आदि शंकराचार्य : नेपाल नातो



डा. गोविन्दशरण उपाध्याय ।

भगवान् पशुपतिनाथका अवतार अद्वैत-सम्प्रदायका संस्थापक तथा वैदिक सनातन धर्मका पुरोत्थानकर्ता आदिशंकराचार्य (वि.सं. ७४३, सन् ६८६ दक्षिण भारत) तथा शेषराजका अवतार प्रतिवादी भयङ्कर विशिष्ट-अद्वैत सम्प्रदायका संस्थापक गुरू श्रीरामानुजाचार्यको ( सन् १०१७ – ११३७) जन्म-जयन्तिका अवसरमा निजहरूप्रति श्रद्धाञ्जली अर्पण गर्छु |

एउटा दर्शनशास्त्रको विद्यार्थीको नाताले आदिशंकराचार्यलाई मैले विश्वका सबैभन्दा प्रभावशाली दार्शनिक व्यक्तित्वको रूपमा सम्मान गर्छु | केवल ३२ वर्षको उमेरभित्र भारतवर्षको अनेकौं पटक भ्रमण गर्न सफल भएका, तेस बीचमा करिव ७५ बटा ठूला-साना पुस्तकहरू रचना गर्न सफल भएका र लोपोन्मुख सनातन धर्मको गौरवलाई बौद्ध तथा जैनहरूसंग शास्त्रार्थ गर्दै उनीहरूलाई पराजित गरी शिष्य वनाएर सनातन धर्मको पुनारोत्थान तथा पुनरोत्थान गरेका आदि शंकराचार्य वास्तवमा अदभूत छन् | आज भन्दा १२ सयवर्ष पहिलेको भारतवर्षका कुनै ३२ वर्षको उमेर पाएका ठिटाले एतिविध्न काम अदभूत, अवर्चनीय र विश्वमा कसैले गर्न नसक्ने सिद्ध हुन्छ |

आदि शंकराचार्यको नेपाल नातो निकै महत्वपूर्ण छ | केही भारतीय दर्शनशास्त्री तथा विद्वान् बलदेव उपाध्याय, डा. राधाकृष्णन् र नेपाली इतिहासकार गोपालनिधि तिवारीले आदिशंकराचार्य नेपाल आएको र श्रीपशुपतिनाथको सेवा-पुन संचालन गरेको, नेपालमा पुन: सनातन धर्मको स्थापना गरेको भनेर उल्लेख गरेको पाइन्छ भने फ्रान्सेली इतिहासकार सिल्भर लेवीले पनि “कुनै भारतीय सन्यासी नेपाल आएको” भनेर उल्लेख गरेका छन् |

विकिपिडियाले शंकराचार्य नेपाल आउंदा उनको उमेर २८–३० वर्ष थियो । सन् ७०३ मा उनी नेपाल आउंदा संभवतः यहां लिच्छवी राजा शिवदेवले शासन गरेका थिए । यस विषयमा इतिहासकारहरुमा केही मतभेद पाइन्छ ।” भनेर उल्लेख गरेको छ |

आदिशंकराचार्यलाई स्मरण गर्दा मैले मीमांसाका महाविद्वान मण्डन मिश्रकि धर्मपत्नी विदुषी उभय भारतीको स्मरण गर्न चाहन्छु जसले आफ्ना पतिका तर्फबाट आदिशंकराचार्यसंग एकमहिना लामो शास्त्रार्थ गरेकी थिइन् | आजभन्दा करिव १२०० वर्ष पूर्व एउटी महिलाले आचार्य शङ्करसंग एकमहिना लामो शास्त्रार्थको प्रसंगले तत्कालीन हिन्दू-समाजमा नारीहरूले पुरुषसरह शिक्षादीक्षा प्राप्त गर्थे भन्ने तत्थ्यको जीवन्त प्रमाण हो |\

प्राचीन नेपालमा मूलत: छ बटा प्राचीन वैदिक सम्प्रदायहरू प्रचलित थिए जसमा स्मार्त (जसले वेद र स्मृतिहरूलाई प्रमाणिक मान्छन्) शैव (जसले भगवान् शिवलाई सर्वोच्च तत्व मान्छन्), शाक्त (जसले भगवती पार्वतीलाई परमतत्व र परमशक्ति मानेर उपासना गर्छन्) वैष्णव (जसले भगवान् विष्णु र निजका अवतारहरूलाई नै परमसत्य मान्छन्) गाणपत्य (जसले गणेशलाई ब्रहमतत्वका रुपमा उपासना गर्थे) र सौर्य (जसले सूर्यलाई परमतत्व मानेर उपासना गर्थे) नेपालमा बौद्धहरूको वर्चस्वसंगै उपरोक्त सनातनीहरू सङ्कटमा थिए | आदि शंकराचार्यले नेपाल आएर उपरोक्त सनातन पन्थहरूको पुनरोत्थान गरेका थिए |

उपरोक्त छ प्राचीन सम्प्रदायहरू मध्ये नेपलममा गाणपत्य र सौर्य सम्प्रदायहरू शैव, स्मार्त, वैष्णव तथा शाक्तउपसानासंग विलय भएका छन् | हरेक कामको आरम्भ गणेश पूजाबाट आरम्भ गरिनु पर्ने स सूर्यलाई हरेक कर्ममा अर्ध्य दिनु पर्ने परम्परागत नियमभित्र गाणपत्य र सौर्य जीवन्त छन् | नेपालमा आज पनि शाक्त, शैव, स्मार्त तथा वैष्णवजस्ता सनातनीहरूको बलियो उपस्थितिका लागि आदि शंकराचार्यप्रति ऋणी हुनुपर्छ |

आदिशंकराचार्य र आदिरामानुजाचार्य बीच दार्शनिकतहमा तीब्रमत भिन्नता थियो तर आदिरामानुजाचार्यले आफ्ना दार्शनिक कृतिहरूमा अद्वैतवादी आदि शंकराचार्यलाई सर्वत्र “भगवत्पाद” शब्दप्रयोग गरेर अत्यन्त सम्मान व्यक्त गर्नुभएको छ | वैदिक-संस्कृतिको यही महानता हो कि विचारसंग असमत हुनुको अर्थ तेसका प्रवर्तक तथा अनुयायीको निराकरण गरिन्न | एकपटक विचार गरौँ त यदि आचार्य शङ्कर र रामानुज इसाई वा मुस्लिमसरहको विचार राख्थे भने के हुन्थ्यो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पक्ष होस् या प्रतिपक्ष, आफ्नो भविष्यबारे मात्रै सोच्ने व्यक्ति असल नेता हुँदैन

नारायण गाउँले । देशभरि नै सहकारीमा हजारौँ जनताको अरबौं रुपियाँ डुबेको सत्य हो

अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना मेयरलाई यसरी शानसँग उभिएको हेरेर खुसी बनौं !

नारायण गाउँले । चुनावमा उठ्नुअघि धेरैले बालेन साहलाई चिनेका थिएनन् ! उठे नै

शायद त्यसैका लागि नियतिले यस्तो संसदीय बाटोको रेखा कोर्दै लगेको छ

जेपी गुप्ता । ऊ बेला हामीलाई सिकाउनेले ललाउँदै फकाउँदै भन्थे–’संसदीय व्यवस्था भनेको सडकको

ओलीले किन बनाउँदैछन् रविलाई ‘मानवढाल’ ?

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले झापाको गिरिबन्धु टी–स्टेटको जग्गासम्बन्धी विवादमा गरेको फैसलाको