काठमाडौँ । साउन ४ गतेदेखि सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बिहीबार सकिएको छ । बैठकले पार्टी एकताको प्रयासलाई निरन्तरता दिन र पार्टी एकताका लागि माफी दिएर भएपनि धेरै व्यक्तिलाई समेट्नुपर्ने निष्कर्ष निकालेको छ ।
साथै बैठकले एकता प्रयासको सबै जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ । बैठकमा अध्यक्ष ओलीले पार्टीमा आउन चाहनेलाई विगतका गल्तीलाई बिर्सेर स्वागत गर्न सकिने बताएको प्रवक्ता प्रदीप ज्ञवालीले बैठक पछि जानकारी दिएका छन् ।







प्रतिक्रिया