मध्य फिलिपिन्समा मङ्गलबार बिहान संदिग्ध विद्रोहीहरूले गस्ती गरिरहेका सरकारी सेनालाई आक्रमण गर्दा सात सैनिक घाइते भएका छन् । ती मध्ये दुईको अवस्था गम्भीर रहेको छ ।
८ औं इन्फन्ट्री डिभिजनका कमाण्डर मेजर जनरल एडगार्डो डे लियोनले उत्तरी समर प्रान्तको मपानास नगरपालिकामा स्थानीय समय अनुसार बिहान ६ः१५ बजे आक्रमण भएको बताएका छन् । विद्रोहीहरूले एन्टि–पर्सनल माइनमा विस्फोट गराउँदा सैनिकहरू पैदल गस्तीमा रहेको डी लियोनले उल्लेख गरेका छन् । यो सँगै सरकारी सेनाहरू जारी अपरेशन रद्द गर्न भएका छन् ।

प्रतिक्रिया