मोदीका विशेष दूतले नेपाललाई दिएको धम्की



भरत दाहाल
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष ’कालापानी दूत’ बनेर काठमाडौंबाट फर्केपछि १२ बुँदेका पिता श्यामशरणले आफूले चारो हाल्दै र पाल्दै आएका यहाँका दलहरुलाई कालापानीको कुरा उठाए दशा लाग्ने धम्की दिएका छन् । उनको लेखमा देशका नक्शा कोर्ने चलन भर्खरै मात्र विकास भएको हुनाले भौगोलिक नक्शालाई राष्ट्रवादको नारा बनाउनु भन्दा ईण्डियासँगको कथित विशेष सम्बन्धमा ध्यान दिनु पर्ने कुरा उठाएका छन् । उनको यो भनाईले के संकेत गर्दछ भने नक्शा जस्तो भए पनि नेपाललाई ईण्डियाले आफ्नै ईलाकाका रुपमा ब्यबहार गर्न पाउनु पर्दछ।

श्यामशरणको यो भनाई मोदीको विचारका रुपमा आएको छ किनभने उनी मोदीको विशेष दूत बनेर काठमाडौंबाट फर्के लगत्तै यो कुरा उठाएका छन् । मलाई श्यामशरणभन्दा बढी काठमाडौंका ती निम्नस्तरका फोहरीहरुप्रति घृणा लाग्छ, जसले ईण्डियासंगको सीमा समस्यालाई कानूनी प्रकृयाका रुपमा अगाडि बढाउनु पर्ने कुरा उठाउँदा मलाई ’मण्डले राष्ट्रवादी’ भएको आरोप लगाउँछन् । यस्ता निम्छराहरुले कुटनीतिका नाममा साम्राज्यवादीसंग भलाकुसारी गर्ने फाल्तु विषयमा समय खेर फाल्नुभन्दा नेपालको भूराजनीति र ईण्डियन साम्राज्यवादको चरित्र पढुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सगरमाथासँग पनि बेइमानी ?

-केपी शर्मा ओली यतिबेला हामी समिटर समिट शिखर आरोहीहरुको शिखर सम्मेलनमा सहभागी भइरहेका

अनेरास्ववियुमा ३२ वर्ष उमेरहद लागू गराउने निर्णय सच्याउनुको विकल्प छैन

-नरेश रोकाया । हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले) नेपाली समाजमा रहेको राजनीतिक, आर्थिक,

अर्ब बढीको दमकको भ्यूटावरले कसरी तिर्ला साँवाब्याज ?

-नारायण गाउँले यसवर्ष पनि देशको टोटल आम्दानीबाट पूँजीगत (विकास) खर्चका लागि एक सुका

किन छुटे अफताब ?

-सुवोधराज प्याकुरेल । उनको बिगत फर्केर हेर्दा प्रधानन्यायाधीश सुशिला कार्कीले लिएको ऐतिहासिक निर्णयले