न शकुन । जुट्न चाहनेलाई जुट्ने र फुट्न चाहनेहरुलाई फुट्ने शुभकामना सहित क्रान्तिकारी जयनेपाल ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रक्तसञ्चार सेवा: विगत, वर्तमान र भविष्य

प्रा. सुदर्शनप्रसाद नेपाल नेपाल रेडक्रस सोसाइटी (नेरेसो) स्थापना भएको तीन वर्षपछि अर्थात् २०२३

‘स्टार्टअप’मा सरकारको प्राथमिकता

पार्क थेयङ  मैले प्राकृतिक सुन्दरताले भरिएको नेपालमा गणतन्त्र कोरियाली राजदूतका रूपमा सेवा गर्ने

थोत्रा जहाज किन ल्याउन दिने ?

डा. युवराज संग्रौला । अनेक दुर्घटना घटिरहेका छन् । बिग्रेको प्लेन पोखरा उडन

मानसिक स्वास्थ्यका सेवाग्राहीलाई परामर्श

डा. गोविन्दशरण उपाध्याय । मनोवैज्ञानिक परामर्श आजको जीवनशैलीका लागि अनिवार्यझैं बनेको छ ।