श्रीस्वस्थानी ब्रतकथा पुरुषप्रधान कि नारीप्रधान ?



अग्रगामी छलाङ्गको नाममा “म धर्म मान्दिन, स्वस्थानी च्यातनु पर्छ” भनेर अभिव्यक्ति दिने एक सुवेदी थरकी धर्मछाडा सांसदले न धर्म बुझेकी छिन, न स्वस्थानी नै बुझेकी छिन..

१. यो ब्रतकथा एकजना नारीलाई भगवानको रुपमा खडा गरेर उनको महिमा गाउदै लिइने ब्रत हो।

२. यो कथाभित्र भगवान सतिले आत्मदाह गर्दा उनकै बुवा दक्षप्रजापतीको टाउको चुडालेर फालिदिन लगाउने भगवान श्रीमहादेव पागल भै बहुलाएर उनको मृत शरीर लिँदै संसार घुमेको कथा पढ्न पाइन्छ जसले एकजना श्रीमानले श्रीमतीको माया कति गर्छ भन्ने कुरा प्रष्ट्याउछ।

३. यो कथाले आमाभन्दा ( नारी ) ठूलो कोहि छैन भन्ने पाठ भगवान गणेशले द्वारपाल बसेर श्रीमहादेवलाई दैलोमा रोक्दै भित्र जान नदिएकोले प्रष्ट्याउछ।

४. यो कथाले संसारमा सबैभन्दा ठूलो बुवाआमा नै हुन् भन्ने कुराको संदेश भगवान गणेश र कुमार संसार भ्रमण गर्ने प्रतिस्पर्धा गर्दा भगवान गणेशले बुवाआमाको परिक्रमा गरेको कुराले दिन्छ।

५. राक्षस जालन्धरले भेष बदलेर आफ्नी श्रीमती भएको ठाउँमा आउदा श्रीमहादेवबाट निस्किएको क्रोधले फेरि एकपटक पत्निप्रेम भनेको के हो भन्ने कुराको संदेश दिन्छ।

६. पतिब्रता श्रीमती भएको जालन्धरलाई स्वयं भगवान महादेवले पनि मार्न नसक्ने हुँदा भगवान बिष्णु बृन्दाको पतिब्रता हरण गर्न जालन्धरको घर पुग्छन् । भलै भगवान बिष्णुको त्यो गल्ती एउटा राम्रो कामको लागी भएको होस् तर एकजना सत्य नारीमाथी अन्याय गर्दा भगवान बिष्णुले सजायस्वरुप शालिग्राम, तुलसी, पिपल र कुस भएर बस्नुपरेको कुरा यो कथाले संदेश दिएको छ।

७. गाईको गोबरबाट उत्पत्ति भएकी ७ बर्षिय गोमालाई भिक्षुक रुपि श्रीमहादेबले ७० बर्षको बुढोसँग बिवाहा होस् भन्दै श्राप दिदै गर्दा कुनै माग्ने, असक्त, भिक्षुकलाई सबै कुरा छोडेर पहिला दान गर्नुपर्छ भन्ने कुरा हामीलाई सिकाएको छ। एउटा नारीलाई श्राप दिएकै कारण सजायस्वरुप भगवान महादेवले मनुस्यको रुप धारण गरेको र उक्त नारीसँग बिवाहा गर्नुपरेको कुरा कथाले हामीलाई भनेको छ।

८. श्रीमान घर छोडेर कमाउन जाँदा श्रीमतीले घरमा सासुलाई सिहाएर बस्नुपर्छ, चन्द्रा जस्तो दुखमा सासुलाई छोडेर माइत गै बस्नुहुदैन भन्ने कुरा कथाले हामीलाई भनेको छ।

९. आफु गर्भमैं हुँदा घर छोडेर हिडेको बुवालाई जसरी भएपनी खोजेर ल्याउने नवराजको प्रसंगले पुत्रकर्मको कुरा हामीलाई सिकाएको छ।

१०. श्रीमहादेवले गल्ती गरेर गोमालाई दुख दिएको भन्दै भगवान पार्वतीले भनेपछि माता पार्वतीको आग्रहमा गोमाको सुखको दिन फर्काउन नवराजलाई लावण्यदेशको राजा बनाउन चालेको कदमले फेरि पनि एकपटक पत्निधर्म र प्रेमलाई यो कथाले झल्काएको छ।

११. दुखमा आत्तिने र सुखमा मात्तिदै गरिब दुखिलाई हेप्नु हुदैन भन्ने कुराको संदेश नवराज राजा भएको खबर सुनेकी चन्द्रावतिले बाटोमा गरेको कर्तुतले प्रष्ट दिएको छ।

समग्रमा यो पुरा कथा एक नारी रुपि भगवानको सम्मानमा रचना गरिएको ग्रन्थ हो।

हिन्दु धर्मले कहिले पनि कही पनि नराम्रो भनेको छैन।

फेसबुकबाट साभार …

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अयातुल्लाहको आइडियोलोजीले अडिएला त इरान ?

-नारायण गाउँले । राजतन्त्र या लोकतन्त्र भएको भए इरान आज विश्वकै समृद्ध देशमध्ये

एउटा मेयरलाई असजिलो छ भने एउटा कर्मचारी बदलिदिन किन यत्रो ‘ईगो’ ?

-नारायण गाउँले । सरकारजी ! काठमाडौँ देशको मुटु हो, यसको धड़कन बन्द हुँदा

विश्वको सर्वोच्च शिखर सगरमाथासँगै वैदिक चेतना ‘महायोग’सम्मको उद्गम थलो नेपाल

शैलेन्द्र कुमार श्रेष्ठ जब मानवता अध्यात्मबाट विमुख हुँदै जान्छ, तब एक आध्यात्मिक जागरणको

आन्तरिक रणनीतिमा चीन मिसिएपछि भारत ओलीप्रति नरम हुनसक्छ

-केशवप्रसाद भट्टराई १. १९४७ देखि आजसम्मको इतिहास हेर्दा भारतमा हरेक १०–१५ वर्षको अवधिमा