भुत्ते राष्ट्रवादले जन्माएको लुते तानाशाह



–स्वागत नेपाल
संसारभरि जहिले पनि जहाँ पनि भुत्ते राष्ट्रवादले कि लुते तानाशाह जन्माउँछ कि जनतामा निरासा र वितृष्णा जन्माउँछ । निरासा र वितृष्णाका कारण फेरि कि भीडतन्त्र जन्मिन्छ कि स्पष्ट विचार सहितको वौद्धिक विद्रोह जन्मिन्छ । भीडतन्त्रले अमुक अमुक हिरोइजम स्थापित गर्छ । र, समस्याको दीर्घकालीन विचार सहितको होइन कि सरकारले केही गर्न नसकेकोले जनतामा उब्जिएको रीस फेर्न तात्कालीक समाधान खोज्छ । अनि केही समयपछि विलाएर जान्छ ।वौद्धिक वैचारिक विद्रोहले सुसुप्त रुपमा बन्दै नयाँ विचार सहितको समाधान लिएर आउँछ ।

सरकारबाट विश्वास र सुरक्षा नपाएपछि पत्रकारले प्रहरीको काम गर्न थाल्छ अनि प्रहरीले सिनेमाको हिरोजस्तो बनेर फेक इन्काउन्टरहरु पनि गर्न थाल्छ । पक्राउ गर्न नपर्नेलाई पक्राउ गर्छ, पक्राउ गर्नै पर्नेलाई पक्राउ गर्न सक्ने अवस्था हुँदाहुँदै इन्काउन्टर गरिदिन्छ । स्यावासी पनि पाउँछ र प्रोमोसन पनि हुन्छ । गुण्डालाई मारि नै दिने गैरन्यायिक कानुनी सफाया सबैथोक भए पनि कोही केही बोल्दैन किनकि राज्यको अकर्मण्यताबाट सबै आजित भएका हुन्छन् ।

यो सबैको वीचमा आफूलाई शक्तिशाली देखाउन शासकले पनि आदेश निर्देशको भरमा शासन चलाउन खोज्छन् । अदेशको भरमा शासन चलाउने र हुकुमीतन्त्र अर्थात् अध्यादेशराज अर्को शब्दमा डिक्रीक्रेसीले मुलुक चलाउन खोज्ने भ्रममा आफैँ जाकिन पुग्छन् ।
नेपालमा अहिले ठ्याक्कै यस्तै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रास्वपा प्रचण्डको समर्थनमा रमाउने कि आफ्नै खुट्टामा उभिने ?

काठमाडौं । सोमबार दिउँसो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी

पदेन कुलपतिको हैसियतले प्रधानमन्त्रीले विश्वविद्यालयहरुमा कहिले खोल्ने कार्यालय ?

काठमाडौँ । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणमै आफ्नो कार्यकक्ष स्थापना गरेपछि अहिले

ब्राह्मण-क्षत्री विरुद्धको यो षडयन्त्र !

डा. गोविन्दशरण उपाध्याय । के नेपाली ब्राह्मणहरू साच्चिकै राजस्थानबाट कन्नौज हुँदै धारचुलाबाट नेपाल

‘कुलमान यदि सरकारलाई खपिनसक्नु भएका छन् भने, तत्काल बर्खास्त गरौं, तर सस्तो राजनीति बन्द गरौं’

विजयकुमार पाण्डे । सम्माननीय प्रधानमन्त्री ओलीजी, तपाईं मित्रराष्ट्र चीनको भ्रमणमा रहनु भएकोबेला, नेपालमा