सरलता र सुख



डा.गोविन्दशरण उपाध्याय ।

कसैको लागि जिन्दगी सजिलो छ भने कसैको लागि यही सगरमाथा चढ्नु भन्दा पनि गारो छ | सवैको लागि जीवन बाध्यता हो | प्राण रहेसम्म बाँच्नैपर्छ |

प्रकृतिले गरीव र धनी भन्दैन | आज प्रकृतिले धनि र गरीवलाई एकै ठाउँमा उभ्याईदिएको छ | धनि र गरीव मान्छेको स्वार्थको परिणाम हो तर रोग, भोक र वृद्धावस्थाले धन हेर्दैन |

धनले सुख र खुसीको ग्यारेन्टी गर्न सक्दैनन् केवल पूर्वाधारको ग्यारेन्टी गर्न सक्छन् | धनि होस् वा गरीव सबैसंग उसको एउटा शरीर छ | शरीर रहेन भने धनि पनि रहन्न गरीव पनि रहन्न |

धन भएका मान्छेहरू मनका भिखारी हुनसक्छन् भने भिखारी मनले अत्याधिक धनि हुनसक्छन् | प्रश्न धेरै वा थोरै सहयोगको होइन, कुरो सहयोगी भावनाको हो |

मेरो लागि जिन्दगी सहजता, सरलता र प्राकृतिक स्वीकृति हो | अनावश्यक महत्वाकांक्षा अभिमान जगाउँछ, केही मान्छे तेस्तो अभिमानको रक्षा र विस्तार गर्न जोडिन्छन् | अनि, अप्राकृतिक जीवन आरम्भ हुन्छ |

प्राकृतिक जीवन (सहजता, सरलता) स्वीकार गरेर सुखी रहने कि महत्वकाक्षी जीवन अवलम्बन गरेर अप्राकृतिक (जटील, असहज) जीवन बाँच्ने ? निर्णय आफैले गर्ने हो |

सुखी र दुखी जीवन आफ्नै हातमा छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एउटा व्यक्तिको साहस !

डा. गोविन्दशरण उपाध्याय । डा. केशवराज बलिराम हेड़गेवर (१८८९–१९४०) को जन्म भारतको नागपुरमा

असल लोग्ने !

डा. गोविन्दशरण उपाध्याय । हरेक विवाहित पत्नी वा विवाह गर्न तयारी गरेकी युवतीका

नेपालको लोकतन्त्रले चीन स ह्वाङका उत्तराधिकारिको नियती भोग्नु नपरोस्

डा. युवराज संग्रौला । एउटा कथा, आनन्द लिनुहोस् पढेर । किनकी देशको अवस्था

लोग्नेस्वास्नी : कज्याउने र वसमा राख्ने दुस्चक्र

डा. गोविन्दशरण उपाध्याय । (१) विवाह गरेर दुरान फर्काउन जाँदा कमलाकी आमाले भन्नुभयो