‘नेपाली सेना टुलुटुलु हेरेर नबसोस् !’



नेपाली सेना टुलुटुलु हेरेर नबसोस् ! भोलिका दिनमा हामीहर आफ्रनै देशभित्र शरणार्थीजस्तो हुन नपरोस् ! देशद्रोही नेता र दलालहरूको विरोधमा सारा राष्ट्रवासीहरू शक्ति सशक्तरूपमा उठ्नुपर्ने अवस्था छ !

देशभित्र खुलुम्खुल्ला डकैती, लुट चलेको छ । भ्रष्टाचार नभएको कुनै क्षत्रै छैन । अत्याचारको पराकाष्ठा नाघेको छ । विश्वको एक समृद्ध स्वर्णभूमि विखण्डित हुन लाग्गेको देख्दा नेपालका राष्ट्रवादीहरूमा कति मनमा विद्रोह उठेको छ । यो अवस्थामा के टुलुटुलु हेरेर हामी देशभक्तहरू, नेपाली सेना र राज्यका प्रमुख अंगहरू बसिरहने होइन होला ।

पृथ्वीनारायण शाहले नेपालको एकीकरणको सन्दर्भमा यहाँका ब्राह्मण, क्षेत्री, मगर, गुरूङ, तामाङ, कामी, दमाईं, सार्की, गाइने, आदि सम्पूर्ण जाति, धर्म र साम्रदायहरूको बीच सधैँ समान सद्भाव राख्ने गरेकाले यसक्षेत्रका सबै थरि जातिहरू पृथ्वीनारायण शाहसँग अत्यन्त खुसी थिए । राष्ट्रिय एकीकरणको सन्दर्भमा नेपालको सीमाना पूर्वमा टिष्टा नदीसम्म पुगेपछि इमानसिंह च्याम्जुङले किराँतकालीन विजयपुरको इतिहासमा उल्लेख गरेका छन् कि वि.सं.१८३१ साउनमा–‘हामी किराँतवंश सत्धर्ममा मन राखी गोर्खावंशसँग एकैवंश भई मिल्नेछौँ ।

साथै कुनै विदेशीले तिमीहरूको राजा को हो र कहाँ छ ? भनी सोधेमा हामीहरूको राज्य गोर्खा हो, महाराज गोर्खामा छन् र हामी गोर्खावंशका हौँ भनी जवाफ दिनेछौँ ।’ यसबाट पनि थाहा हुन्छ कि नेपालको एकीकरण भए पछि कुनै पनि जाति थरले परदेशी वा दोस्रो दर्जाको निरिह्र रैती जस्तो भएर शासकपक्षबाट पेलिएर, आँशुका धारा बगाएर खुम्चिएर बस्नु परेन ।

नेपालको एकीकरण भए पछि कुनै पनि जाति थरले परदेशी वा दोस्रो दर्जाको निरिह्र रैती जस्तो भएर शासकपक्षबाट पेलिएर, आँशुका धारा बगाएर खुम्चिएर बस्नु परेन ।

पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेपछि सबै राज्यका जाति जनजातीहरूको रीतिस्थिति, संस्कृति, धर्म, भाषा र भेषभूषालाई नेपालकै साझा सम्पत्तिको रूपमा ग्रहण गरेर आफूले जितेका राज्यहरूमा ‘जग्गा माथि रैतीको अधिकार’ भन्ने पृथ्वीनारायण शाहको नीति भएकाले कुनै राज्यहरूका जनतामा असंतुष्ठी थिएन । आज यो अखण्ड–नेपालमा संघीयता लागू गरेर ७ टुक्रामा देशलाई विभाजित गरेर उनीहरूकै सहयोगमा नेपालका पहिचान र प्रतिष्ठा निमिटयान्न गराउन तथानाम गरिदैछ । देशभित्र खुलुम्खुल्ला डकैती, लुट चलेको छ । भ्रष्टाचार नभएको कुनै क्षत्रै छैन ।

बितेको १३ बर्षमा यिनीहरूले देशको लागि केही काम गरेका छैनन् । कुने विदेशी सहायताबाट केही काम देखाइएको छ भने त्यसमा ६०–७० प्रतिशत कमिसन खाएका छन् । यहाँ लुटेरा र हत्याराहरूको राजकाज चलेको छ । चौतर्फी ब्रह्मलुट छ । यहाँ खुलुम्खुलला हत्या गरिएका कुराको समर्थन गर्नेहरूलाई पनि कारवाही हुन सक्तैन । हालै पूर्व माओवादी प्रचण्डले ‘मैले ५००० मान्छे मारेको म स्वीकार्छु’ भनेर सार्वजनिक वक्तव्य दिएका छन् । त्यसै वक्तव्यमा प्रचण्डले टिकापुरमा कैयौँ निरपराधी जनता र बालक तथा प्रहरीहरूको कत्लियाम गर्ने रेशम चौधरीलाई जन्म कैदबाट मुक्त गरेर जेलबाट निस्कासन गर्ने उद्घोष गरेका छन् ।

खाली भएको सभामुख पलमा काभ्रेका अर्जुन लामालाई अपहरण गरेर उनलाई खाल्टो खन्न लगाएर त्यही खाडलमा जिउँदै ढंगामुढा हानेर पुरेर हत्या गरेका अग्नी सापकोटालाई अहिलेको कम्युनिस्ट सत्ताले सभामुख बनाउन धृष्टता गरी निर्विरोध गराएको छ

त्यस्तै, खाली भएको सभामुख पलमा काभ्रेका अर्जुन लामालाई अपहरण गरेर उनलाई खाल्टो खन्न लगाएर त्यही खाडलमा जिउँदै ढंगामुढा हानेर पुरेर हत्या गरेका अग्नी सापकोटालाई अहिलेको कम्युनिस्ट सत्ताले सभामुख बनाउन धृष्टता गरी निर्विरोध गराएको छ । देशभित्र अत्याचारको पराकाष्ठा नाघेको छ । विश्वको एक समृद्ध स्वर्णभूमि विखण्डित हुन लाग्गेको देख्दा नेपालका राष्ट्रवादीहरूमा कति मनमा विद्रोह उठेको छ । यो अवस्थामा के टुलुटुलु हेरेर हामी देशभक्तहरू, नेपाली सेना र राज्यका प्रमुख अंगहरू बसिरहने होइन होला ।

त्यसैले, अव ०६३ सालपछि भारतीय गुप्तचर संस्था ‘रअ’, सीआए र युरोपका इसाई राष्ट्रहरू र पोपको भरिया बनेर जो जो यो पूण्यभूमि डुबाउन लागेका छन्, त्यस्ताहरूलाईृ पाता कसेर जेल चलान गर्नसक्नु पर्छ र ०६३ सालपछि यिनीहरू र यिनीहरूका नातागोता, आसेपासे, नाइकैहरूको सम्पत्तिको छानबिन गरी न्यायिक हिसाबले यिनीहरूले देश लुटेर स्वदेश विदेशमा राखेका सम्पत्ति राष्ट्रियकरण गर्नसक्नु पर्छ ।

त्यसैले अब संसारको पुरानो सार्वभौम भूमिलाई बचाउन राजसंस्थालाई यथावत कायम राखेर राजाको उपस्थितिमा यो देवभूमि बचाउन सक्नुपर्छ ।

चिनियाँ यात्री हुयाङसाङले नेपालको भ्रमण गरेर १४सय वर्ष अगाडि आफ्नो यात्रा वृतान्तमा लेखेका थिए– ‘नेपालका मान्छेहरू झुठो र अविश्वसनीय व्यवहार गर्दछन् । यो व्यवहार कठोर र खतरनाक हुन्छ । यहाँका मान्छेहरूको सत्यनिष्ठा र सद्भावना छँदै छैन ।’ यसरी चिनियाँ यात्रीले लेखेका कुराहरूको अध्ययन गर्दा अहिलेसम्म नेपालमा कतिपय हामी नेपालीहरूको व्यवहारमा कुनै अन्तर आएको देखिँदैन । नेतृत्वतहमा रहेका पार्टीका कतिपय नेताहरूको अहिलेसम्म त्यही चरित्र रहेको छ, जुन अहिले सबैको नजरमा छर्लंंग भएको छ । त्यसैले अब संसारको पुरानो सार्वभौम भूमिलाई बचाउन राजसंस्थालाई यथावत कायम राखेर राजाको उपस्थितिमा यो देवभूमि बचाउन सक्नुपर्छ ।

विश्वका देशहरूमा प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र र गणतन्त्र शासन व्यवस्थाका माध्यम बनेका छन् । चीनमा जनतन्त्र छ, भारतमा लोकतन्त्र छ, अमेरिका, फ्रान्समा गणतन्त्र छ भने बेलायत, जापान, थाइल्यान्ड आदि राजतन्त्र भएको मुलुकहरूमा प्रजातन्त्र छ । नेपालमा राजतन्त्र रहेको अवस्थामा राजाले राष्ट्रियता र प्रजातन्त्रलाई संघसँगै परिचालन गर्न खोजेका थिए । नेपाललाई साम्राज्यवादी र विस्तारवादी शक्तिले नेपाल विरुद्ध आक्रमक भएर– पृथ्वीनारायण शाहको नेतृत्वमा हिमवतखण्डका लगभग ५४ हिन्दू राज्यहरू एकीकृत गरेर बनेको यो विश्वको एक मात्र हिन्दू अधिराज्य र राजसंस्थालाई विस्थापित गरे ।

नेपाल उत्तरतर्फ ठूलो राष्ट्र चीन र दक्षिणतर्फ ठूलो देश भारत छ । यी दुई छिमेकीहरूकोबीचमा नेपाल एउटा सानो देश अवस्थित छ । भारतीय हिन्दूहरू नेपाललाई हिन्दू राष्ट्रको रूपमा अत्यन्तै सम्मान गर्ने गर्छन् । एउटा महान राष्ट्र भारतले नेपाल जस्तो सानो राष्ट्रको सम्मान गर्नु यो त नेपाली नागरिकहरूको लागि गर्वको कुरा हो । फेरि अहिले भारतमा भारतीय जनता पार्टी सत्तामा आई नरेन्द्र मोदी प्रधानमंत्री भएपछि नेपालको अनुकुल छ ।

फेरि अहिले भारतमा भारतीय जनता पार्टी सत्तामा आई नरेन्द्र मोदी प्रधानमंत्री भएपछि नेपालको अनुकुल छ ।

नेपालको काला पानीको क्षेत्रलाई भारतको नयाँ नक्सामा कास्मिर र लद्दााखको नक्सा बनाउदा महाकालीको कालापानीमा भारतीय सेना बसेको र त्यही महाकाली नदी मानेर भारतीय सेना बसेको हुँदा त्यसैलाई आधार बनाएर नक्सा बनाइएको कुरा प्रधानमंत्री नरेन्द्र मोदीलाई जानकारी नहुन सक्छ । अब त्यसको यथार्थ अध्ययन गरी भारतले सिक्कली महाकाली नदीको लप्पियाधुरा, लिपुखेल, कालापानी नेपालकै भूभाग यकिन गरेर कालापानीबाट २०१८ सालदेखि बसेका भारतीय सेना हटाई भारतीय नक्सामा सुधार गर्नुहुनेछ भन्ने हामीलाइृ विश्वास छ– प्रधानमन्त्री नरेन्द्र मोदीले नेहरूकालीन हस्तक्षेपको नीतिलाई समर्थन नगरेर नेपालविरुद्ध खतरा नमोल्दा हुन् ।

त्यस्तै, उत्तरको छिमेकी राष्ट्र चीन नेपालमा राजसंस्था अटल रहिरहोस् भन्ने ठान्छ । यस अवस्थामा नेपालबाट हिन्दू अधिराज्य विस्तापित गराएर धर्मनिरपेक्ष र राजसंसथा हटाएर गणतन्त्र लाध्न खोज्नु कति खतरनाक रणनीति छ – पश्चिमाहरूको रु नेपालमा राई, लिम्ब, मगर, गुरूङ,नेवार,ब्रामण,क्षेत्री, कामी दमाईं, सार्की, मैथिली, भोजपुरी,अवघि जो जति छौं हामी सबै हिन्दू हौं । हामीहरू मध्येका कतिपय बौद्ध पनि छौँ, जस्मा शेर्पा,तामांग र केही नेवार बौद्ध धर्मप्रति आबद्ध भएता पनि यो यहींको पशुपतिनाथ र स्वयम्भूनाथ भित्रकै उपज हो ।

यदि जनमत संग्रहमा जाने हो भने ९५ प्रतिशत भन्दा बढी मत हिन्दू तथा बौद्धको पक्षमा आउने निश्चित छ ।

यसरी दुई तिहाई जनमतभन्दा बढी जनताको समर्थन भएको मान्यताको विरुद्धमा अहिलेको सत्तासीन कम्युनिस्ट र प्रतिपक्षमा रहेको कांग्रेसलाई नेपाललाई तहस–नहस गरेर सत्तामा बसिरहने अधिकार हुँदैन । यदि जनमत संग्रहमा जाने हो भने ९५ प्रतिशत भन्दा बढी मत हिन्दू तथा बौद्धको पक्षमा आउने निश्चित छ । तर यहाँ अर्को षडयन्त्र गरिँदैछ ।

यो २०७७ सालमा हुन गइरहेको जनगणनामा नेपालको तथ्यांक विभागमा इसाईहरू पसेर धर्मको बूँदामा हिन्दू, बौद्ध, मुसलमान, इसाई भन्ने ठाउँमा अर्को एक थपेर अन्य भन्ने राख्न खोजिएको छ भनिन्छ, यसो हो भने धर्म लेख्न नचाहने युवाहरूले नजानेर अन्य धर्ममा संकेत दिन सक्छन् , यसो हुँदा हिन्दूको संख्या धेरै कम हुनजाने रणनीति बनाइँदै भएको हो भने यसको विरोधमा बोलेमा सबै पक्ष सक्रिय हुनुपर्ने स्थिति छ ।

हिन्दू धर्म यति व्यापक र उदार छ कि मूर्ति पूजा गर्ने–नगर्ने, साकारी,मांसाहारी, जनै लाउने नलाउने आ–आफ्नो इच्छा अनुसार हिड्नसक्ने कुराहरूमा हरेक हिन्दूहरू स्वतन्त्र हुन्छन् । विश्वभरिका धर्महरूमा यो अत्यन्त उदार र प्रजातान्त्रिक धर्म मानिन्छ । सिन्दूर, अक्षता, दीयो, दूबो, सुपारी, कलश, धुप, सालधुप, डिम्बा–चल्ला, बाठा–बोका, निधारमा टीका, फल, फूलपातीको परम्परा कुनै नेपालका एक जाति र क्षेत्रमा मात्र सीमित छैन । कुनै कुनै उपमाहरूलाई छोडेर जस्तोसुकै नास्तिक हुँ भन्नेहरू पनि जन्मेदेखि मृत्युसम्म कुनै न कुनै प्रकारले आफ्नै संस्कारमा आबद्ध भएका हुन्छन् ।

धर्मको उत्पति र विशालताको कुरा गर्ने हो भने विश्वमा वैदिक सनातन हिन्दू धर्मलाई विश्वको प्राचीन र जेठो र सर्वाधिक प्राचीन धर्मकोरूपमा मानिन्छ । हिन्दू धर्म विश्वव्यापी भइसकेपछि मात्र धेरै समयपछि अपभ्रंस भएर अरू विभिन्न धर्महरूको जन्म हुन गएको हो । हिन्दू अधिराज्यलाई राजनीति मुद्धा बनाउनु हुँदैन । विश्वलाई धर्मयुद्धबाट मुक्त राख्न र विश्वशान्तिको लागि विश्वका सबै धर्महरूको सहअस्तित्व कायम राख्नको लागि संयुक्त राष्ट्र संघ जो इसाईको दबाबमा स्थापित भएको हो भएता पनि अव विश्व शान्तिको लागि मध्यस्तता गर्नसक्नु पर्दछ ।

विश्वलाई धर्मयुद्धबाट मुक्त राख्न र विश्वशान्तिको लागि विश्वका सबै धर्महरूको सहअस्तित्व कायम राख्नको लागि संयुक्त राष्ट्र संघ जो इसाईको दबाबमा स्थापित भएको हो भएता पनि अव विश्व शान्तिको लागि मध्यस्तता गर्नसक्नु पर्दछ ।

युगौँयुगदेखि स्थापित भएका मान्यताहरूलाई तोडेर नेपाललाई स्वतन्त्र–सार्वभौम मुलुक हुन नदिन राष्ट्रघाती नागरिकता ऐनबाट वर्तमान प्रतिनिधिसभाका सदस्यहरू सिक्किमका लेण्डुब दोर्जे सरह्र राष्ट्रको अस्तित्वलाई समाप्त पार्न उदत्त छन् । त्यस्ता देशद्रोही नेता र दलालहरूको विरोधमा सारा राष्ट्रवासीहरू शक्ति सशक्तरूपमा उठ्नुपर्ने अवस्था छ । अतः अव यसरी रोएर नबसौं ।

भोलिका दिनमा हामीहर आफ्रनै देशभित्र शरणार्थीजस्तो हुन नपरोस् । तसर्थ अव नेपाल बचाउन र नेपालको विश्वव्यापी प्रतिष्ठा र स्थायित्व कायम राख्न, विश्वको एक मात्र हिन्दू अधिराज्य र शाहवंशीय राजसंस्थालाई सगौरव यथावत् कायम गरी राजा ज्ञानेन्द्रलाई नैं सम्मानपूवृक राजसिंहासनमा आरोहण गराई, हामी सम्पूर्ण नेपालीहरू देशभक्त शक्ति राष्ट्रिय सेना, प्रहरी प्रशासन, राज्यका प्रमुख अंगहरू जतिसक्दो चाँडो सशक्त बन्नुपर्छ ।

-दीर्घराज प्रसाई ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिको पदको गरिमा र मर्यादालाई बारम्बार यसरी अवमूल्यन गर्नु पनि शोभनीय भएन,हजुर !

केशवप्रसाद भट्टराई । १. ठिक बेठिक आफ्ना ठाउँमा होलान् तर नागरिकता विधेयकमा सत्तारूढ

मनोविज्ञान कि चित्त विज्ञान ?

डा. गोविन्दशरण उपाध्याय । आजभोली मनोविज्ञानको निकै चर्चा हुन्छ । सन् १९०२ मा

विधेयक खारेज भएपछि कथित सिन्दूरसँग साटिने भनेको नागरिकता रोकिन्छ त ?

नारायण गाउँले । ‘विदेशी बुहारीलाई एउटा हातमा सिन्दूर र अर्को हातमा नागरिकता दिने

दोष चोलेन्द्र शम्सेरको हुँदै होइन, दलहरू, राज्य संयन्त्र र संविधानको हो

केशवप्रसाद भट्टराई । दोष चोलेन्द्र शम्सेरको हुँदै होइन, दलहरू,राज्य संयन्त्र र संविधानको हो