चीनको ग्वाङ्डोङ प्रान्तमा पानीमा तैरिरहेको क्रेन डुब्दा कम्तीमा २७ जना बेपत्ता भएका छन् । सिन्ह्वाका अनुसार तैरिरहेको क्रेन याङजियाङ शहर नजिकैको पानीमा चाबा नामक आँधीका कारण डुबेको हो ।
प्रान्तीय सामुद्रिक खोज तथा उद्धार केन्द्रले घटनाको पुष्टि गरेको छ । बेपत्ताहरुको खोजीका लागि आसपासका उद्धार हेलिकप्टर, उद्धार जहाज र व्यापारिक जहाजहरू समेत परिचालन गरिएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार राति १२ बजेतिर तीन जनाको उद्धार गरिएको थियो भने २७ जना पानीमा डुबेर बेपत्ता छन् । आँधीका कारण अधिकतम ६८ माइल प्रतिघण्टाको गतिमा हावा चलेको बताइएको छ । दक्षिण चीन सागरमा सञ्चालित औद्योगिक सहायता जहाज दुई दर्जनभन्दा बढी चालक दलका सदस्यको डुबानमा पारेको हुन सक्ने देखिएको छ ।

प्रतिक्रिया