एमालेद्वारा प्रतिनिधिसभाको बैठक बहिष्कार


काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ । राजश्वका दर निर्धारण गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लगाउँदै एमालेले अर्थमन्त्रीलाई स्वीकार नगर्ने भन्दै बैठक बहिष्कार गरेको हो ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा अर्थमन्त्री शर्माले जवाफ दिन लागेपछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीले जवाफ दिने कार्यक्रम बहिष्कार गर्ने तर अन्य प्रक्रियामा भने सहभागी हुने बताए ।

अर्थमन्त्रीले राजीनामा दिनुपर्ने आशा गरेको तर त्यो नआएको उनको भनाइ थियो । त्यसदिनको सीसीटीभी फुटेज खोजी गर्न सभामुखलाई आग्रह गर्दा पनि छानबिन समिति गठन नभएको उनको भनाइ थियो । त्यसपछि बहिष्कारको जानकारी गराएका थिए ।