सत्ता गठबन्धनको साझा न्यूनतम् कार्यक्रम आज सार्वजनिक गरिने


काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि सार्वजनिक गरिँदै छ । सरकारले गठबन्धनका शीर्ष नेताको सहभागितामा आज अपरान्ह कार्यदलले तयार पारेको कार्यविधि प्रतिवेदन सार्वजनिक गर्न लागेको हो ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आज प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो । कार्यदलले शुक्रबार कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको थियो । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ ।