यी हुन् कांग्रेसको महिला खुलातर्फका निर्वाचित केन्द्रीय सदस्य


काठमाडौं । नेपाली कांग्रेसको महिला खुलातर्फ केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सोमबार साँझ सार्वजनिक अन्तिम मत परिणाममा डा. डिला संग्रौला सबैभन्दा धेरै २८८५ मत ल्याएर निर्वाचित भएकी छन् ।

दोस्रोमा पुष्पा भुसाल २७१८ मत ल्याएर विजयी भएकी छन् । त्यसैगरी प्रधानमन्त्री पत्नी डा. आरजु राणा २५३६ मत ल्याएर विजयी भइन् । महिला केन्द्रीय सदस्यतर्फ ९ पदका लागि ३० जनाको उमेदवारी परेको थियो ।