बेमौसमी बाजा भन्नु पनि वेकार नै हो



शारदाप्रसाद त्रिताल । 

राजनीति बक्र रेखामा चल्छ भन्ने कुरा सबैलाई थाहा भएकै हो ।राजनीतिको प्रकृति नै अस्थिर हुनु हो । नेपालमा मात्र होइन राजनीतिक मूल्य मान्यता कमजोर भएका संसारका अधिकांश देशमा हुने यस्तै हो ।

प्रधानमन्त्रीय पद्धति मान्ने अनि प्रधानमन्त्रीले संविधानले दिएको अधिकार प्रयोग गर्दा विरोध गर्ने यो मिल्दो भएन ।

२०४८ सालपछि धेरैजसो प्रधानमन्त्रीले यस्ता अधिकारको प्रयोग कुनै न कुनै रुपमा गरेकै देखिन्छ । यस्ता अवसरमा आआफ्नो डम्फू सबैले बजाएकै हुन् ।

बेमौसमी बाजा भन्नु पनि वेकार नै हो । अहिलेसम्मका यस्ता सबै कार्य मौसमको भविष्यबाणी आँकलन गरेर भएका छैनन् । हुन पनि सक्तैनन् ।

समस्या के हो भने राजनीति अस्थिर हुँदा राज्यका स्थायी संयन्त्र चलायमान हुन सक्ने बनाइएन । संवैधानिक अंगहरुदेखि लिएर गाउँपालिका वा नगरपालिकाका वडा कार्यालयसमेत दलगत राजनीतिका अखडा बनाइएका छन् ।

केन्द्रको राजनीति अलिकति यताउता हुनासाथ यी सबै संयन्त्र दलगत सोच अनुसार विभाजित हुन पुग्छन् र जनतामा पुर्याउने सेवा अवरुद्ध हुन्छ ।

यदि जनताको हितमा आधारित राजनीति चेतना हुन्थ्यो भने सबैभन्दा पहिले राज्य संयन्त्र बलियो बनाउन सबैले ध्यान दिने थिए ।

अहिले संघीय संसदमा हुने हुन् वा प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरु हुन् करीब ९८ प्रतिशत दलहरु २०४८ सालदेखि कुनै न कुनै रुपमा सत्ता सम्हाल्दै आएका होइनन् ?

अहिलेसम्म राज्यका स्थायी संयन्त्रलाई बलियो बनाउन कसैले ध्यान दिएको देखिएको छ ? सबैको ध्यान आफु, आफ्नो परिवार, नातागोता, दाता, गुट र दलको हित बाहेक अन्यत्र गएको देखिएको छ ?

२०७२ सालमा महाभूकम्प आयो, सक्नेहरुले कमाए नसक्नेले गाथा गाए, अहिले कोरोनाको कहर पनि त्यसैगरी जान्छ, फेरि चुनाव आउँछ हामीले मत दिएर जित्ने त अहिलेका अधिकांश नेता नै हुन् । त्यसैले यो नियमित प्रक्रिया हो भन्छु म त ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिक व्यवसायी र कमिसनखोर व्यापारी घरानाको गठजोडबाट एउटा सन्तान जन्मियो, त्यो भ्रष्टाचार होइन र ?

डा. युवराज संग्रौला । १. २०२४ इ.स. ।  हरेक साल अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयका

संसदीय समिति हाम्रोविरूद्धमा हो भन्ने भ्रामक कुरा हो, त्यसैले बनाइदिऔं समिति

गणेश कार्की । सहकारीको बिषयमा सभापति रवि लामिछानेबाट हिजो फेरि पनि फेसबुकमा पोस्ट

रामराम सा

डा. गोविन्दशरण उपाध्याय । आजभोलि ‘जैश्रीराम’ शब्द निकै लोकप्रिय छ । यसको लोकप्रियता

नयाँ भनिएका दलहरु नै सत्ताको लुछाचुँडीमा लिप्त हुनु गम्भीर खतराको संकेत

डा. बाबुराम भट्टराई । केन्द्रदेखि प्रदेशहरूसम्म सदनमा रहेका सबै पुराना र नयाँ भनिएका