अब यही केमिस्ट्री प्रयोग गरेर सीमादेखि व्यापारसम्मका सबै समस्या समाधान गर्नुपर्छ



नारायण गाउँले ।

यो सरकार बन्नेबित्तिकै देशमा दुई वटा ठूला कार्यक्रम भएका थिए । एउटा जनकपुरमा मोदीको ‘नागरिक अभिनन्दन’ र अर्को काठमाडौंमा कोरियन चर्चको होली वाइन पिलाउने कार्यक्रम ।

संसारमा अर्को देशको वर्तमान शासकलाई नागरिक अभिनन्दन बिरलै हुन्छ । देशलाई शत्रुको आक्रमणबाट या विघटन हुनबाट बचाएमा अथवा गृहयुद्ध समाप्त पारेर शान्ति र समृद्धिको बाटोमा लैजान मद्दत गरेमा त्यस्तो अभिनन्दनलाई अन्यथा लिनु हुँदैन । यद्यपि मोदीकै पालामा गरिएको नाकाबन्दीका कारण देशको आर्थिक वृद्धि शून्यमा झरेको थियो । हामीले ठूलो छाती गरेर यो काम सम्पन्न गऱ्यौं, त्यो पनि पर्फेक्ट कोरियोग्राफीका साथ ।

कोरियामै पनि विवादित रहेको र विश्वका धेरै देशमा प्रतिबन्धित रहेको चर्चको कार्यक्रमलाई त हामीले ऐतिहासिक रूपमैं भव्य बनाइदियौं । आफूलाई जिससकी छोरी बताउने माताजीबाट आशीर्वाद लिन र पवित्र वाइन पिउन सरकारका सबै निकायलाई अनिवार्य उपस्थितिको पत्र काटियो । प्रधानमन्त्री कार्यक्रम अवधिभर अतिथिसँगै होटलमैं बास बस्नुभयो । उहाँले कार्यक्रमको अन्त्यमा एक लाख डलरको पुरस्कार पनि पाउनुभयो ।

मोदी त्यतिबेला ओली र कोली बीचमा अलमलिए पनि ओलीजीका अनुसार मोदी र ओलीको केमिस्ट्री मिल्छ । अब यही केमिस्ट्री प्रयोग गरेर सीमादेखि व्यापारसम्मका सबै समस्या समाधान गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षामन्त्री भट्टराईले देखाएको राजनीतिक नैतिकता

डा. चन्द्रकान्त ज्ञवाली । शिक्षामन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलनलाई निचोडमा पुर्याउन नसकेको भनि

मौसमी महामारीको जोखिम र बच्ने उपाय

-डा. शेरबहादुर पुन ‘यो वर्ष कुन सङ्क्रमण प्रकोप/महामारीका रुपमा देखिएला ?’ यो प्रश्नको

जे आउँछ मज्जाले पचाउँछ भनेको जस्तै म सबै कुरा डाइजेष्ट गरिहाल्छु

केपी शर्मा ओली । गोन्द्राङ–पुुल्चोक खण्ड एसियाली मापदण्डको सडकको कार्यसम्पन्न भएर उद्घाटन भएको

उद्घाटन र आश्वासनको मोह

-नारायण गाउँले । देश दुई थरी छ । एकथरी देशमा धूमधामसित ६ लेन