दुई छोरी र छोराका साथ पूर्वयुवराज पारसले पोखरामा मनाए जन्मदिन


काठमाडौं । पूर्व युवराज पारस शाहले पोखरामा आफ्नो ४८ औं जन्मदिन मनाएका छन् । आफन्त र साथीभाइका साथ पोरखरामा रहेको किङ्स लाउन्जमा पारसले आफ्नो जन्मदिन मनाएका हुन् ।

पारसले दुई छोरी र एक छोरासँग रमाइलोका साथ जन्मदिन भव्य रुपमा मनाएका हुन् । पारसको जन्मदिनको पार्टीमा पूर्व युवराज्ञी हिमानी शाह भने उपस्थित थिइनन् ।

परिवारबाट टाढिएर पारस अहिले व्यक्तिगत जीवन बिताइरहेका छन् । उनी आफूलाई पूर्व राजपरिवारको सदस्यभन्दा पनि सर्वसाधारणका रुपमा प्रस्तुत गर्दै आएका छन् ।