उपत्यकामा २५ जना भन्दा बढीको भेलामा प्रशासनद्वारा रोक(आदेशसहित)


काठमाडौं । काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुने गरी कुनै पनि गतिविध गर्न नपाइने भएको छ । काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गरी निषेध आदेश जारी गरी २५ जनाभन्दा बढी भेला तथा जमघट नगर्न आग्रह गरेका हुन् ।

निषेध आदेशमा सार्वजनिक स्थलमा धेरै मानिस उपस्थित हुने गरी कुनै पनि प्रशासनिक एवं सामाजिक क्रियाकलाप गर्न पाइने छैन । त्यस्तै माघ ७ गतेदेखि सार्वजनिक स्थलमा निस्किन खोप कार्ड अनिवार्य गरिएको छ ।