जनादेश नभएको सरकारलाई एमसीसी अघि बढाउने अधिकार छैनः भीम रावल


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अघि बढाउन लागेको आरोप लगाएका छन् ।

सामाजिक संजालमार्फत रावलले एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षड्यन्त्र भइरहेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश सरकारलाई नभएको भन्दै एमसीसी अघि नबढाउन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘नेपालमा द्वन्द्व पछिअस्थिर राजनीतिक स्थितिमा एमससी सम्झौताको चाँजो मिलाइयो फेरि अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षड्यन्त्र हुँदैछ । सरकार जनअनुमोदित होइन।देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश सरकारलाई प्राप्त छैन।’

एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर अर्को साता नेपाल आउने तय भएको छ । उनले सबै राजनीतिक दलका शीर्ष नेतालाई भेटेर एमसीसी अघि बढाउन आग्रह गर्ने बताइएको छ ।