अमेरिकी दूतावासले भन्यो-एमसीसीबारे तथ्यमा आधारित सार्वजनिक छलफलको स्वागत गर्छौं


काठमाडौँ । काठमाडौंस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सहितको विषयमा तथ्यमा आधारित सार्वजनिक छलफल र अभिव्यक्तिको स्वतन्त्रताको दृढ समर्थक भएको जनाएको छ ।

सोमबार ट्विट गर्दै दूतावासले कसैले पनि शान्तिपूर्ण रुपमा आफ्नो धारणा राख्न पाउने प्रजातन्त्र मूलभूत तत्व भएको जनाएको छ ।

ट्वीटमा भनिएको छ,’हामी एमसीसीसहितको विषयमा तथ्यमा आधारित सार्वजनिक बहस र अभिव्यक्ति स्वतन्त्रताको दृढ समर्थक हौं । शान्तिपूर्ण रुपमा कसैले पनि धारणा राख्न पाउनु प्रजातन्त्रको मूलभूत तत्व हो ।’ नेपाल सरकारले एमसीसी लगायत देशहरुको विषयमा भइरहेको टिप्पणीहरुलाई रोक्ने गरी गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिको आलोचना भइरहेको समयमा दूतावसले यस्तो धारणा सार्वजनिक गरेको हो ।