विपतमा विचौलियाको विगविगीदेखि गोजीवाला कात्रोवारे नेता परियारको टिप्पणी



 कोरोना भाईरस विरुद्ध सरकारले लकडाउन गरेको छ । संक्रमण विरुद्धका आवश्यक सामाग्री खरिदमा भ्रष्टाचारको शुरुवाती वहससंगै सामाजिक संजाल मार्फत वहुकोणवाट टिप्पणी गरिरहेका नेता प्रकाशचन्द्र परियारका सामाजिक संजालमा पोखिएका केही स्टास पाठक माझ पस्किएका छौं ।
 ‪१. दण्डहीनताको अन्त्य गरौं ! के अव विष्णु विष्णु, यति यति, ओम्नी ओम्नी भने पछि ७ खत माफि हुने हो ? सुत्केरीलाई तेल ! भ्रष्टाचारीलाई जेल !
२.स्वास्थ्य मन्त्रीको घरका पाहुना त फिर्ता भए रेन्त ! अव वोल्ने भने पछि वोल्ने भन्दै रहस्य खोले हुने नि ? ‘विपतमा विचौलियाको विगविगी’
३. खुलेर वोलौं, महाव्याधीको मौकामा भ्रष्टाचार गर्नेहरुको पोल खोलौं #Speak Up ! लक डाउन वाँदरलाई लिस्नु त भएन ? चुप नवसौं ! प्रश्न गरौं विपतमा विचौलियको विगविगी वढ्न नदिऔं !
४. कोरोना भाईरस निर्मूल गर्ने निहुँमा भ्रष्टाचार भाईरस मौलायो ! विपतमा समेत विचौलियाकै विगविगी ! गोजिवाला कात्रो ओढेर नर्कको टिकट वुक गर्ने जनघाती, पापिष्टलाई पृथ्वीमै सडाउन एक जुट हौं Speak Up! Lockdown!
५. उफ ! विपतमा पनि विचौलियाकै विगविगी…. लकडाउनमा लुटतन्त्र : नागरिक स्तरवाट सरकारलाई अपार साथ सहयोग र समर्थन हुँदा हुँदै पनि महाव्याधीको मर्ममा टेकेर अकुत कमाउने लालसा कहाँवाट आयो ? १९ कम्पनीले दिएको कोटेशन २ महिना सम्म थन्क्याएर चुपचाप तमासे वनेको सरकार ‘लेनादेना’ मिल्ने वित्तिकै ३ घण्टामै विना प्रतिष्पर्धा ठेक्का दिएर महंगोमा सामान किन्न राजी भने पछि यिनीहरु जनताको ढाड सेक्नै जन्मिया हुन त? कात्रोमा गोजी हुँदैन सातपुस्ताको रोजी हुँदैन!!!
६. लुटतन्त्र विरुद्ध जुट ! १ अर्व २४ करोड़को खरिदमा भ्रष्टाचार… Speak Up ! Fight Against Corruption! ईजरायलमा स्वास्थ्य मन्त्रीको राजिनामा मागिएछ नि ! नेपाल सत्य : नेपाल एउटा यस्तो देश हो जहाँ भेन्टीलेटरको संख्या भन्दा पूर्व मन्त्रीको संख्या वढी छ । फेरि भन्नु होला अमेरिकी आणविक अस्त्र कटौती गर्ने हो भने मात्रै १ वर्षको खर्चले ३ लाख आईसियु वेड, ३५ हजार भेन्टिलेटर र ७५ हजार चिकित्सकको तलव व्यवस्थापन गर्न सकिन्छ । हो त यो अमेरिकी सत्य हो । नेपाल सत्यचैं के हो भने प्रधानमन्त्री विरामी हुनुहुन्छ, स्वास्थ्यमन्त्रीको आक्रामक,प्रभावकारी र समन्वयात्मक भूमिका फितलो देखिएको हो ।

साझा पार्टीका नेता प्रकाशचन्द्र परियार भ्रष्टाचार विरोधी अभियन्ता हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राज्यले अनेकौं आविष्कार केन्द्रको स्थापनाबाट युवाहरूलाई डिजिटल क्रान्तिका योद्धा बनाउनुपर्छ

-डा. युवराज संग्रौला । देशलाइ वर्तमान अवस्थाबाट वा आर्थिक संकट र राजनीति अस्थिरताको

म किन सामाजिक संजालसम्बन्धी विधेयक फिर्ता लैजानुपर्छ भन्दैछु ?

-सुमना श्रेष्ठ दुई वर्षको संसदीय अनुभवमा मैले धेरै नै विधेयकमा संशोधन हाल्ने, संशोधनको

निर्यात नै गर्न नसके पनि कति धेरै कुराको आयात प्रतिस्थापन हुनसक्थ्यो कि ?

नारायण गाउँले । एउटा यस्तो रुखबिरुवाको नाम सोच्नुहोस्, जुन प्लेट (थालकटौरा) देखि चम्चासम्म

प्रचण्डलाई लेखनाथको प्रश्नः पार्टीको निर्णयप्रति न प्रश्न उठाइयो, न इन्कार नै, अनि हामी गलत कसरी भइयो ?

लेखनाथ न्यौपाने । कमरेड प्रचण्डले हिजो हामी ४/५ जना साथीहरूको नामै लिएर विद्यार्थी