काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्मला पन्तका हत्याराको खोजीका लागि प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
आइतबार सामाजिक संजालमार्फत प्रवक्ता शर्माले पन्तका हत्याराको खोजीका लागि प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
उनले भनेका छन्, ‘बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते ३ बर्ष पुग्यो सम्माननीय प्रधानमन्त्री र माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु । प्रतिपक्षमा छँदा प्रश्न थिए हामीसँग । सत्तारूढ बनेपछिको समयले जवाफ माग्छ । सरकार भर्खर बनेको छ, अब गहन दायित्व निभाउन विशेष गम्भीरता अपेक्षित छ ।’
बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते ३ बर्ष पुग्यो l सम्माननिय @PM_nepal_ र माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु l
प्रतिपक्षमा छंदा प्रश्न थिए हामीसंग l सत्तारूढ बनेपछिको समयले जवाफ माग्छ l सरकार भर्खर बनेको छ, अब गहन दायित्व निभाउन बिशेष गम्भीरता अपेक्षित छ l pic.twitter.com/fgEW6IExgd
— Bishwa Prakash शर्मा (@bishwaprakash77) July 25, 2021

प्रतिक्रिया