को हुन् पार्टी ?



भरत दाहाल

को हुन् पार्टी ? गिरिजाप्रसाद कोइरालाले आफ्नै बहुमतको सरकार विघटन गरेर मध्यावधि चुनावको घोषणा गर्दा कहाँ थियो पार्टी ? पुष्पकमल र बाबुरामले मात्र सल्लाह गरेर १० बर्षे युद्धलाई संसदमा बुझाउँदा कहाँ थियो पार्टी ? शेरबहादुर एक्लैले विभाग र केन्द्रिय सदस्यहरु मनोनित गर्दा कहाँ छ पार्टी ? ओलीले एकल निर्णयबाट अध्यादेश जारी गर्दा कहाँ छ पार्टी ? बाबुरामले एक्लैले आफ्नो जमातलाई उपेन्द्र यादवको टाङमुनी छिराउँदा कहाँ थियो पार्टी ? कथित मधेशवादी ग्याङका ६ जना टाउकेले राजपा घोषणा गर्दा कहाँ थिए तिनका पार्टी ?

यहाँ पार्टीको भ्रम छरिएको छ। यी सबै साम्राज्यवादले नेपाल विरुद्ध खटाएका हिंस्रक गिरोहहरु हुन्। जुन साम्राज्यवादीले जुन गिरोहलाई समातेको छ, त्यसको पुच्छर समातेर आफ्नो दिशामा दौडाउँछ । ओलीको पहिलो सरकार ढाल्दा पुष्पकमलले कुन पार्टीमा छलफल गरेका थिए ? ओलीले ग्याङ फोर्ने अध्यादेश जारी गर्दा कुन पार्टीमा छलफल गरे ? पार्टीको भ्रामक प्रचार केवल बकबास हो । यहाँ न पार्टी छन्, न संसद छ, न त कुनै शासन प्रणाली छ । सबै विदेशी बोका हुन् । लोकतन्त्र भनेकै अपराधकर्मीहरुको नेपाल लुट्ने र नेपाल विरुद्ध होहल्ला गर्ने मेला हो ।

यहाँ विदेशीहरूलाई नागरिकता दिने कानून बनाउँदा छलफलै नगरी सहमति हुन्छ । इशाराकै भरमा सिके राउतलाई राजनीतिक व्यक्तिका रूपमा सफाई दिइन्छ । घन्टा बित्न नपाउँदै केपीको अध्यादेशमा लालमोहर लाग्छ । तर जनताका समस्या र राष्ट्रियताका प्रश्नमा फटाफट काम हुने सपना देख्न सक्नु हुन्छ ? कालापानी लिम्पियाधुराको नक्सा जारी भयो ? कालापानीबाट इण्डियन सेना हटाईयो ? विदेशबाट फर्केका नेपालीहरूलाई व्यवस्थापन गर्ने एजेन्डा प्रस्तुत भयो ? कोरोनाले ल्याएको संकटबाट देशको अर्थतन्त्र कसरी उकास्ने भन्ने कुरामा बहस भयो ? यस्ता गिरोहलाई पार्टी मान्दाको नतिजा यही हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना !

रविन्द्र मिश्र । नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध)

यसरी रोक्न सकिन्छ शिक्षकहरूको दलीय आवद्धता

केशवप्रसाद भट्टराई । १. राज्य कानुनद्वारा संगठित सेवामा रहेका शिक्षक वा कर्मचारी कसैले