काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदमा संसदीय मर्यादाभित्र रहेर विरोध गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।
आइतबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मर्यादाभित्र रहेर नारा लगाउन निर्देशन दिएका हुन् । उनले वेल घेर्न र नारा लगाउने काम नै प्रभावकारी हुने हुँदा चर्का नारा नलगाउन निर्देशन दिएका छन् ।
उनले भने, ‘संसदीय मर्यादाभित्र फाल्तु नारा नलगाऔँ । मर्यादा पालना गरौँ । सभामुख आक्रामक भए चर्को नारा लगाउँदा हुन्छ । नारा लगाउनेभन्दा बाहिर जानुहुँदैन । काँध चढेर माथि नजानुहोला ।’
ओलीले सभामुख, सभामुखको कुर्सीमा बस्न लायक नभएको पनि बताए । उनले एमाले फुटाउन सभामुखको षड्यन्त्रपूर्ण भूमिका खेलेकाले संसदको अवरोध कायम राख्ने बताए । शुक्रबार प्रतिस्थापन विधेयक पेश गर्ने क्रममा एमालेका सांसदहरुले रोष्टममा चढ्ने प्रयास गरेका थिए ।

प्रतिक्रिया