काठमाडौं । सरकारले भदौ २३ गतेका लागि संघीय संसदका दुबै सदनको अधिवेशन बोलाउन सिफारिस गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन भदौ २३ गते अपरान्ह ४ बजे बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।
यसअघि सरकारले साउन ३२ गते संसद अधिवेशन अन्त्य गरेको थियो । त्यसको भोलिपल्ट दल विभाजनलाई सहज हुने गरी रजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएको थियो ।
अध्यादेशअनुसार दल विभाजन भई नयाँ दर्ता भएका दल रोज्न प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ गतेसम्मको समय दिइएको छ । त्यसको भोलिपल्ट सरकारले संसद अधिवेशन आह्वानको सिफारिस गरेको हो ।

प्रतिक्रिया