भदौ १८ गते सवै वडामा एकैपटक अधिवेशन गर्न पौडेल पक्षको माग


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवालाई सवै वडामा भदौ १८ गते अधिवेशन गर्न ध्यानाकर्षण गराउने भएको छ । शुक्रबार बिहान कांग्रेसका नेता प्रकाशमान सिंहको निवासमा भएको पौडेल समूहको बैठकले भदौ १८ गते सवै वडामा एकैपटक अधिवेशन गर्न पार्टी सभापतिलाई भेटेर ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

त्यस्तै पार्टी कार्यालय, सानेपामा रिले अनसनमा बसेका जिल्ला सभापतिको माग सम्बोधन गर्न पनि सभापतिको ध्यानाकषर्ण गराउदै महाधिवेशन सुनिश्चितताको वातावरण बनाउन केन्द्रित हुने छलफलको निष्कर्ष रहेको कांग्रेस नेता डा. मिनेन्द्र रिजालले जानकारी दिए ।

आगामी मंसीर ९–१३ गतेसम्म महाधिवेशन गर्न यही भदौ १८ गते देशभरका वडा अधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ । तर क्रियाशील सदस्यतामा देखिएका विवाद अझै समाधान नहुँदा यसको वैधानिकतामाथिनै प्रश्न उठ्न सक्ने भन्दै पौडेल पक्षले सभापति देउवालाई दबाब दिँदै आएको छ ।