श्रीपरशुराम जयन्तिको सन्दर्भ



डा. गोविन्दशरण उपाध्याय ।
शुद्धं बुद्धं महाप्रज्ञापण्डितं रणपण्डितं । रामं श्रीदत्तकरुणाभाजनं विप्ररंजनम् ||
पवित्र, परमज्ञानी, महापण्डित, वीर, भगवान राममा कृपा गर्ने र करुणायुक्त तथा ब्राहमणका हितकारी भगवान् परशुराममा हार्दिक नमन |

आस्था र विश्वासको दिवस अक्षय तृतीया र भृगुवंशी ब्राह्मण भएर पनि क्षत्री योद्धाका कर्म स्वीकार गरेका भगवान् विष्णुका छैठों अवतार भगवान् श्रीपरशुरामको जन्मजयन्तिको हार्दिक शुभकामना |

स्कन्दपुराण हिमवतखण्डले सृष्टिको आरम्भ नेपालभूमिबाट भएको हो भनेर किटानी नै गरेपछि नेपाललाई अक्षय तथा सनातन वैदिक धर्मस्थल हो भन्न डराउँनु पर्ने अवस्था रहँदैन |

वेद, उपनिषद् तथा पुराणहरूले धर्मको उत्पत्ति र विनाश हुँदैन भनेर तोकेपछि “सनातन धर्मको उद्गमस्थल नेपाल हो” भन्नुको अर्थ छैन | नेपाल सनातन धर्मको प्राकृतिक भूमि हो किनभने यो देवभूमि हो |

भगवान् श्रीपरशुराम क्षत्रीय राजा प्रसेनजितकी पुत्री रेणुका र भृगुवंशीय ऋषि जमदग्निका पुत्र हुन् । बाल्यकाल देखि नै भगवान् शिवका भक्त भएको हुनाले भगवान् शिवबाट परशु (बन्चरो) प्राप्त भएको थियो भगवान् शिवले दिएको अदभूत परशु धारण गर्ने हुँदा निजको नामका अगाडी परशु जोडिएको हो र यसरी परशुराम नाम पर्न गएको हो | जमदग्निका पुत्र भएको इनलाई कारण ‘जामदग्न्य’ पनि भनिन्छ |

भृगुवंशीय ब्राह्मण भएर पनि परशुरामको हातमा झोलिमाला, कमण्डलु वा वेदको किताव नभएर बन्चरो छ | आफ्ना पिता जमदग्नीको हत्याराहरूलाई दिंदै २१ पटक क्षत्री राजाहरूलाई मारेका थिए भन्ने पुराणमा उल्लेख छ | जङ्गलमा गुरुकुल संचालन गरेर सनातन वैदिक धर्म, संस्कृति तथा संस्कार सिकाउने ऋषि जमदग्निलाई तत्कालीन क्षत्रीय राजाले विनासित्ति मारेर अपराध नै गरेका थिए |

आज तथाकथित पूँजीवादी, वामपन्थी तथा धर्मनिरपेक्षताको खोलमा लुकेका बाइबल, कुरानधारीहरूले जसरी सनातन धर्मको मूल भूमि नेपाल र नेपालीहरूमा आक्रमण गरिरहेका छन्, एस सन्दर्भमा पुन: ब्राहमणहरूमा क्षत्रीय-तेजको आवश्यकता परेको छ |

विगतमा बाइबलधारीहरूनिर्माण गरेको इतिहास र सिद्धान्तहरूका आधारमा वर्णव्यबस्थालाई जातीयताको रूप दिने र तेसको दोष ब्राह्मणवर्गलाई दिएर सम्पूर्ण संस्कृति तथा संस्कृतिप्रति विषवमन गर्ने “तुच्छता” निकै बढेको छ | आफ्नो प्राचीन धर्म, संस्कृति तथा सभ्यतालाई विनम्रता पूर्वक अभ्यास गर्दै पुस्तान्तरण गरिरहेका ब्राहमण, क्षत्री, वैश्य तथा शिल्पी समुदायलाई एकआपसमा भिडाएर शत्रुतापूर्ण अवस्था सृजना गरिंदै छ |

भगवान् परशुराम आफै क्षत्रीय राजकुमारीबाट उत्पन्न हुनुभएको हो तर भृगुवंशी ब्राह्मणहरूमा सर्वाधिक श्रेष्ठ हुनुहुन्छ | वर्णव्यबस्थाको यो वास्तविकतालाई आत्मसात गर्न नसक्ने र विभिन्न अपूर्ण तथा विदेशीहरूले दुरासयपूर्वक अनुवाद गरेका अपूर्ण उद्धरण दिएर आफ्नै धर्म, संस्कृति तथा सभ्यताको जरो काट्नेहरूको बौद्धिक प्रतिकार गर्न आज घरघरमा परशुरामको आवश्यकता ठान्छु |

आज हरेक नेपाली क्षत्रीय तेज भएका ब्राह्मणमा विकसित हुन आवश्यक छ | जन्मले कुनै ब्राह्मण हुँदैन | हरेक जुनसुकै व्यक्तिले वैदिक संस्कार प्राप्त गरेर र वैदिक साहित्यको विनम्र अध्ययन गरेर ब्राह्मणपद प्राप्त गर्न सक्छ | महान ऋषि विश्वमित्रको शरीर क्षत्रीको थियो तर उनले साधना गरेर ब्राह्मणपद प्राप्त गरेका थिए | एस्ता धेरै उदाहरण छन् |

ब्राह्मण (अध्ययन गर्ने/ अध्यापन गर्ने, दान दिने/दान लिने, वेद पढ्ने/वेद पढाउने) कर्म गरेर जोसुकै मान्छेले ब्राह्मणपद प्राप्त गर्न सक्छ | ब्राह्मण एउटा ब्रहमज्ञानीले प्राप्त गर्ने पद हो | साधना गर्न जाँगर काटिएका, विदेशी विचारको दासत्व गर्ने र संस्कृत भनेपछि पुरोहितले पढ्ने भाषामात्र हो भन्ने विदेशीहरूको भनाईमा विश्वास गर्नेहरूका लागि ब्राह्मण निन्दाका विषय हुन्छन् |

आज भगवान् परशुरामको जन्मजयन्ती मान्दै गर्दा नेपाल र नेपालीको प्राचीन गौरवको पुनरोत्थान गर्दै विश्वका सम्पूर्ण विज्ञान प्रविधिहरूको समग्र प्रयोग गर्दै सनातन संस्कृतिको प्रचारप्रसार गर्ने सङ्कल्प लिन पर्छ | विदेशी प्रतिमानका वादहरूको वहिस्कार गर्दै नेपालको देवसंस्कृतिलाई विश्वब्यापी बनाउनु पर्छ | हामीले यो अभियान आरम्भ गरिसकेका छौँ | अलगअलग बाटो हिंडेर पुगिन्न, हामी सबै एकठाउँमा उभिनु पर्ने एको छ | हाम्रो एकताले मात्र नेपाल विश्वगुरू बन्न सक्छ | ब्राहमण शब्द र प्रयोजनको अर्थ नबुझि तथानाम भन्ने/बोल्नेहरूलाई श्री परशुरामझैं तपोमय र साधनामय जीवन अपनाएर पराजित गर्नुपर्छ |\

श्रीपरशुराम जयन्तिलाई हामी नेपालीहरूले सनातन धर्मको सौर्य दिवसको रुपमा लिनुपर्छ र मनाउनु पर्छ | नेपालका सनातन धार्मिहरूले समग्र रूपमा श्रीपरशुरामको तेजोमय सौर्यलाई अङ्गीकार गर्दै अगाडी बढ्नुपर्छ |

ब्राहमण शब्दको अर्थ वेदहरूको ज्ञाता, ब्रह्मज्ञानी र विद्वान् हुन्छ भनेर जान्दाजान्दै पनि ब्राहमणप्रति विषयवमन गर्नेहरू मूलत: प्राचीन वैदिक संस्कृतिका घोर शत्रु हुन् | निश्चय नै हाम्रो समाजमा छुवाछुतप्रथा विद्यमान छ र त्यो अन्धविश्वासका रूपमा अविश्वनीय तवरलले उपस्थित छ | सरकार र नागरिकतहमा गरिएका प्रयाशहरूले निरन्तर छुवाछुतको गहनता कमजोर हुँदैछ र एकसमयमा यो पूर्णत: नष्ट हुने छ | हामी सनातन धर्मी मिलेर छुवाछुतको निराकरण गर्नु त् छंदैछ साथमा हामी सबै मिलेर हरेक नेपालीलाई (हरेक नेपालीलाई) ब्राह्मणत्वमा स्थापित गर्नुछ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानीमैत्री वातावरणका लागि चाहिने नीतिप्रति लगानीकर्ता आश्वस्त भएनन्

गोपीनाथ मैनाली । नेपाल अवस्थिति र श्रम (लोकशेन एण्ड लेवर) का आधारमा मात्र

‘समृद्ध इलामः सुखी इलामेली’ को साझा सपना पूरा गर्छु

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा इलाम क्षेत्र नम्बर दुईबाट निर्वाचित भएकोमा नेकपा एमालेका नेता

इलाममा रास्वपाको लोकप्रियताको ग्राफ किन लाग्यो ओरालो ?

काठमाडौं । एकवर्ष अघि तनहुँ, चितवन र बारामा उपनिर्वाचन हुँदा रवि लामिछानेले नेतृत्व

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य

डा. गोविन्दराज पोखरेल । समाजवादोन्मुख अर्थतन्त्रको विकासका लागि ठूलोमात्रामा लगानीको आवश्यकता छ ।