भान्छा , बजार र भोजनको राजनीति



डा. अरुणा उप्रेती

एक छलफलमा विदेशीे विज्ञले भने, ‘हामी चाउचाउमा सूक्ष्म पोषक तत्त्व मिसाएर बजारमा ल्याएर समुदायमा कुुपोषण कम गर्नेबारे विचार गर्दै छौँ ।’ मैले भनेँ, ‘यो कुरासँग असहमत छु । कुुनै पनि पत्रु खानामा भिटामिन हालेर त्यसलाई कसरी पौस्टिक बनाउन सकिन्छ ?’ केही दिनपछि ती विज्ञले भने ‘हामीले चाउचाउमा भिटामिन हालेर बनाउने विचार स्थगित गर्‍यौँ ।’

बालस्वास्थ्य सुधार गर्नु राज्यको प्रमुुख दायित्व हो । राष्ट्रिय–अन्तर्राष्ट्रिय संघसंस्थाले केही मद्दत मात्र गर्न सक्छन् । अहिले नेपालमा बजारमा बेचिने बट्टाका खानेकुुराले बालबालिकाको कुपोषण हटाउन सक्ने दाबी गरिन्छ । तर पोषणविद् र जनस्वास्थ्य विज्ञ भन्छन्, ‘यसरी प्याकेटका बजारु खानेकुुरालाई राज्य स्तरबाट प्रश्रय दिनुुको अर्थ हो, हामीले आफ्नो परम्परागत ज्ञान बिर्सनुु, बजारको फन्दामा परेर महँगो, कम पौस्टिक वा पत्रु खाना किन्ने गर्नुु ।’

अहिले बजारले हाम्रो स्वास्थ्य र पोषणमाथि कब्जा जमाएको छ । हाम्रो परम्परागत ज्ञान अहिले ओझेल परेको छ । त्यसबारे प्राय: कमै चर्चा हुुन्छ । घरका लिटो, दाल, आलुु, साग, फलफूल, अमला, काफल, अम्बा आदि बालबालिकालाई कुुपोषणबाट बचाउन उपयुुक्त हुने कुुरा प्राय: गरिँदैन ।

बट्टाको खाना एकदम महँगो हुने मात्रै होइन, कम पौस्टिक हुुन्छ । स्वाद र टिकाउका लागि चिल्लो, चिनी र रसायन पनि मिसाइन्छन् ।
खानामा सूक्ष्म पोषण तत्त्व नभए बिरामी परिन्छ भन्ने धेरैलाई थाहा छ । तर ती सूूक्ष्म पोषण तत्त्व हाम्रो खानामै हुुन्छ भन्ने धेरैलाई थाहा नहुुन सक्छ ।

फलामको भाँडामा पकाएको मासको दाल, भात र गोलभेँडाका अचारसँग खाँदा शरीरमा प्रोटिन पुुग्छ र त्यसमा रहेको भिटामिन सीले दालमा रहेको लौह तत्त्व शोषण गर्न मद्दत गर्छ । दही र मोही खाँदा त्यसमा भएको असल किटाणुले पेटको गडबडी रोक्छ । कर्कलो खाँदा अमिलो मिसाउनैपर्छ । त्यसले गर्दा कर्कलोमा रहेको लौह तत्त्व पोषण बन्छ ।
हजारौँ वर्षदेखि पुर्खाले भोजन–ज्ञान हामीलाई दिएका छन् । तर त्यो ज्ञानलाई वास्ता गर्दैनौँ किनभने ‘बजारको खाना’ ले हाम्रो भान्छा ढाकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विप्लवजी, माफी चाहन्छु

नारायण गाउँले । तर केही रूढ़ शब्दजाललाई बुट्टा भरेर बारम्बार चिच्याउनेबाहेक तपाईंको क्रान्तिले

किन नजाने कांग्रेस सरकारमा ?

केशवप्रसाद भट्टराई । १. काङ्ग्रेसलाई सरकारमा जाने आदेश जनताले दिएका छैनन् । सरकारमा

प्रधानमन्त्रीज्यूसँग पहिलो पटक प्रत्यक्ष कुराकानी गर्दाको अनुभव

शारदाप्रसाद त्रिताल । शाखा अधिकृतको रुपमा २०४९ सालमा गृह मन्त्रालयबाट मन्त्रिपरिषद् सचिवालयमा मेरो

कुनै त्रास र प्रलोभनमा नपरी छलफलमा जुटौं

जनार्दन शर्मा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा उत्पन्न विवादलाई सैद्धान्तिक कुरा, नेतृत्वको