सीमा विवाद समाधानका लागि भारतको आलटाल किन ?



आफूलाई दक्षिण एशियाको शक्ति राष्ट्र दाबी गर्ने भारत पछिल्ला दिनहरुमा कुनै पनि छिमेकीसंग असल सम्बन्ध कायम गर्न नसक्ने देशका रुपमा परिचित हुँदैछ । नेपालका कालीपानी, लिपुलेक र लिम्पियाधुरा, सुस्ता आदि क्षेत्रमा सीमा मिचेको भारतले अर्को विशाल छिमेकी चीनसँग पनि बिभिन्न स्थानमा सीमा बिबाद चर्काउदै गएको छ । तर, नेपाललाई जस्तो हेपेर भारतले चिनसंगको सीमा विवादमा भने कुनै ठोस उपलव्धी हासिल गर्न सकेको छैन । नेपालले आफ्नो भूमि समावेश गरेर जारी गरेको नयाँ नक्शालाई अस्वीकार गरेर आफ्नो मिचाहा र साम्राज्यवादी चरित्र उदाँगो पारेको भारतले चीनसंगको सीमा बिबादमा भने पछिल्ला दिनहरुमा क्रमशः धक्का खादै रक्षात्मक बन्न विवश हुनु परेको छ ।

गत मे महिनाको सुरुदेखि नै चीनको लद्धाक लयागतका सीमा क्षेत्रहरुमा भारत आफैले एकलौटी रुपमा सुरु गरेको सीमा बिबादले निम्त्याएका तनावहरुका कारण दुई देशका सैन्य फौज वीच सीमा क्षेत्रमा नयाँ युद्धको संकेत गरिरहेका थिए । दुबै देशका सैनिकहरुको घम्साघम्सीले अर्को दोक्लाम युद्धको पुनरावृत्ति हुने आशंकाहरु व्यापक थिए । किन भने चीनसँग सीमा जोडिएका क्षेत्रहरुमा भारतीय सेनाले लाईन अफ कन्ट्रोल पार गरेर दादागिरी देखाईरहेको थियो । त्यसको प्रत्युत्तरमा चीनले पनि ठूलो संख्यामा सैन्य फौज र युद्ध सामाग्रीहरु तनावग्रस्त क्षेत्रमा तयारी अवस्थामा राखेको थियो ।

सुरुमा आफैं निहुँ खोज्न तम्सिएको भारतले चिनियाँ सेनासँग युद्ध गर्न र युद्ध जित्न नसक्ने भएपछि लाज पचाएर बहादुरीपूर्वक पछि हटेर वार्ता र संवादलाई जोड दिन वाध्य हुनु परेको छ । चिनियाँ सेनाका सामु भारतीय सेनाले ग्यालेन भ्याली आसपास तथा लद्धाख लगायतका कुनै पनि क्षेत्रमा दबाबी भूमिका देखाउन सकेन्न । भारतीय सेनाले आफैं सीमा क्षेत्रमा निहुँ खोज्ने र आफैं पछि हट्ने द्धैध चरित्र देखाउन विवश हुनु पर्यो ।

उदेकलाग्दो कुरा त के छ भने कोरोना भाईरसका प्रभावका कारण नेपालसंगको सीमा समस्याका बारेमा कुनै संवाद र वार्ता गर्न नसक्ने घोषणा गरेको भारतले आफूभन्दा ठूलो र शक्तिशाली देश चीनसँग भने कोरोनाभाईरसको तिव्र संक्रमणका वीच पनि वार्ताको थालनी गर्न आफैले प्रश्ताव राख्यो । चीनसँगका सीमा क्षेत्रमा भारतीय फौजले कुनै सशक्त प्रदर्शन गर्न नसकेको तथा चिनियाँ फौजका सामु सीमा क्षेत्रमा तैनाथ भारतीय सैन्य फौज धेरै कमजोर भएको प्रमाणित भएपछि भारतले चीनसँग युद्ध होईन, शान्तिका लागि वार्ताको प्रस्ताव अघि बढाउन वाध्य हुनु परेको हो ।
साना छिमेकीलाई हेप्ने र दबाउने नीतिमा अग्रसर भारतीय सत्ताले आफूभन्दा बलिया र ठूला छिमेकीसँग भने सकेसम्म थर्काएर नभएमा झुकेर वार्ता र संवादका माध्यमबाट आफू संकटमुक्त हुने रणनीति अख्तियार गरेको देखिन्छ । यही जुन छ मा चीन र भारतका उच्च पदस्थ सैन्य अधिकारीहरु वीच भएका वार्ताहरुपछि तत्काल भारत र चिनवीच सीमा क्षेत्रमा भीडन्त वा युद्ध हुने खतराहरु टरेका छन् । यसमा भारतको युद्ध अघि नै हार मानेको मनस्थिति नै मुख्य कारण हो ।

सबै छिमेकी देशहरुसंग शान्तिपूर्ण वार्ता, सहमति र एकता तथा सहकार्य र विकासका लागि सहयोगी देखिदै आएको चीनले भारतसंग जस्तालाई त्यस्तै नीति अख्तियार गर्ने जनाउ दिएपछि भारत चीनसंग अहिले युद्ध गर्न नसक्ने निष्कर्षका साथ नै वार्तामा अग्रसर भएको हो । उसले चिनलाई युद्धमा जित्न सक्ने थोरैमात्रै संभावना देखेको भए अहिले वार्तामा जोड नगर्न सक्थ्यो । जेहोस, चिन सामु घुँडा टेक्न विवश भारतले नेपाल लगायतका साना छिमेकी देशहरुसंग पनि यसैगरी वार्ताका माध्यमबाट सीमा समस्या हल गर्न प्रयत्न गर्यो भने त्यो उसैका लागि पनि हितकर हुनेछ ।

चीनले सुरुमा आफू निहुँ नखोज्ने तर निहुँ खोज्न आउनेलाई जस्ताको त्यस्तै प्रतिकार गर्ने नीति लिएका कारण भारत चीनसँग तनाव होईन, वार्ता गर्न मञ्जुर हुनुले भारतलाई पक्कै पनि छिमेकसँग सधै विवाद गर्नु हुँदैन भन्ने सबक मिलेको हुनुपर्छ । चीनले बिना युद्ध, बिना कुनै क्षति यसपटक फेरि भारतीय हैकमवाद, मिचाहा प्रवृत्ति र साम्राज्यवादी चरित्रलाई व्रेक लगाईदिएको छ । यो चीन र भारतको शान्तिपूर्ण सम्बन्ध र अन्य छिमेकी देशहरुलाई पनि शान्ति र एकताका लागि सकारात्मक सन्देश नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वेदमा राष्ट्रगान

केशवप्रसाद भट्टराई । (यजुर्वेद २२. २२) आ ब्रह्मन् ब्राह्मणो ब्रह्मवर्चसी जायतामा राष्ट्रे राजन्य:

‘भन त सरकार, आफू अघाएपछि तिमीले हात उठाउन मिल्छ भने जनताले पनि हात उठाउन किन मिल्दैन ?’

नारायण गाउँले । -करोड़पति ओलीले उपचारका लागि राज्यबाट बारम्बार करोडौं रुपियाँ लिनुभो –

‘विदेशीको झोला बोकेर उनीहरूका विचार लाद्नेहरू देश र संस्कृतिका सच्चा मित्र हुनै सक्दैनन्’

डा. गोविन्दशरण उपाध्याय । म मुस्लिम, इसाई, यहुदी वा अन्य कुनैका विरोधी होइनौं

‘दुर्गालाई’ अपमान गर्ने उखान हटाउने कि ?

डा. अरुणा उप्रेती । लामा–लामा वाक्यहरूको साटो एउटै उखान टुक्काले मनको भाव गजबसँग